धेरै गरियो, अझैँ गर्न सकिन्छ

विद्यालय निरीक्षकहरुले थुप्रै राम्रा काम गरेका छन् । विद्यालयमै गएर अध्ययन गर्ने हो भने यसका उदाहरण भेटिनेछन् ।

कुरा २०६१ सालको हो । भरतपुर नगरपालिकास्थित श्री भरतपुर माविको कक्षा निरीक्षण गर्न म स्कूलमा छिरेँ । हाल प्रधानाध्यापक रहेका भैरव रेग्मी त्यतिखेर माध्यमिक तहका अङ्ग्रेजी शिक्षक हुनुहुन्थ्यो । उहाँले अत्यन्तै सरल भाषमा विषयवस्तु सिकाउन सक्नुहुन्छ भन्ने मैले सुनेको थिएँ । उहाँकै कक्षामा गएँ । पछाडिको बेञ्चमा बसेर उहाँले पढाएको हेरेँ, सुनेँ । कक्षा सकिएपछि अफिस कोठामा गएर उहाँले पढाउनु भएको तरिकाबारे छलफल गर्यौ । त्यो दिन उहाँ कक्षामा नक्साको बारेमा पढाउँदै हुनुहुन्थ्यो । विद्यार्थीलाई बुझाउने क्रममा उहाँले कालोपाटीमा करिब १५ मिनेट जति लगाएर नक्सा बनाउनुभयो । घरमै नक्सा बनाएर ल्याएको भए यो नक्सा बनाउन खर्चिएको समयमा औसतभन्दा कम दक्षता भएका विद्यार्थीहरूलाई थप अभ्यास गराउन सकिन्थ्यो भन्ने मेरो सुझाव रह्यो, जसलाई उहाँले सहर्ष स्वीकार गर्नु भयो

मैले विद्यालय निरीक्षण गर्न थालेको १४ वर्ष भयो । सेवा प्रवेशको आधार शिक्षाशास्त्रको स्नातक प्रमाणपत्र थियो । सेवा प्रवेशका बखतमै सात दिनको सेवा प्रवेश तालिम पनि प्राप्त भएको थियो । त्यही आधारमा खटिइ गएको स्थानमा व्यावहारिक ढङ्गले तोकिएको कार्य सम्पन्न गर्न मलाई सजिलो भएको थियो ।

निरीक्षणमा खटिएको सुरुका पाँच वर्ष मेरा लागि प्रारम्भिक अभ्यास को अवधि रह्यो । औपचारिक शिक्षा आर्जन गर्ने सिलसिलामा हासिल गरेको ज्ञान र कार्यथलोको वास्तविक अवस्थासित समायोजन हुन उक्त अवधि मेरा लागि चुनौतीपूर्ण रह्यो । सोही अवधिमा मैले पेशागत दक्षता अभिवृद्धि गर्न सहयोग पुग्ने खालका केही सेवाकालीन तालिम प्राप्त गर्ने अवसर पनि पाएँ । त्यसपछि मलाई विद्यालयहरूमा गएर कार्य गर्न अझ् सजिलो लाग्न थाल्यो । यो काममा मेरो रुचि बढ्न थाल्यो ।

विद्यालय निरीक्षकका रूपमा २०५५ भदौ देखि २०६० साउनसम्मको अवधि मेरा निम्ति सबैभन्दा महत्वपूर्ण कालखण्ड रह्यो, त्यस अवधिमा पेशागत क्षमता विकास का कोणबाट नियाल्दा शिक्षा विभागबाट सञ्चालन गरिएको शैक्षिक सामग्री निर्माण र निर्मित सामग्रीको प्रभावकारी प्रयोग सम्बन्धमा केन्द्रित होल स्कूल एप्रोच तालिम र प्रारम्भिक बाल विकास सम्बन्धी तीनहप्ते तालिम लिने अवसर प्राप्त भयो । प्रारम्भिक बाल विकास कार्यक्रमको क्षेत्रमा कोरियन स्वयंसेवकहरूसँग निकट सम्पर्कमा रहेर काम गर्ने मौका पनि त्यही बेला मिल्यो । यसै समयमा मैले आफ्नो धेरै ज्ञान–सीप व्यवहारमा लागू गर्न पाएँ ।

आजसम्म मैले विद्यालय निरीक्षणको काममा उल्लेखनीय असहज परिस्थितिको सामना गर्नु परेको छैन । कार्यक्षेत्रमा प्राप्त अनुभवका आधारमा म के भन्न सक्छु भने यस क्षेत्रमा ठाउँ–ठाउँमा राम्रा अभ्यास हरू प्रशस्त भएका छन् । विद्यालय तहमै पुगेर सान्दर्भिक ढङ्गले विषयकोगहिराइसम्म पुग्ने प्रयत्न भयो भने राम्रा अभ्यास का प्रशस्त उदाहरणहरू देख्न र अनुभव गर्न सकिन्छ ।

विद्यालय निरीक्षकको हैसियतले मैले तीनवटा जिल्लामा काम गरें । चितवनमा खटिँदा कार्य–अनुभवका दृष्टिकोणले म सम्भववतः सबैभन्दा कनिष्ठ निरीक्षक थिएँ । हरेक महिनाको २ गतेका दिन जिल्ला शिक्षा अधिकारी को अध्यक्ष तामा विद्यालय निरीक्षक र स्रोतव्यक्तिहरूको नियमित बैठक हुने गथ्र्यो । उक्त बैठकमा महिनाभरिमा फिल्डमा खटिने जनशक्तिले सम्पादन गर्नु पर्ने कार्यहरूबारे छलफल हुन्थ्यो । आवश्यकता अनुसार नियमित कार्यको अलावा थप जिम्मेवारी बाँडफाँड पनि गर्ने गरिन्थ्यो । अनि मासिक कार्यक्रम स्वीकृत गराए र हामीहरू आ–आफ्नो कार्यक्षेत्रमा जाने गर्द थ्यौं । यसरी योजनाबद्ध तरिकाले फिल्डको काममा हामी निरन्तर रूपमा क्रियाशील हुने गर्द थ्यौँ । कनिष्ठ भएको नाताले जिल्ला शिक्षा अधिकारी र अन्य सहकर्मी मित्रहरूबाट थप सल्लाह र सुझाव निरन्तर पाउँथेँ ।

शुरु का दिनमा विद्यालय निरीक्षक र स्रोतव्यक्ति दुवैले एक–एकवटा स्रोतकेन्द्रको निरीक्षण गर्नु पर्ने व्यवस्था थियो । जस अनुसार मैले पूर्वी चितवनको खैरहनी स्रोतकेन्द्रको सुपरीवेक्षण गर्ने जिम्मेवारी पाएको थिएँ । त्यो स्रोतकेन्द्रबाट सञ्चालन हुने विविध क्रियाकलाप मा स्रोतव्यक्तिका हैसियतले विद्यालयहरूको समग्र शैक्षिक विकास का लागि काम गर्ने अवसर थियो । समूह विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूसँग को सामीप्यले काम गर्ने ऊर्जा थपिएको थियो । खैरहनी क्षेत्रमा एक वर्ष काम गरे पछि म भरतपुर क्षेत्रमा आएँ । भरतपुर आउँदा विद्यालय निरीक्षणको प्रक्रियामा केही परिवर्तन आएको थियो । विद्यालय निरीक्षक र स्रोतव्यक्ति दुवै जनाले तोकिएका स्रोतकेन्द्रका समूह विद्यालयहरूको निरीक्षण गर्नु पर्ने हुन्थ्यो । दुई किसिमको जनशक्तिले विद्यालय निरीक्षण गरे पनि कामगराइमा तालमेल होस् भन्नका लागि हामी संयुक्त रूपमा कार्यक्रम बनाएर विद्यालयहरू निरीक्षणगथ्र्यौं । प्रत्येक महिनाको ७ गते सबै स्रोतकेन्द्रमा समूह विद्यालयका प्रधानाध्यापकहरूको बैठक बसी महिनाभरमा सम्पादन गर्नु पर्ने कामको कार्यक्रम बनाउनेगथ्र्याैं । त्यसरी नियमित हुने बैठक र तयार पारिने कार्यक्रमले हामीलाई कार्यक्रम सञ्चालन गर्न निकै सजिलो हुन्थ्यो । हामी कक्षाकोठामा हुने शिक्षण सिकाइ क्रियाकलाप लाई केन्द्र बनाई कामगथ्र्यौं, जसले गर्दा शिक्षक तथा निरीक्षक दुवैको कार्यसम्पादन चुस्त हुन्थ्यो ।

प्रत्येक महिना स्रोतकेन्द्रमा हुने प्रधानाध्यापक बैठकलाई हामी दुई खण्डमा विभाजनगथ्र्यौं । पहिलो खण्डमा प्रशासनिक कार्य एवं माथिल्ला निकायबाट पठाइएका निर्देशन र परिपत्रहरूका विषयमा छलफल हुन्थ्यो । दोस्रो खण्ड, प्राज्ञिक सत्र हुन्थ्यो । कक्षाकोठाका क्रियाकलाप का बारेमा छलफल केन्द्रित हुन्थ्यो । अनि सुरु हुन्थ्यो छलफल ले निकाल्ने निष्कर्ष विद्यालयहरूमा लागू गर्ने प्रयास । यस्तो प्रयास प्रधानाध्यापकले पनि गर्थे । हामीहरू (विद्यालय निरीक्षक र स्रोतव्यक्ति) आफ्नो मासिक कार्यक्रम अनुसार विद्यालयहरूमा पुगेर कार्यान्वयन पक्षको अनुगमनगथ्र्याैं । यसो गर्दा हामीले संयुक्त रूपमा केही सफलता हासिल गरिरहेका थियौँ ।

बालकेन्द्रित, क्रियाकलाप मा आधारित र मनो– रञ्जनात्मक शिक्षण सिकाइलाई कक्षाकोठामा कसरी उपयोग गर्न सकिन्छ भन्ने हराम्रो मुख्य सरोकार हुन्थ्यो । कक्षाकोठालाई उद्देश्यअनुरूपको बनाउन सामग्रीको जरुरत पर्ने भएकाले हामी शैक्षिक सामग्रीको प्रयोगतर्फ क्रियाशील हुन्थ्यौँ । शिक्षकहरूको सहभागिता पनि उत्साहप्रद थियो । अझ् खास गरी पूर्वप्राथमिक तहका कक्षा व्यवस्थापन गर्ने कामले छिटोगति लिएको अनुभव भयो । गर्दा हुँदो रहेछ भनेर हामी हौसियौँ । यो वा त्यो विद्यालय भनी नामै किटेर कुरा गर्नु भन्दा पनि समष्टिगत रूपमा भरतपुर नगरपालिका क्षेत्रका सम्पूर्ण प्रधानाध्यापक र शिक्षकहरूले देखाउनुभएको सक्रियताले मलाई समयमै विद्यालय पुग्ने र शिक्षकहरूसँग मिलेर काम गर्न थप हौसला मिल्यो ।

भरतपुर नगर क्षेत्रमा विद्यालय सुपरीवेक्षण गर्दा हामी कक्षाकोठा व्यवस्थापन र शिक्षक–विद्यार्थीबीचको अन्तरक्रियालाई बढी जोड दिन्थ्यौँ । सबै विद्यालयका सबै कक्षालाई एकैपटक बालमैत्री हुने किसिमले व्यवस्थित गर्न नसकिए पनि विद्यालयमा सञ्चालन भइरहेका पूर्वप्राथमिक कक्षाहरूलाई व्यवस्थित गर्न प्रधानाध्यापक र सहयोगी कार्यकर्ताहरूलाई उत्प्रेरित गर्न सक्यौँ । पूर्व प्राथमिक तहका कक्षालाई व्यवस्थित गर्नका लागि कोरियन स्वयंसेवकहरूको योगदान प्रशंसनीय रहेको छ ।

पूर्वप्राथमिक कक्षाहरूलाई व्यवस्थित बनाउन भएका केही प्रयासहरूबाट मलाई गर्व को अनुभूति भएको थियोः

  • पूर्वप्राथमिक तहका सहयोगी कार्यकर्ताका लागि उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी तालिम सञ्चालन गरियो ।
  • कोरियन स्वयंसेवकको प्राविधिक/आर्थिक सहयोगमा सिद्धिविनायक निम्नमाध्यमिक विद्यालय बर्सेनि भरतपुरमा नमूना बाल विकास कक्षा व्यवस्थापन गरिएको छ ।
  • विद्यालय निरीक्षकको सक्रियता र कोरियन स्वयंसेवकको प्राविधिक सहयोगमा विद्यालयमा सञ्चालन भइरहेका बाल विकास केन्द्र (स्थानीय/चल्तीको बोलीमा शिशु कक्षा) का सहयोगी कार्यकर्ताहरूलाई प्रत्येक महिनाको एक दिन सामग्री निर्माण कार्यशाला (कम मोलका) सञ्चालन ।

माथि उल्लेखित क्रियाकलाप को कारणले पनि लंकू स्रोतकेन्द्रअन्तर्गत सञ्चालित पूर्वप्राथमिक कक्षाहरूको व्यवस्थापन र सिकाइ क्रियाकलाप लाई अन्तरक्रियात्मक बनाउने पहल भयो । प्रेम बस्ती मावि, वाकु कन्या उच्च मावि, आदिकवि भानु मावि, शरदपुर मावि, नारायणी मावि, भरतपुर माविहरूमा सञ्चालन भइरहेका कक्षाको अवलोकन गर्दा अहिले पनि आनन्द आउँछ । विद्यालय सुधार योजनाको तर्जुमा र कार्यान्वयन सरोकारवालाको प्रत्यक्ष सहभागितामा गर्ने प्रयास गरियो । खास गरी आदिकवि भानुभक्त मावि पोखरा बसपार्क र निमावि बाह्घरेमा विद्यालय सुधार योजना निमार्णको अभ्यास ले विद्यालय र निरीक्षक दुवै पक्षले थुप्रै कुरा सिक्ने मौका पाएको पनि अनुभूति भएको थियो ।

अन्त्यमा, तलका चारवटा पक्षमा सुधार गर्ने हो भने विद्यालय निरीक्षण प्रभावकारी हुन्छ भन्ने मेरो अनुभवको निष्कर्ष छः

  • विनिले शिक्षकको इगो मा धक्का नपुग्ने गरी सहयोगीको रूपमा प्रस्तुत हुनपर्छ ।
  • विनिको कार्यकुशलताका आधारमा मूल्याङ्कन गर्ने र सुविधा तथा पुरस्कार दिनेगुर्नपर्छ ।
  • निरीक्षकलाई स्रोतसामग्रीले सम्पन्न बनाईनुपर्छ ।
  • निरीक्षकले दिएको सुझावलाई विद्यालय र शिक्षा कार्यालयले रे स् पो न् स गर्ने वातावरण बनाउनुपर्छ ।

भण्डारी हाल शिक्षा मन्त्रालयअन्तर्गत विद्यालय निरीक्षणालय शाखामा कार्यरत छन् ।

दशमहिने तालिमको मैजारो

सरकारले आजसम्म कुनै तालिम नलिएका सार्वजनिक स्कूलका शिक्षकलाई अन्तिम अवसरका रूपमा यही २४ कात्तिक २०६५ देखि प्रशिक्षण–अभियान शुरु गर्ने भएको छ । यो अभियानको समापनसँगै वर्षौं देखि चलाइँदै आएको दशमहिने शिक्षक तालिम त्यसपछि सदाका निम्ति बन्द हुने बताइएको छ ।

शैक्षिक जनशक्ति विकास केन्द्रका अनुसार तालिम लिन बाँकी शिक्षक सबैले २०६५ कात्तिक २४ गते देखि सञ्चालन हुने प्रथम चरणमा अन्तिम पटक अवसर पाउने छन् । उक्त दशमहिने तालिमलाई २४ कात्तिक देखि ९ माघसम्म पहिलो र १९ माघ देखि ३ वैशाख २०६६ सम्म दोस्रो चरणमा विभाजन गरिएको छ । केन्द्रले आफू मातहतका तालिम केन्द्रमा प्रत्यक्ष सञ्चालन गर्ने शिक्षक तालिम बाहेक रेडियो नेपालबाट प्रसारण गर्ने गरी २५ माघ ०६५ देखि २२ असार २०६६ सम्म पाँचमहिने दूरशिक्षा तालिम पनि सञ्चालन गर्ने जनाएको छ । तालिमको तेस्रो चरण १० वैशाख २०६६ देखि २१ असार २०६६ सम्म र अन्तिम तथा ‘विशेष’ चरण २५ साउन २०६६ देखि शुरु गरिनेछ । तालिमको आधारभूत चरणमा ३ हजार ४४४ जना; दोस्रो तथा तेस्रो चरणमा क्रमशः ४ हजार ५०० तथा १३ हजार ६४१ जना प्रावि शिक्षक सहभागी हुने केन्द्रको अनुमान छ ।

२०६४ सम्ममा सार्वजनिक विद्यालयका ९५ हजार ४५४ प्राथमिक शिक्षकमध्ये ६७ हजार २१० ले पूर्ण र १४ हजार ९८५ जनाले आंशिक तालिम लिएको शिक्षा विभागको फ्ल्यास वान रिपोर्ट २ ० ६ ४ ले देखाएको छ । त्यस्तै निमाविका २० हजार ४५५ मध्ये १० हजार ९०० ले पूर्ण र ४ हजार ७८ ले आंशिक तथा माविका १३ हजार ९७९ शिक्षकमध्ये १० हजार ८९१ ले पूर्ण तथा १ हजार ९३३ जनाले आंशिक शिक्षक तालिम लिएका छन् ।

यो तालिम अभियानलाई निर्धारित समयमा सफल र सम्पन्न गर्न केन्द्रीयस्तर मा शिक्षा विभागका महानिर्देशक जनार्दन नेपालको संयोजकत्वमा ११ सदस्यीय ‘तालिम कार्यान्वयन अभियान समन्वय समिति गठन गरिएको छ । त्यस्तै तालिम कार्यान्वयनमा सहयोग गर्न जिल्ला तहमा जिशिअको संयोजकत्वमा सात सदस्यीय तालिम अभियान कार्यान्वयन समितिगठन गर्ने प्रक्रिया शुरु गरिएको बताइएको छ ।

प्राविधिक अधिकृत शिव कुमार सापकोटाका अनुसार, आउँदो वर्ष देखि स्रोत केन्द्रमा आधारित ७ दिन देखि १० दिनको छोटो अवधिका तालिम मात्र सञ्चालन हुनेछन् । देशभरका झण्डै १ लाख ६० हजार शिक्षकलाई एकै समयमा स्रोत केन्द्रमा बोलाएर छोटो अवधिको तालिम दिइने र त्यसनिम्ति आवश्यक छुट्टै पाठ्यक्रम निर्माण गरिने पनि सापकोटाले बताए ।  - बाबुराम

 

commercial commercial commercial commercial