भारतीय शिक्षक अगाडि

  •  अङ्ग्रेजीमा कमजोर अमेरिकी छात्रा डेनियलालाई भारतीय शिक्षकग्रिस्मा सलिन (२२) अनलाइनको सहयोगमा अङ्ग्रेजी पढाउँछिन् । भारतको कोचीस्थित अनलाइन ट्यूशन सेन्टरकी शिक्षकग्रिस्मासँग थोरै खर्चमा अङ्ग्रेजी व्याकरण सिक्न सकिने डेनियलाको विश्वास छ ।
  • अमेरिकाको जर्ज वासिङ्टन विश्वविद्यालयका एलेक्स डेल मोन्टे (२०) लाई परीक्षामा रराम्रो गर्ने चिन्ता थियो । पढाइ सुधार्न उनले बीस हजार माइल टाढाका ट्यूशन शिक्षक माइकलाई इन्टरनेटबाट घच्घच्याए, ‘मलाई अहिले नै मद्दत गर्नु परयो ।’ भारतको बङ्गलोरस्थित एक अनलाइन ट्यूशन सेन्टरका शिक्षक माइकले उनलाई परीक्षामा ‘ए’ग्रेडको अंक ल्याउन सक्षम तुल्याए ।
  • अमेरिकाकै सिल्भर ओक प्राविमा ६ कक्षामा पढ्ने छात्रा एन मारियालाई विद्यालयबाट फर्केपछि इन्टरनेटमा बस्ने बानी नै लागेको छ । तर, उनी भिडियोगेम खेल्न होइन, आफूले नजानेका कुरा सिक्नका लागि इन्टरनेट ट्यूशनमा बस्छिन् ।

अनलाइन ट्यूशन सेवा (ट्यूटर आउटसोर्सिङ) सम्बन्धी यी दृष्टान्तले नयाँ पुस्ताका तन्नेरीहरू इन्टरनेटको माध्यमबाट एसियाली अनलाइन शिक्षकको खोजीमा रहेको प्रस्ट सङ्केत गर्द छ । अमेरिकामा प्रत्यक्ष ट्यूशन महँगो हुने हुँदा विद्यार्थीहरू अनलाइन ट्यूशन सेवातिर आकर्षित भइरहेका छन् । तर अमेरिकामा त्यो सेवा पनि महँगो भएकाले त्यहाँका विद्यार्थीहरू सस्तो शिक्षकको खोजीमा लागेका छन् जसले गर्दा अनलाइन ट्यूशनमा एसियाली देशहरूले पकड जमाउँदै गएका छन् । त्यसमा अगाडि देखि एका छन्, भारत, फिलिपिन्स, चीन, श्रीलङ्का जस्ता देशहरू । यी देशका अनलाइन ट्यूशन सेन्टरहरूले प्रतिघन्टा १८ देखि २० डलर शुल्क लिएर भरपर्दो सेवा प्रदान गर्छन् । अमेरिकामा एक जना अनलाइन ट्यूशन शिक्षकलाई प्रतिघण्टा तिर्नुपर्ने ५० देखि १०० डलरभन्दा यो निकै सस्तो पर्छ त्यहाँका निम्न तथा मध्यम वर्गका छात्रछात्रालाई । अमेरिकाका छात्रछात्रालाई कम शुल्कमा भरपर्दो अनलाइन ट्यूशन सेवा दिइरहेका एसियाली शिक्षकहरूले चाहिँ त्यसबाट स्कूलको भन्दा दोब्बर आम्दानी गरिरहेका छन् ।

बजार र प्रविधि  
अमेरिकाको बुश प्रशासनले सन् २००२ मा ‘नो चाइल्ड लेफ्ट विहाइन्ड एक्ट’ ऐन ल्याएपछि अनलाइन ट्यूशन सेवा लोकप्रिय बन्न थालेको हो । उक्त ऐनले संघीय अनुदान प्राप्त गर्न स्कूलले शैक्षिक स्तर सुधार्नुपर्ने व्यवस्था गरे पछि अमेरिकी स्कूलहरूले अतिरिक्त कक्षा शुरु गर्न थाले र यस्तो कक्षा सञ्चालनको जिम्मेवारी पाए त्यहाँका ट्युशन सेन्टरहरूले । त्यसपछि शुरु भएको अनलाइन ट्यूशन अहिले खास गरी गणित, भौतिकशास्त्र र अङ्ग्रेजी विषयमा चलेको पाइन्छ । बेलायत र अरू विकसित देशहरूमा पनि यस्तो ट्यूशन सञ्चालन भइरहेको छ तर यसको सबैभन्दा ठूलो बजार अमेरिका नै हो । यो व्यवसायबाट सन् २००७ मा मात्रै करिब १२ अर्ब अमेरिकी डलर आम्दानी भएको थियो जसमा भारत एक्लैले तीन अर्ब डलर कमाएको थियो भने बाँकी रकम फिलिपिन्स, पूर्वी युरोप, श्रीलङ्का, दक्षिण अफ्रिका लगायतका देशहरूको हिस्सा बनेको थियो ।

अनलाइन शिक्षण सेवाको लागत महँगो हुने गरेको छ । यसका लागि कम्प्युटरका अतिरिक्त उच्च गुणस्तर को ब्रोडव्यान्ड इन्टरनेट, हाईएन्ड डेफिनिसनसहितको वेबक्याम, ह्यण्ड्स फ्रि टेलिफोन सेट, डिजिटल पेन्सिल, डिजिटल राइटिङ प्याड (जुन माउस प्याड जस्तै हुन्छ र कापीमा लेखे जस्तै लेख्न सकिन्छ)को आवश्यकता पर्छ । इन्टरनेटको माध्यमबाट गरिने अनलाइन ट्यूशनमा च्याटिङ, मेसेन्जर कल वा कन्फरेन्स कल सरल विधि हुन् । शिक्षकहरूले धेरै टाढा रहेका विद्यार्थीहरूलाई पढाउन हेडसेट र कम्प्युटर ट्यावलेट (कि बोर्ड) को प्रयोग गर्द छन् । पाठ्य सामग्रीहरू इमेलको माध्यमबाट विद्यार्थीमाझ् पुर्याइन्छ ।

लाभका भागिदार युवा
अनलाइन ट्यूशन सेवा उपलब्धगराइरहेका कम्पनीहरूले प्रायः स्नातकोत्तर गरेका दक्ष युवालाई मात्र शिक्षकको रूपमा लिने गरेका छन् । यस पेशाबाट अनलाइन शिक्षकले प्रति विद्यार्थी सरदर न्यूनतम ३ सय देखि ४ सय ५० अमेरिकी डलरसम्म मासिक आम्दानी गरिरहेका छन् । अमेरिकी छात्रछात्राको मागका कारण एसियाली देशमा अनलाइन ट्यूशन सेवा सञ्चालनको क्रम बढ्न थालेको छ । यसमा सबभन्दा अगाडि देखि एको छ भारत । त्यहाँका ८० प्रतिशत अनलाइन ट्यूशन सेन्टरले अमेरिकी छात्रछात्रालाई शिक्षण सेवा उपलब्ध गराए को नयाँदिल्लीस्थित एडुकम्प सोलुसन्सको आँकडाले देखाउँछ ।

भारतपछि यो व्यवसायमा फिलिपिन्स अग्रसर देखिन्छ, जहाँबाट बर्सेनि दक्ष युवायुवती अमेरिकामा शिक्षक बन्न जान्छन् । त्यस्तै पूर्वी युरोप, श्रीलङ्का, दक्षिण अफ्रिका लगायतका देशहरूले पनि अनलाइन ट्यूशन सेवा प्रदान गर्दै आएका छन् । यी देशमा पनि युवाहरू नै यो काममा आकर्षित भएका छन् । तर युवाहरू दीर्घकालीन रूपमा यही पेशामा अडिएको पाइँदैन । तत्काल रराम्रो कमाइ गर्ने वा अर्को कामको खोजीको लागि फोरम प्रयोग गर्ने हिसाबले अनलाइन ट्यूशन शिक्षक बन्ने प्रवृत्ति बढिरहेको छ ।

नेपालमा सजिलो छैन
छिमेकी मुलुक भारतमा अनलाइन ट्यूशन सेवा मौलाइरहेको बेला नेपालमा भने सुरुआत पनि भएको छैन । तर नेपालको पहिलो आउटसोर्सिङ कम्पनी सर्भिङ माइन्ड्स प्रालिका अध्यक्ष आशिष कपुरका अनुसार यहाँ यो सेवा शुरु गर्न प्राविधिक रूपमा कुनै समस्या छैन । त्यस्तै, मेडिकल ट्रान्सक्रिप्सनको काम गर्दै आएको टीसीआईका प्रमुख कार्यकारी अधिकृत सुयोग्यमान तुलाधर पनि नेपालमा अनलाइन ट्यूशन सेवाको सम्भावना देख्छन् । उनी भन्छन्, “अब त्यसको तयारी गर्नु पर्छ ।” अनलाइन ट्यूशन सेवाको विषयमा सरकार र निजी क्षेत्र मिलेर अनुसन्धान तथा विकास मा लगानी गर्नु पर्ने आवश्यकता रहेको अल्फाविटा इन्स्टिच्युटका प्रमुख कार्यकारी निर्देशक धिरज शर्माको धारणा छ ।

उच्चस्तरीय सूचनाप्रविधि आयोगका पूर्णकालीन सदस्य मनोहर भट्टराई नेपालमा अनलाइन ट्यूशन सेवाको सम्भाव्यता अध्ययन हुन बाँकी नै रहेको बताउँछन् । नेपाल शिक्षक युनियनका अध्यक्ष केशवप्रसाद भट्टराई युनियनले निकट भविष्यमा यसको सम्भाव्यता अध्ययन गर्ने बताउँछन् । उनी भन्छन्, “अङ्ग्रेजी रराम्रो पढ्ने व्यक्तिहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ तर अनलाइन ट्यूशन सेवाका लागि प्राविधिक कठिनाई थुप्रै छन् ।” लोडसेडिङ, महँगो इन्टरनेट सेवा र दक्ष जनशक्तिको अभाव नेपालमा विश्वस्तर को अनलाइन ट्यूशन सेवा सञ्चालनका चुनौती मानिएका छन् ।


अन्तर–सांस्कृतिक समस्या

स्कूल पढ्ने साना विद्यार्थीहरूसँग सांस्कृतिक रूपमा सामीप्यता राख्न सजिलो होस् भनेर एसियाली अनलाइन ट्यूशन शिक्षकहरू आफ्ना पश्चिमा विद्यार्थीहरूका लागि उनीहरूको जस्तै नाम राख्छन् । तर पनि एसियाली शिक्षक र अमेरिकी विद्यार्थीहरूबीच सांस्कृतिक समस्या आउने गरेको छ । भारत र फिलिपिन्स जस्ता अनलाइन ट्यूशन सेवा उपलब्ध गराउने देशहरू तथा अमेरिकाको समयमा पनि अन्तर छ । भारतकी लेखा कमलसन (३३) आफ्नी अमेरिकी छात्रा अमितालाई कक्षा अवधि सकिएपछि ‘गुडनाईट’ भनेर विदा हुन्छिन्, जबकि उनकोग्रेभयार्ड (क्याबिनेट) मा बल्ल बिहानको २ः ३० बजेको हुन्छ । व्यापार प्रशासन र गणितकी छात्रा लेखालाई मानवीय तथा सांस्कृतिक समस्या नआओस् भनेर ट्यूशन शुरु गर्नु अघि दुई हप्ताको तालिम समेत दिइएको थियो ।

भारतस्थित कोचीको अनलाइन ट्यूशन कम्पनीग्रोइङस्टारकी शिक्षक लीलाबाई नायरसँग पनि एउटा रमाइलो अनुभव छ । पश्चिमा विद्यार्थी र एसियाली शिक्षकबीच सांस्कृतिक खाडल रहेको स्वीकार गर्दै उनी भन्छिन्, “२३ वर्षको शिक्षण कालमा कुनैपनि विद्यार्थीले मलाई नाम लिएर बोलाएको थिएन, सबैले म्याम भन्थे । अनलाइन ट्यूशन पढाउने क्रममा १० वर्षकी एक अमेरिकी केटीले लीला भनेर बोलाउँदा म त स्तब्ध भएँ ।”

केजी देखि १२ कक्षा तथा स्याट (स्कोलास्टिक एसेसमेन्ट टेस्ट) जस्ता परीक्षा तयारीका लागि भइरहेको अनलाइन ट्यूशनप्रति अमेरिकी शिक्षकहरूले गुनासो गर्न थालेका छन् । समुद्रपारका अनलाइन शिक्षकहरू अयोग्य हुने र त्यसबाट विद्यार्थीहरूको शैक्षिक गुणस्तर मा ह्रास आउन सक्ने उनीहरूको तर्क छ । एसियाली शिक्षकले अमेरिकी विद्यार्थी पढाएको ठीक नमान्ने अमेरिकन फेडेरेशन अफ टिचर्सका सदस्य रब वेल अनलाइन ट्यूशनप्रति विश्वास नै गर्दैनन् । उनी भन्छन्, “जसरी विद्यालयका शिक्षकले पढाउने अनुमति पाउनका लागि परीक्षा उत्तीर्ण गर्नु पर्छ, अनलाइन शिक्षकले पनि त्यही बाटोबाट आउनुपर्छ ।” न्यूयोर्कस्थित मर्सी कलेजका अनलाइन विभागका अनुसन्धान निर्देशक अनलाइन ट्यूशनको गुणस्तर नियन्त्रण समस्याको विषय भएको ठान्छन् । “किनकि यसको अनुगमन गर्न निकै कठिन छ”, उनी भन्छन् ।

(दिनेश कार्की तथा न्यूज एजेन्सीहरूको सहयोगमा)

commercial commercial commercial commercial