सही शिक्षाले द्वन्द्व घटाउँछ

लोकतान्त्रिक शिक्षापद्धतिले समन्वयका लागि प्रयास गर्छ । यस पद्धति अनुसार शिक्षाको सुरुआत शिक्षक र विद्यार्थीबीचको द्वन्द्वको समाधानबाट गर्नु पर्दछ । द्वन्द्वबीच सामञ्जस्य कायम गर्दै शिक्षक र विद्यार्थीहरूलाई एक आपसबाट सिक्न प्रेरित गर्नु पर्दछ ।

सामान्यतः विद्यालयभित्र होस् वा बाहिर वा अन्य जुनसुकै ठाउँमा पनि शिक्षक सूत्रधारका रूपमा र विद्यार्थी धैर्यवान् श्रोताका रूपमा रहेका हुन्छन् । विद्यार्थीसामु जुनसुकै विषयलाई पनि निरस र निर्जीव रूपमा प्रस्तुत गर्ने गरिन्छ । हाम्रो शिक्षा यही रोगको शिकार भएको छ । शिक्षकहरू वास्तविकतालाई गतिहीन, स्थिर र अनुमान गर्न सकिने कुरा ठानेर वर्णन गर्छन् । विषयको व्याख्या गर्दै जाँदा शिक्षकहरू विद्यार्थीहरूको अनुभव भन्दा पूरै टाढा पुग्छन् । यसले विद्यार्थीको दिमागमा कोरा काल्पनिक तथा अपूर्ण विषयवस्तु भर्ने काम मात्र गर्छ ।  

यस्तो खालको शिक्षा शब्दालङ्कार मात्र हो । यसमा परिवर्तनकारी शक्ति हुँदैन । शिक्षकहरू ‘चारलाई चारलेगुणा गर्दा सोह्र हुन्छ, पारा राज्य (ब्राजिलको एक प्रान्त) को राजधानी बेलम हो’ भनेर पढाउँछन् । विद्यार्थीले यसलाई सुन्छ, सम्झन्छ र दोहो¥याउँछ । यी कुरा घोकेका बेलामा उसले चारलाई चारले गुन्दा सोह्र हुनु भनेको के हो र पारा राज्यको राजधानी बेलम हो भन्दा ‘राजधानी’ को के महत्व छ भन्ने कुरा थाहा पाउँदैन । यस्तो समस्या संसारका प्रायः सबै देशमा व्याप्त रहेको सुनिन्छ/देखिन्छ ।

यस्तो वर्णनात्मक तरिकाले विद्यार्थीहरूलाई विषयवस्तुलाई यान्त्रिक रूपमा सम्झन्छ सिकाउँछ । अझ खराब कुरा के हो भने यसले विद्यार्थीहरूलाई कन्टेनरका रूपमा लिन्छ जसलाई शिक्षकले भरिदिनुपर्छ । विद्यार्थीको दिमागमा बढीभन्दा बढी कुरा भर्न सक्ने शिक्षक नै रराम्रो शिक्षकमा गनिन्छ र शिक्षकले भनेका कुराहरूलाई बढीभन्दा बढी ग्रहण गर्न सक्ने विद्यार्थीलाई उत्तम विद्यार्थी मानिन्छ ।

यसरी शिक्षा सूचना थन्क्याउने प्रक्रिया मात्र भएको छ जहाँ शिक्षकहरू यस्ता सूचना ‘डिपोजिट’ गर्छन् र विद्यार्थीहरू शिक्षकले ‘डिपोजिट’ गरेको कुरा लाई राख्छन् । शिक्षक निर्देशन जारी गर्छ र विद्यार्थीहरूलाई ग्रहण गर्न ल गाउँछ । विद्यार्थीहरू धैर्यसाथ निर्देशन सुन्छन्, सम्झन्छन् र घोक्छन् । यो शिक्षाको ब्याङ्किङ अवधारणा हो । यस अवधारणामा विद्यार्थीहरूलाई ज्ञान प्राप्त गर्ने, त्यसलाई फायल गर्ने र प्राप्त निक्षेपलाई राख्ने काम गर्ने वस्तु मात्र सम्झिइन्छ ।  उनीहरूले सामग्रीहरूको सङ्कलन तथा भण्डार गरिएका सामग्रीहरूलाई सूचीकृत गर्ने अवसर मात्र प्राप्त गर्द छन् । यस प्रणालीमा मानिस सिर्जनशील र परिवर्तनशील हुँदैन । थन्काइ दिएको ज्ञानको खोजी र त्यसलाई व्यवहारमा प्रयोग न गरिकन मानिस साँचो अर्थमा मानिस बत्र सक्दैन । लगातारको कोशिश, चाहना, व्यग्रता र आशावादिताबाट मात्र ज्ञान हासिल गर्न सकिन्छ ।

शिक्षाको ब्याङ्किङ अवधारणामा विश्वास गर्ने मानिसहरू ज्ञानलाई यस्तो वस्तु ठान्छन् जो अज्ञानीहरूलाई प्रदान गर्न आफूलाई प्राप्त भएको वंशानुगत गुण हो । यसरी अरूलाई पूर्ण अज्ञानी ठान्नु दमनकारी सोचाइको विशेषता हो । यसले शिक्षा र ज्ञान खोजीको प्रक्रिया हो भत्रे कुरा लाई अस्वीकार गर्दछ । शिक्षकले विद्यार्थी सामु आफूलाई सर्व–ज्ञाताको रूपमा प्रस्तुत गर्दछ र अरूलाई पटमूर्खको रूपमा लिन्छ । अरू पटमूर्ख भएकाले आफ्नो अस्तित्व रहेको पुष्ट्याइँ गर्छ । विद्यार्थीहरू पनि हेगेलको द्वन्द्ववादमा उल्लिखित दास जस्तै आफ्नो अज्ञानतालाई शिक्षकको अस्तित्वको पुष्ट्याइँका रूपमा लिन्छन् । दासहरूलाई अरूलाई सिकाउन सक्छौँ भन्ने अलि–अलि हेक्का थियो तर विद्यार्थीहरूलाई त्यति कुरा को पनि पत्तो हुँदैन ।

अर्कातिर लोकतान्त्रिक शिक्षा पद्धतिले समन्वयका लागि प्रयास गर्छ । यस पद्धति अनुसार शिक्षाको सुरुआत शिक्षक र विद्यार्थीबीचको द्वन्द्वको समाधानबाट गर्नु पर्दछ । द्वन्द्वबीच सामञ्जस्य कायम गर्दै शिक्षक र विद्यार्थीहरूलाई एक आपसबाट सिक्न प्रेरित गर्नु पर्दछ । तर ब्याङ्किङ अवधारणाले यस्तो खालको समाधानको उपाय अपनाउँदैन । यसको विपरीत, शिक्षक र विद्यार्थीबीचको द्वन्द्वलाई कायम राख्छ । साथै दमनकारी समाज को प्रतिनिधित्व गर्दै निम्न दृष्टिकोण र व्यवहारद्वारा द्वन्द्वलाई अझ् बढी चर्काउँछ ।

  • शिक्षक सिकाउँछ र विद्यार्थी सिक्छन् ।
  •  शिक्षक सर्वज्ञाता हुन्छ र विद्यार्थी पटमूर्ख हुन्छन् ।
  • शिक्षकले सोच्छ र विद्यार्थीको बारेमा सोचिन्छ ।
  • शिक्षकले पढाउँछ र विद्यार्थी वाल्ल परेर सुनिरहन्छन् ।
  • शिक्षकले अनुशासित बनाउँछ, विद्यार्थी अनुशासित बन्छन् ।
  • शिक्षक उसको इच्छा अनुसारको विषय छनोट गर्छ र विद्यार्थी माथि थोपर्छ ।
  • शिक्षक केही काम गर्छ, शिक्षकले गरेको देखेर विद्यार्थीहरूमा आफूले केही गरेको भ्रम मात्र पर्छ ।
  • कार्यक्रमका विषयको छनोट शिक्षकले गर्छ, विद्यार्थीहरू त्यसलाई स्वीकार्छन् ।
  • शिक्षक ज्ञानको तागतलाई भ्रमित पार्छ र विद्यार्थीहरूको स्वतन्त्रताको विरुद्ध त्यसलाई थोपर्छ ।
  • शिक्षक सिकाइ–प्रक्रियाको विषय हो भने विद्यार्थी वस्तु मात्र हुन् ।

शिक्षाको ब्याङ्किङ अवधारणाले मानिसलाई सघाउन र व्यवस्थापन गर्न सकिन्छ भत्रे विश्वास गर्द छ । विद्यार्थीहरू उनीहरूलाई जिम्मा दिइएको वस्तु जति बढी मात्रामा जम्मा गर्दै जान्छन् त्यति बढी मात्रामा आलोचनात्मक क्षमतालाई गुमाउँदै जान्छन् । जुन आलोचनात्मक क्षमताका कारण उनीहरू संसारलाई परिवर्तन गर्न सक्षम हुने थिए त्यही कुरालाई गुमाउँछन् । उनीहरूको भूमिका जति बढी निष्क्रिय हुन्छ त्यति नै बढी मात्रामा उनीहरू यथास्थितिलाई स्वीकार गर्छन् ।

शिक्षाको ब्याङ्किङ अवधारणाले विद्यार्थीहरूको सिर्जना–शक्तिलाई कम वा नष्ट गरिदिन्छ । यसले सहज विश्वास गर्ने बानी ल गाउँछ जसले त्यस्ता दमनकारीहरूको स्वार्थको रक्षा गर्दछ जो अरूलाई विश्वका बारेमा न त बुझन दिन चाहन्छन् न त रुपान्तरण हुन । शासकहरू उनीहरूको ‘मानव ता’ बाट सधैँ नाफा कमाउन चाहन्छन् । त्यसैले उनीहरू शिक्षामा नयाँ प्रयोग गर्ने कुरा लाई सधैँभरि विरोध गर्छन् । शिक्षा प्रयोग गर्ने हो भने यसले मानिसको आलोचनात्मक क्षमतालाई उत्तेजित पारिदिन्छ जसले वास्तविकताको आंशिक रुपलाई मात्रै प्रस्तुत न गरी एक समस्या र अर्को समस्याबीच तथा एक वस्तुसँग अर्को वस्तुको सम्बन्धका बारेमा सधैँ खोजी गर्छ ।

पीडकहरूको स्वार्थ पीडितहरूको चेतनामा परिवर्तन गर्नु मात्र हो । उनीहरू पीडितहरूलाई पीडित बनाइराख्ने अवस्थामा परिवर्तन ल्याउन चाहँदैनन् । पीडितहरूलाई जति बढी मात्रामा सो अवस्था स्वीकार गराउन सक्यो त्यति नै सजिलै उनीहरूलाई दबाउन सकिन्छ । यसका लागि पीडकहरू शिक्षाको ब्याङ्किङ अवधारणा र परम्परागत सामाजिक कार्यका बीचमा सम्बन्धगाँस्छन् जस अन्तर्गत पीडितहरू मानवीय सहयोगका पात्र बन्छन् । उनीहरूलाई सीमान्तकृत मानिसका रूपमा लिइन्छ जो असल, सङ्गठित र न्यायपूर्ण समाजबाट अलग्गिएको छ । पीडितलाई सभ्य संसारका रोगका रूपमा लिइन्छ र यी ‘अक्षम र अल्छी समुदाय’लाई उनीहरूको मान सिकतामा परिवर्तन गरी समायोजन गर्नु पर्दछ । सीमान्तकृत समुदायलाई सभ्य समाज मा एकीकृत तथा समायोजन गर्नु आवश्यक छ ।

तर पीडितहरू सीमान्तकृत होइनन् । उनीहरू समाज भन्दा अलग रहेका पनि हुँदैनन् । उनीहरू समाज भित्रै रहेका हुन्छन् जहाँ उनीहरूलाई अर्काका लागि बाँच्ने व्यक्तिको रूपमा लिइन्छ । उनीहरूलाई पीडक संरचनामा सामेल गराउने होइन बरु सो संरचनालाई नै बदल्नुपर्दछ जसले गर्दा उनीहरू आफ्नै लागि बाँच्छन् । यस्तो रुपान्तरणले पीडकहरूको चाहनाको हित गर्दैन । तसर्थ उनीहरू विद्यार्थीहरूमा चेतना ल्याउन शिक्षाको ब्याङ्किङ अवधारणाको उपयोग गर्दछन् । उदाहरणका लागि प्रौढ शिक्षामा रहेको ब्याङ्किङ तरिकालाई लिऊँ । यसले विद्यार्थीहरूलाई वास्तविकतालाई आलोचनात्मक रूपमा हेर्न सिकाउँदैन । बरु मानिसलाई यन्त्रवत् बनाउँछ र उनीहरूलाई पूर्ण मानव हुनबाट रोक्छ ।

जानेर होस् वा नजानेर ब्याङ्किङ अवधारणा अपनाएका मानिसहरूले के कुरा बुझेका हुँदैनन् भने ज्ञान जम्मा गर्ने कार्यमा पनि द्वन्द्व हुन्छ । असल मनसाय भएका थुप्रै ब्याङ्क–क्लर्क शैलीका शिक्षकहरूले पनि अमानवीय बनाउनेहरूको सेवा गरिरहेका छन् जसले आफू त्यसो गरिरहेको कुरा महसूस गर्दैनन् । ढिलो या चाँडो यस्तो द्वन्द्वले वास्तविकतालाई आफ्नो अनुकूल बनाउने तथा उनीहरूलाई अनुकूल गर्ने कोशिशका विरुद्ध विद्यार्थीहरू उठ्छन । उनीहरूको वर्तमान जीवनपद्धति आफ्नो पेशासँग अमिल्दो छ भत्रे कुरा उनीहरूले अनुभवबाट थाहा पाउँछन् । मानिस खोजकर्ता हो भने ढिलो या चाँडो उनीहरूले ब्याङ्किङ धारणामा द्वन्द्व भेट्टाउँछन् र आफ्नो मुक्तिका लागि सङ्घर्ष थाल्छन् ।

तर मानव तावादी वा प्रगतिवादी शिक्षकहरूले यो अवस्था आउन्जेलसम्म चुप लागेर बस्नुहुँदैन । उनीहरूले शुरु देखि नै आलोचनात्मक सोचाइ भएका विद्यार्थी र मानव तावादको खोजीमा रहेका व्यक्तिहरूसँग मिल्नुपर्छ । मानिस र उसको सिर्जनशील शक्तिमा भरोसा गर्नु पर्दछ । यसका लागि ऊ विद्यार्थीहरूको सहयोगी बत्रै पर्दछ । ब्याङ्किङ अवधारणाले यस्तो सहयोगलाई स्वीकार्दैन । शिक्षक–विद्यार्थीबीचको द्वन्द्वलाई समाधान गरियो भने उसको निक्षेपकर्ता, निर्दिष्टकर्ता वा अनुकूलनकर्ताको भूमिकाको अन्त्य हुन्छ । त्यसबाट पीडकको शक्ति क्षय हुन्छ र मुक्तिको मार्ग खुल्छ ।


शिक्षक विद्यार्थीहरूको तर्फबाट सोच्न सक्दैन न त आफ्नो विचार लाई नै उनीहरू माथि थोपर्न सक्छ । वास्तविकतासँग सम्बन्धित आधिकारिक विचार एक्लिएर बस्न सक्दैन । विचार लाई कार्य रूपमा उतार्न सकियो भने मात्रै उक्त विचार को कुनै अर्थ रहन्छ भत्रे कुरा लाई सत्य मात्रे हो भने विद्यार्थीहरूलाई शिक्षकको अधिनमा राख्न सम्भव छैन ।

चेतनाको ब्याङ्किङ अवधारणा अनुसार शिक्षकको भूमिका विद्यार्थीहरूको जीवनलाई सार्थक बनाउने कुरा लाई व्यवस्थित गर्नु हो । शिक्षकलाई जुन कुरा वास्तविक ज्ञान हो भत्रे लाग्छ त्यसैलाई विद्यार्थीहरूमा भर्नु नै उसको काम हो । विद्यार्थीले जब संसारलाई निष्क्रिय वस्तुका रूपमाग्रहण गर्द छ तब शिक्षाले मानिसलाई झन् बढी निष्क्रिय बनाउँछ ।

सीमित वर्गको चाहनालाई जति धेरै मानिसहरूलेग्रहण गर्द छन् त्यति नै सजिलोसँग उनीहरू अरू बढी चाहना थोपर्दै जान्छन् । शिक्षाको ब्याङ्किङ अवधारणाको प्रयोगले यस कार्यलाई अरू सघाउँछ । कोरा पाठ, पाठ्यसामग्री, ज्ञानको मूल्याङ्कन गर्ने तरिका तथा शिक्षक र उनीहरूले पढाएको विषयवस्तु बीचको दूरी र उत्तीर्ण गर्ने मापदण्ड सबै बनिबनाउ खालका हुन्छन् जसले सोचाइलाई अन्यत्रै मोड्छ ।

ब्याङ्किङ अवधारणा मान्ने शिक्षकहरू समाज मा सौहार्दतापूर्ण जीवनयापनका लागि उनीहरूको अतिशयोक्तिपूर्ण भूमिका आवश्यक छैन भत्रे कुरा लाई महसूस गर्दैनन् । कुनै कुरालाई अरू माथि जबरजस्ती थोपर्न सकिँदैन । सौहार्दताका लागि साँचो अर्थमा सम्वादको आवश्यकता पर्दछ जुन उनीहरू गर्दैनन् । बरु उनीहरू भय र निन्दा जस्ता कुरा बाट निर्देशित हुन्छन् ।
सम्वादले गर्दा नै मानव जीवनको अर्थ रहन्छ । शिक्षकहरूको सोचाइले त्यतिबेला विश्वसनीयता पाउँछ जब विद्यार्थीहरूको सोचाइ विश्वसनीय हुन्छ । शिक्षक विद्यार्थीहरूको तर्फबाट सोच्न सक्दैन न त आफ्नो विचार लाई नै उनीहरू माथि थोपर्न सक्छ । वास्तविकतासँग सम्बन्धित आधिकारिक विचार एक्लिएर बस्न सक्दैन । विचारलाई कार्य रूपमा उतार्न सकियो भने मात्रै उक्त विचार को कुनै अर्थ रहन्छ भत्रे कुरा लाई सत्य मात्रे हो भने विद्यार्थीहरूलाई शिक्षकको अधिनमा राख्न सम्भव छैन ।

ब्याङ्किङ अवधारणा मानिसलाई वस्तु सम्झ्ने गलत बुझfइबाट शुरु भएको हो । तसर्थ यसले जीवित वस्तुलाई माया गर्न सिकाउँदैन बरु निर्जीव वस्तुप्रति माया ज गाउँछ । वृद्धि हुनु जीवनको विशेषता हो । तर शैतानहरू जीवन नभएका वस्तुलाई माया गर्छन् जो यान्त्रिक छ । उनीहरू सजीव प्राणीलाई निर्जीव बनाउन चाहन्छन् । उनीहरू जीवनलाई यान्त्रिक बनाउन चाहन्छन् । सबै जीवित मानिसहरूलाई निर्जीव वस्तु भएको देख्न चाहन्छन् । मानिसलाई अनुभव गर्न दिनुको सट्टा स्मरण गराउन मन पराउँछन् ।

अत्यधिक नियन्त्रण गर्नु वा दमन गर्नु शैतान हुनु हो । यस्तो कुरा मृत्युलाई माया गर्दा मौलाउँछ न कि जीवनलाई । शिक्षाको ब्याङ्किङ अवधारणा पनि त्यस्तै कुरा हो जसले दमनकारीहरूको चाहनालाई सहयोग पुर्याउँछ । यो चेतनाको यान्त्रिक, स्थिर, सोचाइमा आधारित हुन्छ । यसले विद्यार्थीहरूलाई ग्रहण गर्ने वस्तुका रूपमा बदल्छ ।  

(प्रस्तुत आलेख विश्वविख्यात शिक्षाविद् फ्रेरिईको चर्चित पुस्तक पेडागोजी अफ अप्रेस्ट बाट भावानुवाद गरिएको अंश हो ।)

प्रस्तुतिः गुरु मैनाली

commercial commercial commercial commercial