औचित्य र अपेक्षा

कतिपय पेशागत संघ–संस्थाहरू नै सुस्तरी गैर सरकारी संस्था (गैसस) मा रुपान्तरित हुन लोभिइराखेको परिस्थितिमा शिक्षक संघ–सङ्गठनहरूले आफ्ना प्रतिबद्धतापत्रहरूलाई पुनः एकपटक अवलोकन गर्न उपयुक्त हुनेछ । गैसस बन्न गाह्रो छैन, तर त्यसपछि संघ वा सङ्गठनले आफ्नो जुझारुपन जोगाउन सक्दैनन् ।

पारिभाषिक अस्पष्टताले गर्दा विभिन्न थरीका संघ र सङ्गठनहरूका बारेमा बेलाबेलामा प्रश्नहरू उठ्ने गर्द छन् । नेपाल प्राध्यापक संघ पेशागत समूह हो वा व्यावसायिक मोर्चा ? अखिल नेपाल विद्यार्थी सङ्गठन (क्रान्तिकारी) जिज्ञासु युवाहरूको जमात हो वा वर्ग–सङ्घर्षका लागि लडाका तयार पार्ने संरचना ? संघ र सङ्गठनहरूको सर्वस्वीकार्य परिभाषा स्थापित हुन नसकेका कारण यिनको व्याख्यामा एकरुपता पाइँदैन । कहिले एउटा समूहले अर्कोलाई ‘राजनीति’ गरेको आरोप ल गाउँछ भने कुनैबेला अर्कोथरीले अरू नै कसैलाई ‘व्यक्तिवादी’ भएको आक्षेप लगाइरहेको हुन्छ । तर यथार्थ के हो भने मानिस राजनीतिक प्राणी भएकाले राजनीतिबाट ऊ पूर्णतः मुक्त रहन सक्दैन । त्यस्तै, व्यक्तिका स्वार्थहरूले उसलाई स्वतः व्यक्तिवादी बनाउँछ । चुनौती तिनलाई कसरी स्वीकार्य परिधिभित्र राख्ने भन्ने मात्रै हो ।

शिक्षकहरूका संघ, संस्था र सङ्गठनहरूबारे बहस गर्दा केही शब्दहरूको प्रासङ्गिक अर्थका बारे स्पष्ट हुनु जरुरी छ । सामान्यतः नित्यकर्म बाहेकका कामले व्यक्तिलाई बाँच्ने आधार प्रदान गर्द छन् । श्रमिकले काम गरे बापत ज्याला पाउँछ, किसानले उत्पादन । त्यसभन्दा एक खुट्किलो माथिको सक्रियताका लागि सीप चाहिन्छ । हलो बनाउने, जुत्ता सिउने वा लुगा धुनेहरू सम्मान का पात्र हुन्, किनभने तिनको सीपले तालिम, लगन र श्रमको सम्मिश्रण बोकेको हुन्छ ।

सीप सिक्न सिकारुले सामान्यतः सिपालुसँग काम गर्न पाए पुग्छ । तर जटिलताको अर्को एउटा खुट्किला उक्लिन व्यक्तिमा सीप, तालिम, लगन र श्रमका अतिरिक्त औपचारिक शिक्षा पनि चाहिन्छ । रराम्रो कपाल काट्ने कारिगर सडकछेउको कुनै हजाम पसलमा पनि भेट्टाउन सकिएला, तर ‘केश शृङ्गार विशेषज्ञ’ कहलिन शिक्षित र सके औपचारिक तालिमको प्रमाणपत्र पाएको व्यक्ति हुनुपर्दछ ।

व्यवसायीले पूँजी समेत लगानी गर्ने हिम्मत गरयो भने उसको व्यापारलाई इलम वा धन्दा भन्न सकिन्छ, यद्यपि धन्दा शब्दको नकारात्मक अर्थले आजकल व्यापकता पाउँदै गएको छ । इलम गरेर अर्थोपार्जन गर्न श्रम, सीप, तालिम र शिक्षाका अतिरिक्त पूँजीको पनि आवश्यकता हुन्छ ।

पेशा श्रमको सबभन्दा उपल्लो खुट्किलो हो । सीप, तालिम, शिक्षा र पूँजीका अतिरिक्त ज्ञान र विवेकसमेत आवश्यक पर्ने पेशाहरूका स्वनिर्मित आचारसंहिताहरू हुने गर्द छन् । कुनै पेशामा संलग्न हुनु भनेको व्यक्तिगत वा समूहगत स्वार्थ सँग सँगै सृष्टिको सुदृढीकरणप्रति सदैव सचेत रहनु पनि हो ।

सेवा एक प्रकारको श्रम नै हो, तर सेवाको मोल पैसामा नभएर आत्मसन्तुष्टिमा पाइन्छ । श्रमिक, व्यवसायी, इलमी वा पेशेवर– आ–आफ्नोगच्छे अनुसार सेवा जोसुकैले पनि गर्न सक्छ । र, सबैको सेवाको महत्व बराबर हुन्छ । तर समयको लागत वा विशेषज्ञताको मूल्याङ्कन फरक–फरक हुनसक्छ ।

श्रमको सर्वोत्कृष्ट अभिव्यक्ति कला हो । शायद त्यसैले होला, प्रविधि जस्तो रुखो क्षेत्रको उल्लेख्य उपलब्धिलाई समेत अङ्ग्रेजी भाषामा ‘स्टेट अफ द आर्ट’–कला समतुल्य– भन्ने गरिन्छ । शुद्ध कलाकर्म न अर्थोपार्जनका लागि गरिन्छ, न त आत्मसन्तुष्टिका लागि नै । कलाकर्म घटित हुन्छ, किनभने त्यो न गरी कलाकार बाँच्नै सक्दैन । शायद कलालाई धर्म भन्दा हुन्छ । कलामा लीन भएको व्यक्ति लौकिक वा मान सिक भन्दा बढी आध्यात्मिकतातिर उन्मुख हुँदै जान्छ, अनि अन्ततः कलामै विलीन हुन्छ र जीवित रहन्छ । साहित्य, सङ्गीत, चित्र, नृत्य र अभिनय मात्र होइन, कला रोटी बेल्ने वा जुत्ता पालिस गर्ने जस्ता नियमित क्रियामा पनि देखि न सक्छ ।

श्रम देखि धर्मसम्मका सबै कामहरू व्यक्तिको अग्रसरता र सक्रियतामा गर्ने गरिन्छ । तर यी सबै गतिविधिहरूको पूर्णताका लागि कार्यवाहीमा संलग्नता चाहिन्छ । अमेरिकी चिन्तक हाना आर्नेट भन्छन्, ‘एक्सन (कार्यवाही वा कर्मण्यता) मा पाउँछ मानव जीवनले सार्थकता ।’ कर्मण्यता व्यक्तिको नभएर समूहको गतिविधि हो । त्यसैले श्रमिक होस् वा कलाकार, समूह सबैको हुनुपर्दछ । शायद त्यसैले होला, सङ्गठित हुने अधिकारलाई आधारभूत मानवीय स्वतन्त्रताको रूपमा मान्यता प्राप्त छ । तर, कुन समूहको कार्यवाही वा कर्मण्यता (एक्सन) कस्तो हुनुपर्ने हो ? त्यसबारे नेपालमा मात्र नभएर अन्यत्र पनि अन्तहीन छलफल को सिलसिला जारी छ । तथापि विभिन्न प्रकारका समूहहरूको प्रतिस्पर्धात्मक अनुकूलता (कम्पेटेटिभएड्ज) तथा प्रभावकारिताको सीमितताका बारेमा केही सर्वमान्य मान्यताहरू स्थापित भइसकेका छन् ।

प्रारुप र प्रभाव
श्रममा आधारित व्यक्तिहरूको समूह मूलतः सङ्घर्ष र ऐक्यबद्धताका लागि बनाइएका हुन्छन् । त्यसैले श्रम सङ्गठनहरू श्रमिकको साटो पूँजी वा प्रविधिको हितमा लाग्न थाले भने तिनको सान्दर्भिकता समाप्त हुन बेर लाग्दैन । उद्योग वा व्यापार संस्थापनकै दृष्टिकोणबाट पनि श्रमिकको वर्गीय हितप्रति समर्पित श्रम सङ्गठनहरू दीर्घकालीनरूपले बढी उपयोगी ठहरिन्छन् । उद्देश्यमूलक ऐक्यबद्धतामा आधारित विद्यार्थी समूहहरू पनि मूलतः श्रम सङ्गठन जस्तै हुन् । जुझरुपन बेगर श्रम वा विद्यार्थी समूह प्रभावकारी हुन सक्दैनन् ।

सीप भएकाहरूको समूह ऐक्यबद्धता तथा सङ्घर्षका साथै अन्य समान समूहहरूसँग आबद्ध भएर आफ्नो प्रभावकारिता बढाउन प्रयत्नशील रहनु पर्दछ । यस अर्थमा श्रमिक सङ्गठन (लेवर युनियन) तथा सीप संघ (ट्रेड युनियन) एकै प्रकृतिका समूहहरू हुन् । आबद्ध सदस्यहरूको हक र हितका लागि सङ्घर्षशील रहन ऐक्यबद्ध समूहहरूको निरन्तर सक्रियता बेगर लोकतन्त्र प्रभावकारी रहन सक्दैन ।

व्यवसायी तथा इलमीहरूका समूहको मुख्य चासो मुनाफा तथा पूँजीको सुरक्षा हुन्छ । त्यसै भएर त्यस्ता सङ्गठनहरू दबाब एवं एकाधिकार (लविइङ्ग एण्ड मनोपोली) जस्ता विकृतितिर उन्मुख हुनसक्छन् । सचेत नियमनका साथै सतर्क नेतृत्व बेगर व्यावसायिक समूहहरू इज्जतका साथ क्रियाशील रहन सक्दैनन् ।

पेशागत संघ सङ्गठनहरूले आफ्नो क्षेत्रको सङ्कुचित घेराभन्दा बाहिर समस्त समाज को हित समेतमा संलग्नता राख्ने भएकाले राजनीतिक नेतृत्व जन्माउने प्रारम्भिक मञ्चको रूपमा पनि काम गर्ने गर्द छन् । तर मूलतः पेशागत समूहहरूको उद्देश्य पेशाको स्वच्छता कायम गर्न र सक्षमता बढाउनेतिर लक्षित हुनुपर्दछ ।

सेवा कार्यमा संलग्न स्वयंसेवीहरूको समूह एक्लोपना हटाउने तथा संवेदना साटासाट गर्ने संयन्त्रहरू हुन् । कलाकारहरू सामान्यतः समूहीकृत हुन सक्दैनन्ः कलाकर्म स्वभावतः व्यक्ति र सृष्टि बीचको वार्तालाप हो । कलाकारहरू स्वच्छन्दता बेगर सास समेत फेर्न सक्दैनन् । स्वतन्त्र धर्म निर्वाह गर्न अभिशप्त हुन्छन् सच्चा कलाकारहरू । संघहरूका कर्मण्यता (एक्सन) पनि आ–आफ्नै प्रकारका हुन्छन् । श्रमिक तथा विद्यार्थी समूहहरू दबाबमूलक काम गर्न तत्काल अगाडि सर्छन् । व्यवसायी तथा इलमीहरू राजनीतिक प्रभाव परिचालनमा माहिर हुन्छन् । पेशाकर्मीहरूको जमात सामान्यतः तार्किक अभिव्यक्ति, सार्वजनिक विचार निर्माण तथा कानूनी उपचारद्वारा आफ्नो हित संरक्षण गर्न रुचाउँछ । सेवाधर्मी तथा कलाकारहरूको ‘नैतिक शक्ति’ नै तिनको सबभन्दा असरदार हतियार हुने गर्द छ । अब प्रश्न उठ्छः हाम्रा शिक्षक संघ–सङ्गठनहरू कस्ता छन् ? र, तिनको आदर्श कस्तो हुनुपर्दछ ? उत्तर अरू कसैले दिन सक्ने होइन, शिक्षकहरूले स्वयं आत्ममन्थन गर्नु पर्दछ । तर, विचारका लागि केही बुँदाहरू उल्लेख गर्न अन्यथा नहोला । समूहहरूको आत्मप्रस्तुति तथा सार्वजनिक छवि उत्तिकै महत्वपूर्ण पक्ष हुन् ।

प्रथमतः आफ्ना सदस्य शिक्षकहरूको हित सम्बद्र्धन गर्ने स्वाभाविक दायित्व हुँदाहुँदै पनि शिक्षकका संघ–सङ्गठन वा समूहहरू सामान्य श्रमिक वा सिपालु संघ–सङ्गठन जस्ता सङ्घर्ष एवं ऐक्यबद्धताका मोर्चा मात्र होइनन् । व्यवसायी वा इलमीहरू जस्तो दबाबको काममा अल्झेर शिक्षकहरूले आफ्नो शिक्षकीय छवि चम्काइराख्न सक्दैनन् । नेपालमा शिक्षणले अझै पनि पेशाको हैसियत हासिल गर्न सकेको छैन । कुनै बेला शिक्षणलाई सेवाकर्मको मर्यादा प्राप्त थियो । आज शिक्षाको उत्पात व्यापारीकरणले त्यो अवस्था बाँकी रहेको छैन । मूलध्याउन्नो (फोकस) को अभावले होला, हाम्रा शिक्षक समूहहरू प्रभावकारी हुन सकिरहेका छैनन् । कर्तव्यनिष्ठ नेतृत्व पाउने हो भने शिक्षक संघ–संस्थाहरू पेशागत समूहको रूपमा प्रतिष्ठापित हुन नसक्ने कुनै कारण छैन । तर कतिपय पेशागत संघ–संस्थाहरू नै सुस्तरी गैर सरकारी संस्था (गैसस) मा रुपान्तरित हुन लोभिइराखेको परिस्थितिमा शिक्षक संघ सङ्गठनहरूले आफ्ना प्रतिबद्धतापत्रहरूलाई पुनः एकपटक अवलोकन गर्न उपयुक्त हुनेछ ।गैसस बन्न गाह्रो छैन, तर त्यसपछि संघ वा सङ्गठनले आफ्नो जुझरुपन जोगाउन सक्दैनन् ।


पेशागत संघ–सङ्गठनहरूले आफ्नो क्षेत्रको सङ्कुचित घेराभन्दा बाहिर समस्त समाज को हित समेतमा संलग्नता राख्ने भएकाले राजनीतिक नेतृत्व जन्माउने प्रारम्भिक मञ्चको रूपमा पनि काम गर्ने गर्द छन् । तर मूलतः पेशागत समूहहरूको उद्देश्य पेशाको स्वच्छता कायम गर्न र सक्षमता बढाउनेतिर लक्षित हुनुपर्दछ ।

केही गैससकर्मीहरूको विलासी जीवनशैलीले गर्दा समग्रगैसस क्षेत्रलाई नै शङ्काको दृष्टिले हेरिनु उपयुक्त हुँदैन । उदारवाद, निजीकरण तथा वैश्वीकरणको दंशलाई कम गर्न तथा उन्मुक्त खुला बजारका दुष्प्रभावहरूलाई नियन्त्रणमा राख्न विश्व बैंक एवं अन्य दातृ निकायहरूले बढावा दिएकागैससहरूको खुला अर्थव्यवस्थामा स्पष्ट र महत्वपूर्ण भूमिका हुनसक्दछ । राज्य र बजार बीचको अन्तरसङ्घर्षले गर्दा चेपुवामा परेको वर्ग तथा धार्मिक सांस्कृतिकरूपले सिमान्तीकृत सामाजिक समूहहरूको हित सम्बद्र्धन सबभन्दा प्रभावकारी ढङ्गले सम्भवतः गैससहरूले गर्न सक्दछन्, उदारवादी अर्थ–राजनीतिक व्यवस्थामा । तर, त्यही कारणले गर्दा कुनै पनि कर्मण्य समूह (एक्सनग्रुप) लेगैसस सरहको काम गर्न थाल्यो भने आफ्नो जुझरुपन एवं कर्मजन्य धर्मको शुद्धता कायम राख्न सक्दैन ।गैससहरू राजनीति तथा बजार (दातृ निकायहरूको प्रभावले गर्दा) बीचको अन्तरसम्बन्धबाट उत्पन्न वर्णशङ्कर संयन्त्रहरू हुन्, तिनको संसर्गमा परेका कर्मजन्य समूहहरूले आफ्नो मौलिकता जोगाउन सक्दैनन् ।

भत्ता बेगर वार्षिक भेलामा समेत सहभागी हुन हच्किने सदस्यहरूले गरिबीले नभएर लोभले गर्दा सदस्यता शुल्क तिर्नु छोड्छन्, समूहगत जिम्मेवारीको साटो परामर्श सेवाको अवसर खोज्न थाल्दछन् । र, अन्ततः आफ्नो जुझरुपनगुमाएर ऐक्यबद्ध सदस्यबाट आत्म–केन्द्रित व्यक्तिमा रुपान्तरित हुन्छन् । त्यस्ता व्यक्तिहरूको पनि आफ्नो प्रकारको उपयोगिता हुन्छ, तर कर्मण्यताका मञ्चहरू एकतामा शक्ति खोज्नेहरूको समूहको रूपमा मात्र प्रभावकारी बन्न सक्दछन् ।

गुरु–शिष्य परम्परा कायम रहेसम्म शिक्षक संघ–सङ्गठनहरूको औचित्य खोज्नु निरर्थक थियो । तर, समाज का जटिलताहरू बढ्दै जाँदा कर्मण्य–समूहहरूको आवश्यकता बढ्दै जाने निश्चित छ । तिनको उपयोगिता तथा प्रभावकारिता बढाउने बारे निरन्तर तथा सघन संवाद भने चलिरहनु पर्दछ ।

commercial commercial commercial commercial