शिक्षक नै पाठ्यपुस्तक

पाठ्यपुस्तकका बारेमा बेला–बेलामा धेरै चर्चा हुने गर्दछ । तर मलाई पाठ्यपुस्तकको कहिल्यै आवश्यकता परेन । भएका पाठ्यपुस्तकको पनि आफूले उति धेरै प्रयोग गरेको मलाई सम्झना छैन । त्यसैले होला, हरेक बालबालिकालाई धेरै किताब दिनुपर्छ भत्रे मलाई लाग्दैन । मेरो विचार मा शिक्षक नै विद्यार्थीका पाठ्यपुस्तक हुन् । शिक्षकले दिएको किताबी ज्ञानको मलाई थोरै मात्र सम्झना छ र किताब नहेरी पढाउने शिक्षकले पढाएको कुरा मलाई आज पनि सम्झना छ । केटाकेटीहरू जुन कुरा देखेर सिक्छन् त्यसभन्दा बढी कुरा सुनेर सिक्न सक्छन् । पढ्नभन्दा सुत्र सजिलो हुन्छ । मैले आफूले पनि आफ्ना विद्यार्थीहरूलाई किताबबाट मात्र पढाइनँ ।

आफूले विभित्र पुस्तकहरूबाट सिकेका कुरा हरूलाई म आफ्नै पाराले उनीहरूलाई बताइदिन्थेँ र मलाई मैले त्यसरी बताएका कुरा उनीहरूले कहिल्यै पनि बिर्सिएनन् होला जस्तो लाग्छ । उनीहरूलाई पढ्न अल्छी लाग्थ्यो, मैले किताब लिएर पढाउन थाल्दा पनि उनीहरू रमाइलो मान्थेनन् । तर मैले किताब बेगर नै कुरा गरे जसरी विभित्र कुरा बताउन थालेपछि भने उनीहरू खुब ध्यान दिएर सुन्थे र त्यसरी सुनेका कुरा तुरुन्तै बताउन पनि सक्थे । उनीहरूका प्रश्नको समाधान खोज्दा मलाई उनीहरूमा रहेको सिक्ने क्षमताको अनुमान हुन्थ्यो ।

म गुरुलाई आदर गर्नु पर्छ भन्छु । तर सबै शिक्षक गुरु हुँदैनन् । गुरु र चेला बीचको आत्मीय सम्बन्ध स्वस्फूर्त पैदा हुने हो । यस्तो सम्बन्ध बनावटी हुँदैन । कुनै किसिमको दबाबले आदरभाव पैदा गर्न पनि सकिँदैन । आदरभाव स्वतः पैदा हुन्छ, श्रद्धा आफैँ पलाउँछ । सामान्य किसिमका ज्ञान त हामी जसबाट पनि लिन्छौँ । आफ्नो कुनै सम्बन्ध नभएका व्यक्तिहरूबाट पनि धेरै कुरा सिक्न सकिन्छ । तर जससुकैबाट सिक्न खोजे पनि उसप्रति श्रद्धा छैन भने कुनै ज्ञान प्राप्त हुँदैन । शिक्षाको काम चरित्र निर्माण गर्ने हो भत्रे मात्रे हो भने त गुरु–चेलाको सम्बन्ध झनै महत्वपूर्ण हुन्छ । गुरुप्रति आदरभाव नभई चरित्र निर्माणको काम सम्भव हुँदैन ।

पाठ्यपुस्तकबाट मात्र शिक्षा दिन सकिँदैन । तसर्थ शिक्षकले मौखिकरूपमै शिक्षा दिनुपर्दछ । असङ्ख्य पाठ्यपुस्तक घोकाउँदैमा बालबालिकाको दिमागमा विद्या भरिन्छ भत्रे छैन । तपाइँ दुई वटा विद्यालयको तुलना गर्नु होस् जसमा एउटामा थुप्रै पाठ्यपुस्तकहरू छन् र अर्कोमा एउटा पनि पाठ्यपुस्तक छैन । तर जति ज्ञान पाठ्यपुस्तक नहुने विद्यालयका शिक्षकले विद्यार्थीहरूलाई दिन सक्छ त्यति ज्ञान पाठ्यपुस्तक भएका शिक्षकले नदिन सक्छन् । त्यसैले म विद्यार्थीको हातमा पाठ्यपुस्तक नभए पनि हुन्छ भन्छु । किताब त शिक्षकहरूले पढ्नुपर्छ र त्यसरी आर्जन गरेको ज्ञानका आधारमा बालबालिकाहरूलाई पढाउनु पर्छ । पाठ्यपुस्तकले शिक्षकलाई मेसिन मात्र नबनाओस्, त्यसले शिक्षकहरूको चिन्तन क्षमता, स्वतन्त्रता रगतिशीलतामा बाधा नपुगोस्  म केटाकेटीहरूलाई किताबको थुप्रो बोकाउनुपर्ने कुनै आवश्यकता देख्दिनँ । मेरो विचार मा शिक्षकहरू नै विद्यार्थीहरूका वास्तविक पाठ्यपुस्तक हुन् । पाठ्यपुस्तक जतिसुकै उत्कृष्ट किन नहोस् शिक्षकको आवश्यकता सधैँ रहिरहन्छ । शिक्षकको काम कठिन शब्द अथ्र्याइदिने र विषयको संक्षेपीकरण गर्ने मात्र होइन, उसले त पाठ्यपुस्तकभन्दा पर–परसम्म पुगेर आफूले पढाउने विषयलाई रोचक र सजीव रूपमा प्रस्तुत गर्दछ । असल शिक्षकले विद्यार्थीहरूलाई विषयको गहिराइसम्म पुर्‍याउँछ, उसमा त्यसप्रति रुचि पैदा गर्द छ र उक्त विषयलाई आफैँ बुझन सक्ने बनाउँछ ।

 

विद्यार्थीहरूमा विषयवस्तुप्रतिको रुचि शिक्षकका कारणले पैदा हुन्छ । कुनै शिक्षकले रसायनशास्त्र पढाउँदा म उँघ्न थाल्थें भने अर्को शिक्षकले त्यही विषय पढाउँदा समय गएको पत्तै हुँदैनथ्यो । एकजना शिक्षकले अल्छीलाग्दो ढङ्गले पढाउँथे भने अर्का शिक्षकले त्यस विषयमा गहिरो रुचि जाग्ने र त्यो रुचि पछिसम्म कायमै रहने गरी पढाउँथे । पहिला शिक्षक सम्झाउन छोडेर भट्याइमात्र रहन्थे त्यसैले उनको पढाइप्रति विद्यार्थीहरूमा रुचि पाइँदैनथ्यो । तर अर्का शिक्षकले पढाएको कुरा सहजैसँग दिमागलेग्रहण गर्द थ्यो । एउटा शिक्षकले गणित पढाउँदा विद्यार्थीहरू बुझदैनन् र उनीहरूलाई त्यो विषय नै मन नपर्न थाल्छ । तर अर्का शिक्षकले त्यही विषय पढाउँदा कक्षा नसिद्धिए हुन्थ्यो भत्रे लाग्छ । विषय त्यही हो, विद्यार्थी तीनै हुन्; फरक के मात्र हो भने एउटा शिक्षकको पढाउने तरिका सरल छ भने अर्का शिक्षकको पढाउने तरिका पट्यारलाग्दो ।

शिक्षकको सेवा अमूल्य हुन्छ । शिक्षकको महत्वलाई तलबसित तुलना गर्ने प्रणाली काम लाग्दैन । के गरयो भने शिक्षकहरूले तलबलाई कम महत्व दिएर शिक्षा प्रदान गर्न सक्छन् भत्रे उपाय खोज्नुपर्छ । संक्षेपमा शिक्षा दिने कामलाई शिक्षकको धर्मका रूपमा मान्यता दिन सक्नुपर्छ र जुन शिक्षक शिक्षा प्रदान गर्दैन उसलाई चोर बराबर सम्झनुपर्दछ । यस्तो भएमा शिक्षकको कमी पनि हुँदैन र उसको महत्व पनि एउटा करोडपतिको भन्दा ठूलो हुन्छ ।

आजभोलि अभिभावकहरू आफ्ना सन्तानलाई जानी– नजानीगलत दिशातर्फ डो¥याइरहेका छन् । अभिभावकहरूका विचार मा शिक्षाको मूल उद्देश्य धन तथा प्रतिष्ठाको प्राप्ति हो । यसरी शिक्षा तथा ज्ञान माथि अन्याय भइरहेको छ । विद्यार्थी जीवनमा हुनुपर्ने शान्ति, पवित्रता तथा आनन्द मृगमरिचिका बन्दै गएको छ । विद्यार्थीलाई कुनै पनि किसिमको चिन्ता नहुनुपर्ने समयमा उनीहरू चिन्ताग्रस्त रहन थालेका छन् । असल शिक्षकले विद्यार्थीहरूलाई विवेकशील बनाउनुपर्छ । शिक्षकले विद्यार्थीलाई सत्य र असत्य, सत वचन र दुर्वचन, असल र खराबबीचको अन्तर छुट्याउन सक्ने बनाउनुपर्छ । तर अहिलेका विद्यार्थीहरूले असल र खराबको पहिचान बाहेक अरू पनि थुप्रै कठिनाइहरूको सामना गर्नु परिरहेको छ ।


शिक्षा दिने कामलाई शिक्षकको धर्मका रुपमा मान्यता दिन सक्नुपर्छ र जुन शिक्षक शिक्षा प्रदान गर्दैन उसलाई चोर बराबर सम्झनुपर्छ । यस्तो भएमा शिक्षकको कमी पनि हुँदैन र उसको महत्व पनि करोडपतिको भन्दा ठूलो हुन्छ ।

विद्यार्थीहरूसँग तन्मय भएर मात्रै असल शिक्षा दिन सकिन्छ । यसका लागि जुन विषय पढाउने हो त्यसको पूरापूर तयारी शिक्षकले गर्नु पर्दछ । मेरो विचार मा शिक्षकले आफ्नो चित्तलाई शुद्ध गर्नु पर्दछ र विद्यार्थीहरूसँग आत्मीय सम्बन्ध कायम राख्नुपर्दछ । शिक्षकको वास्तविक काम कक्षाकोठामा भन्दा कक्षा बाहिर जरुरी हुन्छ । आजभोलि शिक्षकहरू आफूले पाउने तलब अनुसार मात्र काम गर्छन् । उनीहरूसँग विद्यार्थीहरूबीच बिताउने अन्य समय रहँदैन । यही नै विद्यार्थीको जीवन तथा चरित्रको विकास मा सबैभन्दा ठूलो व्यवधान हो । जबसम्म शिक्षकले विद्यार्थीहरूलाई कक्षाका अलावा आफ्नो सम्पूर्ण समय उपलब्ध गराउन सक्दैन त्यतिबेलासम्म उनीहरूको जीवन तथा चरित्र सुधार गर्ने कुरा सम्भव छैन । शिक्षकले उनीहरूको मस्तिष्क विकास को साटो मनको विकास गराउनु पर्दछ र त्यहाँबाट निरासा र हतोत्साहसँग सम्बन्धित सबै कुराहरूलाई हटाउन मद्दत पुर्‍याउनुपर्दछ । 

हामीलाई यस्ता शिक्षकको जरुरत छ जससँग मौलिक विचार , उत्साह र जाँगर होस् । उसले भोलि विद्यार्थीलाई के पढाउने भत्रे बारेमा हरेक दिन चिन्तनगरोस् । यस्तो ज्ञान पुराना पुस्तकहरूमा पाइँदैन, त्यसैले उसले अवलोकन र विचार शक्तिको प्रयोग गर्नु पर्छ । यसको अर्थ शिक्षा पद्धतिमा, शिक्षकको दृष्टिकोणमा क्रान्तिकारी परिवर्तन जरुरी छ । आजसम्म शिक्षकहरू निरीक्षकको आदेशअनुरूप चलिरहेका छन् । निरीक्षकले जे मनपराउँछ त्यही गर्दै आएका छन् । तर नयाँ शिक्षकले यी सबै कुरा को बेवास्ता गर्ने छ र भत्रेछ, “यदि मैले विद्यार्थीलाई असल मानिस बनाउन सकेँ र त्यसका लागि सबै शक्ति लगाउन सकेँ भने मेरो कर्तव्य पूरा हुनेछ । मेरा लागि यही नै पर्याप्त छ ।”

जुन शिक्षक विद्यार्थीसँग घुलमिल गर्छ, उनीहरूसँगै रमाउँछ । ऊ उनीहरूलाई जति सिकाउँछ त्यसभन्दा बढी उनीहरूबाट सिक्छ । जो शिक्षक आफ्ना विद्यार्थीहरूबाट केही पनि सिक्दैन त्यो बेकामे हो । म जब  कसैसँग कुरा गर्छु, उसबाट सिक्छु; जति उसलाई सिकाउँछु त्यसभन्दा बढी उसबाट सिक्छु । यसरी साँचो शिक्षक शिष्यको पनि शिष्य हुन्छ । यदि तपाईं यो दृष्टिकोणबाट सिकाउनु हुन्छ भने उनीहरूबाट थुप्रै कुरा पाउन सक्नुहुन्छ ।

जो शिक्षक विद्यार्थीहरूलाई सजाय दिन्छ उसलाई शिक्षक मात्र सकिँदैन । शिक्षकको धर्म हासखेल गर्दै विद्यार्थीहरूलाई अगाडि बढाउनु हो । सजाय पाइने डरले बालक पढ्छ भत्रे भ्रम अब हट्न थालेको छ । विद्यार्थीहरूलाई धैर्यपूर्वक ज्यादा शिक्षा दिन सकिन्छ भत्रे विश्वभरका लाखौँ शिक्षकको अनुभव छ । सजाय शिक्षकको अज्ञानताको सूचक हो । शिक्षकको काम प्रत्येक विषयलाई रोचक बनाउनु हो । असल शिक्षकले अङ्क गणित जस्तो निरस विषयलाई पनि चाखलाग्दो बनाउन सक्छ ।

विद्यार्थीहरूलाई सजाय दिनु वा सजायका लागि सिफारिस गर्नु हिंसा हो । यदि विद्यार्थीले कुनै काम खराब हो भत्रे थाहा पाउँदा पाउँदै पनि गरेको छ वा त्यस्तो काम दोहोर्याएको छ भने उसले कुनै सजाय पाउनुपर्छ । उसलाई केही समयका लागि खेलकुदबाट वञ्चित गर्न सकिन्छ, धेरै पाना पाठ सार्न लगाउन सकिन्छ वा त्यस्तै उसलाई आफ्नो गल्ती अनुभव गर्ने किसिमको वातावरणमा राख्न सकिन्छ । तर शारीरिक सजाय भने कहिल्यै पनि दिनुहुँदैन । सजायलाई विद्यार्थीले स्वयं स्वीकारेको छ भने मात्र त्यसलाई न्यायोचित सजाय भत्र सकिन्छ । तर यस्तो अवस्था सधैँभरि आउँदैन । यस्तो अवस्था आएमा र सजाय दिन उचित छ वा छैन भत्रे कुरा मा दोधार भएमा सजाय दिनुहुँदैन । आवेशमा आएर कसैलाई पनि सजाय गर्नु हुँदैन । यस्तो गल्ती थुप्रैपटक भएको पाइएको छ ।

मेरो विचार मा, आदर्श अवस्थामा त विद्यार्थीलाई कुनै पनि किसिमको सजाय दिनै पर्दैन । शिक्षकका मनमा विद्यार्थीप्रति जुन शुद्ध प्रेम हुनुपर्ने हो सजायले त्यसमा कमी ल्याउँछ । शिक्षकले विद्यार्थीलाई सजाय दिनुपर्ने अवस्था आउनुको अर्थ हो शिक्षकको पढाउने सीपमा कमी छ । शिक्षकले कुनै किसिमको सजाय नै न गरी पढाउने तथा अनुशासनमा राख्ने सीप सिक्नु जरुरी छ । विद्यार्थीलाई सुधार्ने नाममा सजाय दिनु र पछि पछुताउनु पश्चाताप होइन । स्कूलका माध्यमबाट सजाय दिएर सुधार गर्न सकिन्छ भत्रे कुरा ले सामाजिक मान्यता पाउन सक्छ । यसले गर्दा मानिसहरूमा हिंसाको माध्यमबाट सुधार गर्न सकिन्छ भत्रे भ्रम पैदा हुन्छ । मेरो विचार मा जुन शिक्षकले जानाजान सजाय दिन्छ उसले आफ्नो प्रतीज्ञा बिर्सेको हुन्छ ।

(गान्धीको शैक्षिक विचार बाट )

प्रस्तुतिः   गुरु मैनाली

शिक्षक  मासिक, २०६५ जेठ–असार अंकमा प्रकाशित । 


इनामले बढायो पढ्ने बानी

किशोर–किशोरीहरूलाई मन पर्ने एमपी थ्री (म्युजिक प्लेयर), नगद आदि कुरा हरू पुरस्कार को रूपमा दिएर उनीहरूको पढ्ने बानीमा उल्लेख्य सुधार ल्याउन सकिन्छ भन्ने एक अमेरिकी अध्ययनले देखाएको छ । स्टानफोर्ड विश्वविद्यालयको सेन्टर फर रिसर्च अन एजुकेसनले गरेको सो अध्ययनको प्रारम्भिक नतिजा अनुसार विद्यार्थीलाई प्रोत्साहन दिने व्यवस्था भएका स्कूलका छात्रछात्राको अध्ययनशीलता पुरस्कार वा इनामको व्यवस्था नभएका विद्यालय भन्दा धेरै नै बढी पाइएको छ ।

पुरस्कार वा प्रोत्साहनको निम्ति हुने खर्चको तुलनामा त्यसबाट प्राप्त हुने लाभ अत्यन्त धेरै हुने पनि अध्ययनले देखाएको छ । “यो कुनै चाँदीकोगोली होइन, बरु यो सानो लगानी हो, जसबाट क्रमबद्ध रूपमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिन्छ”, अध्येता तथा स्टानफोर्ड सेन्टरका निर्देशक मर् गरे ट इ. रायमण्डले भनेका छन् । पुरस्कार बाट प्रोत्साहित छात्रछात्रामा वार्षिक औसत चार प्रतिशतले अध्ययन गर्ने बानीमा सुधार आएको पाइएको छ । यस्तो प्रोत्साहनले जुनसुकै कक्षामा अध्ययन गर्ने छात्रछात्रामा पनि दिगो प्रभाव पार्ने अध्येताहरूको विश्वास छ ।


commercial commercial commercial commercial