आठराईको उज्यालोका दुई किरण

हालको तेह्रथुम र ताप्लेजुङमा पर्ने आठराई क्षेत्रको समाज लाई शिक्षा र जागृतितर्फ उन्मुख गराउन धेरै मानिसको योगदान रहेको छ । तीमध्ये आफ्नो निजी स्रोतबाट तीन–तीनवटा हाईस्कूल स्थापना गरी निःशुल्क वा एकदम कम शुल्कमा शिक्षा प्रदान गर्ने समाज सेवी देवीप्रसाद उप्रेतीको योगदान विशेष उल्लेखनीय छ । उप्रेतीले झपा, इलाम र आठराईका अरू थुप्रै शिक्षण संस्थालाई आर्थिक र सामाजिक सहयोग गरे । उनले झपा, इलाम र तेह्रथुमका २९ वटा स्कूल, कलेज र पुस्तकालयलाई ७८७ बिगाहाभन्दा बढी जमिन जुटाइदिएको पाइन्छ । उप्रेती धनी भएर मात्रै दानी भएका भने होइनन् । यदि उनमा शिक्षाप्रति लगाव हुँदैनथ्यो भने आफ्नो धन धार्मिक संस्थाहरूलाई पनि दिन सक्थे । धनभन्दा पनि उनको मन शिक्षामा केन्द्रित थियो ।

वि.सं. २००० सालअघि देवीप्रसाद दार्जीलिङमा बस्थे र त्यहाँ नेपालका केटाकेटीलाई पढ्न सघाउँथे । उनी दार्जीलिङको शिक्षाको उज्यालो नेपालका गाउँघरमा कसरी फैलाउन सकिन्छ भनी विचार गर्दथे । २००७ सालपछि उनी नेपालको पहाडमा बसी शिक्षा र समाज जागरणका क्षेत्रमा काम गर्न सक्ने, निः स्वार्थी शिक्षकको खोजीमा लागे । यो कुरा उनले दार्जिलिङका प्रणामी समाज मा राखे । एउटी सहधर्मी गुरुमाले दार्जीलिङका मदन कुमार थापाको नाम सिफारिस गरिन् । मदन दार्जीलिङ कमान बस्तीमा निकै वर्ष मजदुर सङ्गठनमा सक्रिय रहेका व्यक्ति थिए ।

मदन थापाको सहयोगमा देवीप्रसादले आठराईको सिम्लेमा अनौपचारिक रूपमा सञ्चालित प्रणामी स्कूललाई औपचारिक रुप दिए । स्कूल खोल्न, स्कूल भवन बनाउन र चलाउन स्रोतसाधन जुटाए । यो स्कूल रराम्रोसँग चल्न थालेपछि त्यसको छेवैमा पोखरी हाईस्कूल खोल्न समाज लाई परिचालन गरे ।


उनले आफूले जग्गा दान दिएका तीन वटा स्कूलको नाममै ‘अनिवार्य निःशुल्क’ जोड्न लगाएका थिए । झपाको घैलाडुब्बाको आदर्श विद्यामन्दिर माविको भवनमा अहिले पनि ‘श्री आदर्श विद्यामन्दिर (निःशुल्क हाईस्कूल)’ लेखिएको छ ।

२०१६ सालमा पोखरी हाईस्कूल खोल्दाका शुरु का एक डेढ वर्षमा अत्यन्त ठूला आपत्हरू आए । हाईस्कूल खोल्ने कुरा बाट त्यहाँका केही ठालुहरू आक्रोशित भए । उनीहरूले स्कूल भवन र डेक्स, बेन्च जलाए, त्यो पनि दुई–दुईपल्ट । त्यहीताका देवीप्रसादको घरमा पनि आगो लाग्यो । तर पनि देवीप्रसादले आफ्नो आस्था बचाइराखे र यी दुर्घटनाबाट शिक्षक, विद्यार्थी, अभिभावक हतोत्साही हुन नदिनरूखमुनि कट्टुसले बारेका छाप्रामा स्कूललाई निरन्तरता दिए । त्यसपछि सारा गाउँ परिचालन गरेर कुँदेका ढुङ्गाकोगारो लगाएर पहिलेको भन्दा भव्य स्कूल भवन बनाए । दार्जीलिङबाट बी.ए., बी.एस्सी. पढेका थप शिक्षक ल्याए । यस नयाँ स्कूलले आठराईमा थप उत्सुकता जगायो, सहानुभूति र आदर पायो । अब स्कूल आफैँ चल्न सक्छ भन्ने भएपछि उनी झपाको आफ्नो व्यावहारिक समुद्रमा फर्के । झपा फर्केर पनि उनी सबैलाई निःशुल्क शिक्षा दिने काममा लागि नै रहे ।

आजभोलि नेपालका गाउँमा झेला भिरेर स्कूलगइराखेका नानीहरूको ताँती देख्नु सामान्य कुरा हो । तर अघि यस्तो हुन्नथ्यो । ‘ माथिल्लो’ जातका थोरै केटाकेटीहरूले विरलै खोलिने हिउँदे भाषा पाठशालामा ज्यादै दुर्लभ गुरुहरूबाट श्रेस्ता, ज्योतिषविज्ञान र साधारण संस्कृतको शिक्षा लिन पाउँथे । यो स्थितिमा सुधार ल्याउन देवीप्रसाद जस्ता शिक्षाप्रेमीहरूले ज्यादै ठूलो तपस्या गरेका छन् । उनीहरूले दौडधुप गरी खोलेका स्कूलहरूको विरोध गर्दथे कतिपय मानिसले— अज्ञानतावश वा धार्मिक सङ्कीर्णतावश वा ठालु प्रवृत्तिवश । ‘तल्लो जात’ वा परधर्मका केटाकेटीहरूलाई कि त यस्ता स्कूलहरूमा शिक्षा दिनबाट वञ्चित गरिन्थ्यो कि तिनीहरूलाई शिक्षा दिन खोजेबापत तीब्र विरोधको सामना गर्नु पथ्र्यो । केहीकथम् यस्ता केटाकेटीहरूलाई स्कूलमा भर्ना लिइहाले पनि कक्षामा बेग्लै ठाउँमा राखिन्थ्यो । राम्रै परिवारले पनि छोरी स्कूल पठाउँदैनथे ।

देवीप्रसाद शिक्षा निष्पक्ष, वैज्ञानिक, समष्टि जीवनको हित गर्ने र मानव तालाई माथि उठाउने हुनुपर्छ भन्ने कुरा मा विश्वासगर्थे । शिक्षाको प्रचार गर्नु पर्छ भन्ने कुरा देवीप्रसादले आफ्ना पिता रविलालका कामबाट सिकेका थिए । रविलालले धेरै वर्षसम्म हालका तेह्रथुम, ताप्लेजुङ, पाँचथर र संखुवासभा जिल्लामा पर्ने विभिन्न गाउँमा हिउँदमा छाप्रो हालेर स्कूल चलाएका थिए । देवीप्रसाद आफ्ना पिताको सहयोगीका रूपमा यस्ता स्कूलमा पढाउनेगर्थे । त्यतिबेला दुई प्रतिशतभन्दा कम मात्र नेपाली साक्षर थिए ।

देवीप्रसादका पिता रविलालले घरबाट भागेर दार्जीलिङगई शिक्षा आर्जन गरेका थिए । त्यसो गर्न घरबाट अनुमति पाउने सम्भावना नभएकाले उनले त्यसो गर्नु परेको थियो । देवीप्रसादका हकमा पनि यही कुरा दोहोरियो । उनले पनि निजामतीतर्फको त्यतिबेलाको उच्चस्तरीय अध्ययन पूरा गर्न घर गाउँमा कसैलाई थाहा नदिई १५ दिन टाढाको काठमाडौँ आइपुग्नु परेको थियो । आफूले भोगेको यही हैरानीले हुनुपर्छ उनले शिक्षालाई जताततै फैलाउने प्रेरणा पाएको । ८० वर्षको उमेरमा, २०४८ सालमा उपचारका लागि काठमाडौँ ल्याउनुअघि उनी आफू जन्मेको ठाउँ तेह्रथुमको सिम्लेमा पुस्तकालय भवन बनाउँदै र विज्ञान क्याम्पस चलाउने तयारी गर्दैथिए ।


ठालूहरूले स्कूल भवन र डेक्स, बेन्च जलाएर सखाप पारे, त्यो पनि दुई–दुईपल्ट । तर पनि देवीप्रसादले हार मानेनन् । सारा गाउँ परिचालन गरेर कुँदेका ढुङ्गाकोगारो लगाएर पहिलेको भन्दा भव्य स्कूल भवन बनाए ।

उनी शिक्षा अनिवार्य र निःशुल्क हुनुपर्छ भन्थे । त्यसैले, उनले आफूले जग्गा दान दिएका तीन वटा स्कूलको नाममै ‘अनिवार्य निःशुल्क’ जोड्न लगाएका थिए । झपाको घैलाडुब्बाको आदर्श विद्यामन्दिर माविको भवनमा अहिले पनि ‘श्री आदर्श विद्यामन्दिर (निःशुल्क हाईस्कूल)’ लेखिएको छ । उनी भन्थे– स्कूल जुन ठाउँमा सञ्चालन भएको छ त्यस ठाउँको जमिनको पाँच प्रतिशत आम्दानी स्कूलका लागि छुट्याउनुपर्छ र स्कूल त्यसैबाट चलाउनुपर्छ । यसो गर्दा जसको बढी जग्गा छ उसले शिक्षाका लागि बढी भार व्यहोर्नुपर्ने न्यायपूर्ण व्यवस्था कायम हुन्छ । स्कूल व्यवस्थापनमा सरकारी हस्तक्षेपको उनी एकदमै विरोधी थिए । उनको विचार मा स्कूल चलाउने मामला नितान्त सामुदायिक हो ।

देवीप्रसाद अति विवेकशील र ज्ञानका भोका थिए । उनी जति–जति ज्ञान पाउँथे त्यति–त्यति आफ्नो बानीव्यहोरा पनि सुधार्थे । मानिसलाई भेट्न र जान्न उनी हरदम इच्छुक हुन्थे । उनलाई कसैले पनि भेट्न र दुः ख पोख्न पाउँथे । वास्तवमा कसैले खोज्दैछन् कि भनेर उनका इन्द्रियहरू चनाखा भएर बसेका हुन्थे । अनि उनलाई भेट्ने जो कोहीले पनि आफू पुरस्कृत भएको अनुभव गर्दथे । अति सरल पनि थिए उनी, साधारण घरमा बस्दथे । साधारण लुगा ल गाउँथे । विशुद्ध शाकाहारी खाना खान्थे । अरूका कुरा ध्यान दिएर आदरसाथ सुन्दथे । कहिल्यै साह्रो बोली गर्दैनथे । देवीप्रसादले आफ्नो विनयपन, संवेदनशीलता, विवेक र चनाखोपन सधैँ जोगाएर राखे ।

स्कूलमा दिइने शिक्षा व्यावहारिक र समाज सेवातिर उन्मुख हुनुपर्छ भन्ने देवीप्रसादको असाध्य जोड थियो । उनी भन्नेगर्थे, “कसरी शिक्षा दिँदा विद्यार्थीले राम्ररी बुझदछ, जान्दछ र अनुत्तीर्ण हुँदैन भन्नेतिर स्कूलले सोच्नुपर्छ । अभिभावकको लगानी र विद्यार्थीको समयप्रति स्कूल उत्तरदायी बन्नु पर्दछ ।”

आठराईमा आधुनिक शिक्षाको प्रारम्भ २००३ सालबाट शुरु भएको हो । २०१७ सालसम्ममा त्यहाँ एउटा कलेज, तीन वटा हाईस्कूलहरू र थुप्रै प्राथमिक र निम्न माध्यमिक स्कूल बनिसकेका थिए । यी हाईस्कूल र कलेज दार्जीलिङबाट आएका शिक्षकहरूले शुरु गरेका थिए । २०१८ सालसम्म पनि यी स्कूल, कलेजहरू दार्जीलिङबाट आउने शैक्षिक जनशक्तिमै निर्भर थिए । यसरी नेपालमा एकै भेकमा दार्जीलिङबाट आएको त्यत्रो शिक्षित जनशक्तिले काम गरेको एकमात्र ठाउँ होला आठराई ।
दार्जीलिङबाट आठराईमा आएका शिक्षकहरूबीचका शिरताज थिए मदन कुमार थापा । आठराईले शिक्षा र जागृतिका लागि उनले दिएको योगदान सदैव आदरसाथ सम्झ्निे छ । मदन कुमार शिक्षकमा हुनुपर्ने प्रतिभा, राजनीतिक आत्मबल र परिपक्वता, बौद्धिक कुशाग्रता, वक्तृत्वकला, साङ्गठनिक क्षमता अनि रसिलो र मानवीय मनका अत्यन्तै धनी थिए । अनपढ हुन् वा बुद्धिजीवी शिक्षक हुन् वा विद्यार्थी सबै उनका वरिपरि झुमिन्थे, उनीबाट मक्ख हुन्थे । दार्जीलिङबाट आठराई आएका शिक्षकहरू त उनीलाई भेटेपछि आफ्नो दुः ख नै बिर्सन्थे ।

मदनले आठराईको सिम्लेमा प्रणामी स्कूलको औपचारिक स्थापना देखि काम थालेर त्यसलाई निम्न माध्यमिक तह (त्यतिबेला मिडिल स्कूल भनिन्थ्यो) सम्म पुर्याए । त्यसपछि छेवैको पोखरी हाईस्कूलको स्थापना देखि त्यहाँबाट एसएलसी परीक्षा दिने दोस्रो समूहका विद्यार्थी निक्लिउन्जेलसम्मको शैक्षिक , प्रशासन, जनसम्पर्क र निर्माणका कामको नेतृत्व गरे ।

हाईस्कूलमा विद्यार्थी बढाउन र साना–साना नानीहरूलाई स्कूल जान–आउन सजिलो होस् भन्नका लागि उनले हाईस्कूल छेउछाउ थुप्रै प्राथमिक स्कूल खोल्नुपर्छ भन्ने कुरा को प्रचार गरे । होडा, भदौरे, टुँडिखेल, भित्रिया आदि ठाउँमा प्राथमिक स्कूल औपचारिकरूपले चलाउने वातावरण तयार गर्न सघाए । उनको सक्रियतामा आठराईमा त्यस बेला ‘आठराई शिक्षा समिति’ नामक संस्थाकोगठन भयो । यो संस्था त्यहाँको शैक्षिक गतिविधिलाई अन्यत्र फैलाउन, शिक्षण संस्थाहरूलाई सांस्कृतिक अनि सामाजिक चेतनाको आकर्षण केन्द्र बनाउन र स्कूलहरूबीच शैक्षिक , सांस्कृतिक, साहित्यिक, वक्तृत्व तथा खेलकुदका क्रियाकलाप मा तालमेल मिलाउन र मैत्रीपूर्ण प्रतिस्पर्धा गराउन ज्यादै सफल थियो ।

मदन थापा स्कूललाई शिक्षा बाँड्ने थलो मात्र बनाउन चाहँदैनथे । उनले स्कूललाई समाज मा उत्साह र जाँगर भर्ने, समाज को कुसंस्कारलाई ललकार्ने, सांस्कृतिक र मनोवैज्ञानिक केन्द्रका रूपमा विकास गर्न प्रयत्न गरे । शिक्षण संस्थाहरूमा जीवन्त र उत्साहपूर्ण वातावरण पाइन्थ्यो त्यसबेला । शिक्षक नपाइने हुनाले माथिल्लो श्रेणीका विद्यार्थीहरूलाई छेउछाउमा खोलिएका प्राथमिक स्कूलहरूमा पालैसँग पढाउन पठाइन्थ्यो । समाज मा भएको अन्याय, शोषण, कुरीतिप्रति सचेत गराउने र मानिसमा जागरण ल्याएर त्यसप्रति आवाज उठाउन लगाउने उनी आठराईका पहिला राजनीतिक शिक्षक पनि थिए । उनले स्कूलको प्राज्ञिक वातावरणमा, सार्वजनिक काममा वा ‘आठराई शिक्षा समिति’ मा राजनीतिकोगन्ध आउन दिएनन् । मदन थापा २०१९ सालको (यो पङ्क्तिकार पनि भएको ) एसएलसी विद्यार्थीहरूको समूहलाई सेन्ट अप गराउन्जेलसम्म आठराई बसे । त्यति बेलासम्ममा पोखरी हाईस्कूल आफैँ सञ्चालन हुने अवस्थामा पुगेको थियो ।

आठराईमा आफ्नो मिसन पूरा भएजस्तो लागेपछि मदन झपा झ्रेर घैलाडुब्बामा देवीप्रसादले शुरु गरेका शैक्षिक र सामाजिक काममा सहायता गर्न थाले । उनलाई झपामा अलि लामो समयसम्म काम गर्ने इच्छा थियो होला । त्यहाँ उनका मिलनसार हस्ती साथीहरू पनि थिए । दार्जीलिङमा आफ्नो परिवार भेट्न जान वा उनीहरूलाई त्यहाँ ल्याउन पनि उनलाई सुगम हुन्थ्यो । तर त्यतिबेला (२०२१ सालतिर ) नेपालमा जनस्तर बाट सक्रिय भएर समाज सेवाको काम गर्ने चलन फेरि एकपल्ट हराउन थालेको थियो । यसैबीच सरकारले उनलाई नेपाल आएर किन काम गरेको भनी सोधपुछ गर्न थाल्यो । उनी त्यहाँ बस्दा देवीप्रसाद पनि झ्मेलामा पर्ने डर थियो । त्यसैले उनी देवीप्रसादसित अनुमति मागेर दार्जीलिङ फर्किए ।

नेपाल बस्दा मदन थापाले एक कौडी पैसा जोगाएका थिएनन् । उनको परिवारलाई उनले अभाव नै अभावमा छोडेका थिए । आफन्तहरू बीच सुखदुः ख बाँड्ने र एकअर्कालाई सहयोग गर्ने दार्जीलिङे परम्पराले गर्दा बाँचेको थियो उनको परिवार । देवीप्रसादलाई यो कुरा को रराम्रो ज्ञान थियो । मदन भावविभोर भएर आफ्नो झ्टििमिटी गोरुगाडामा राखेर दार्जीलिङ फर्कन लाग्दा देवीप्रसादले उनलाई सम्बोधन गरेको एउटा बन्द खाम हातमा राखिदिँदै भनेका थिए– ‘यो मेरोतर्फबाट सरको परिवारलाई कोसेली ।’ त्यो खाम मदनले विर्ता बजारछेउ पुगेर खोले । त्यसमा उनको (मदन थापाको) नाममा चप्रामारी झपाको २० बिगाह जति जग्गाको जग्गाधनी प्रमाणपत्र र साथमा उहाँ भएको ठाउँमा आइरहन आग्रह गरिएको एउटा पत्र थियो ।
(लेखकले यसै विषयमा लेखेको लामो आलेखको सङ्क्षिप्त र सम्पादितरूप । –सं)

commercial commercial commercial commercial