हेराइ र बुझाइ

विद्यालयमा पढ्न पाउने अवसरलाई बालबालिकाले रराम्रो काम गर्दा पाएको पुरस्कार होइन नरराम्रो काम गर्दा दिइएको दण्ड हो भन्ने सोचाइ घरपरिवार देखि नै लिएर आएका हुन्छन् । “यो बदमास भयो यसलाई विद्यालयमा भर्ना गर्नु पर्छ”, “हामीले तह लगाउन सकेनौं अब विद्यालयका शिक्षकले तह ल गाउँछन्” जस्ता अभिभावकका भनाइले बालबालिकाको विद्यालयप्रतिको सोचाइ शुरु देखि नै नकारात्मक बन्दछ । अझ विद्यालयमा भर्ना भएकै दिन देखि शिक्षकका हातमा भएको लौरो देख्दा र शिक्षकहरुले उनीहरुसँग कडिकडाउ व्यवहार गर्दा उनीहरुको पहिलेको सोचाइलाई प्रमाणित गर्न बल मिल्छ र विद्यालय छोड्नमा सहयोग पुग्छ । - बालमैत्री विद्यालय शिक्षक–प्रशिक्षक पुस्तिका २०६२

मलाई कसैले छ घण्टामा एउटा रुख ढाल्ने काम दियो भने शुरु को चार घण्टा चाहिँ म बञ्चरो उद्याउनमा ल गाउँछु । - अब्राहम लिङ्कन

एक्काइसौं शताब्दीमा लेख–पढ गर्न नजान्नेहरुलाई निरक्षर मानिने छैन । निरक्षर त ती हुन् जो सिक्न, सिकेका कुरा छाड्न र नयाँ कुरा सिक्न तयार हुँदैनन् । - एल्भिन टफलर

बालबालिकालाई पाठ निर्देशन (इन्स्ट्रक्सन) भन्दा दिशा– निर्देशन र सहानुभूतिको आवश्यकता पर्दछ । - एनी सुलिभान

मानव जाति माथि शासन गर्ने कलामा चिन्तन गर्ने सबैले मानेको तथ्य हो, त्यो साम्राज्यको नियति युवाहरुलाई कसरी शिक्षा दिइन्छ भन्ने कुरा मा भर पर्दछ । - अरिस्टोटल

एक उत्तम शिक्षक मैनबत्ती जस्तै हो, जसले आफूलाई नै सकेर अरुलाई उज्यालो दिन्छ । - अज्ञात

commercial commercial commercial commercial