गुरुहरूले बनाएको ‘म’

मलाई अङ्ग्रेजी पढाउने सर कुमार राईमा विद्यार्थीहरू एउटा लक्ष्य बनाएर अघि बढून् भन्ने तीब्र इच्छा थियो । उहाँ घरमा राति अबेरसम्म पढाउनु हुन्थ्यो । उहाँकै दृढ आत्मविश्वासका कारण हामीले घरखेतमा कुटो–कोदाली चलाएर एसएलसी पास गर्यौ ।

मैले २०४४ सालमा भोजपुरको कटुन्जे माविबाट एसएलसी पास गरें । त्यस विद्यालयका थुप्रै गुरुजनबाट प्राप्त न्यानो माया, अजस्र उत्प्रेरणा र शैक्षिक जगमा टेकेर उच्च शिक्षा हासिल गर्दै आजको अवस्थासम्म आइपुगेको हुँ ।

म चार वर्षको उमेर देखि नै दिदीको जामाको फेर समातेर विद्यालय जान्थें । शुरु –शुरु मा दिदीसँगै कक्षा ३ मा बस्थेँ । केही दिनपछि मलाई माधव नेपाल सरले बुबाको नाम लेख्न लगाउनुभयो । मैले लेख्न जानिनँ । त्यसपछि उहाँले दाजुको नाम लेख्न लगाउनुभयो । दाजुको नाम रराम्रोसित लेखेपछि म कक्षा १ मा भर्ना गरिएँ । मभन्दा चार वर्ष जेठो एउटा साथीले आफ्नो बुबाको नाम लेख्यो र कक्षा २ मा गयो ।

माधव नेपालपछि जीवनमा बिर्सन नसक्ने अर्का गुरु हुनुहुन्छ कुञ्जरमणि तिमिल्सिना । उहाँसित कक्षा ६ मा नेपाली पढेको हुँ । उहाँ हँसिलो, रसिलो र स्नेही स्वभावको हुनुहुन्थ्यो । उहाँ पाठसँगै हामीलाई उत्प्रेरणा मिल्ने खालका सन्दर्भ र कविताका टुक्रासमेत सुनाउनुहुन्थ्यो । यस्ता कुरा हरूले हामीलाई पढ्न प्रेरित गथ्र्यो । उहाँले त्यतिबेला सुनाएका सुक्ति जस्ता कविताका पङ्क्तिहरूले मलाई साहित्य अनुरागी, उदार र असल मान्छे बन्न सदैव प्रेरणा दिएका छन् ।

तिमिल्सिना गुरुको पढाउने शैली जति रराम्रो थियो उहाँका अक्षर पनि त्यति नै सुन्दर थिए । मैले शिक्षकका रूपमा उहाँबाट सिकेको कुरा हो– बालबालिकाहरूलाई उनीहरूको रुचि र स्तर अनुसार सुन्दर कविताहरू कलिलै उमेरमा पढाउनु पर्छ ।

मेरा अर्का अविस्मरणीय गुरु हुनुहुन्छ हिमाल राई । उहाँले ७ कक्षामा गणित पढाउनु भएको थियो । उहाँ सजिलो र रसिलो पाराले पढाउनु हुन्थ्यो । मैले कक्षा ६ मा उहाँभन्दा बढी पढेको सरबाट गणित पढेको थिएँ । उहाँ निकै जान्ने र ट्वाक्क हिसाब मिलाउने भए पनि त्यो हिसाब कसरी मिल्यो भनेर सिलसिलाबद्ध ढङ्गबाट बुझाउनचाहिँ सक्नुुहुन्नथ्यो । हिमाल सरले एसएलसी मात्र पास गर्नु भएको थियो । तर हिसाब जस्तो कठिन विषय बुझएर पढाउने सीप उहाँमा थियो । ठीक समयमा कक्षामा आउनुहुन्थ्यो । कक्षा शान्त भएपछि सबैले स्पष्टसित सुन्ने आवाजमा पढाउन थाल्नुहुन्थ्यो । उहाँ हिसाब मिलाउनु मात्रै हुन्नथ्यो, त्यो हिसाब कसरी मिलेको भन्ने पनि तहगत रूपमा स्पष्ट पार्नुहुन्थ्यो । उहाँको पढाउने तरिका म जस्ता गणितमा दुब्ला विद्यार्थीलाई पनि निकै उपयोगी सावित भएको थियो ।

त्यतिबेला हराम्रो विद्यालय प्रस्तावित मावि थियो । त्यसैले मावि तहमा योग्यता र सीप भएका आदर्श गुरुहरूको लगभग अनिकाल नै थियो । शिक्षकले विद्यार्थीको मनलाई तान्न सकेन भने पढाइमा रुचि घट्दो रहेछ । मैले कक्षा आठमा रराम्रोसित पढ्न सकिनँ । कक्षा सातमा अलि–अलि बसेको पढाइको जग आठमा आएर पूरै भत्कियो । बल्लतल्ल पाससम्म भएँ । कक्षा ९ मा मिहिनेत गर्न थालेको थिएँ । तर पनि पढ्ने तौरतरिका नमिलेर अल्मलिएको थिएँ । यसैबीच मधेशबाट मेरा काका नारायण नेपाल हराम्रो घर आइपुग्नुभयो । उहाँ भर्खरै एसएलसी दिएर पुख्र्यौली थलो टेक्ने उद्देश्यले पहाड उक्लनुभएको थियो । हिसाब सिकाउने उहाँको तरिका हिमाल सरकै जस्तो सजिलो रहेछ । हिसाब पढ्न बीज गणितबाट थाल्ने र क्रमशः अङ्क गणित अनि ज्यामितिमा जाने भन्ने उहाँको तरिका मेरा लागि औधी उपयोगी भयो । उहाँ भन्नुहुन्थ्यो, “पढाइ घाँसको भारी बोक्नु जस्तै हो । जसरी शरीरको क्षमताभन्दा बढी भारी बोक्न सकिँदैन त्यसै गरी ज्ञानको पूर्वाधारले धान्नेभन्दा बढी शिक्षाको भार पनि बोक्न सकिँदैन । बीज गणित र अङ्क गणितको पूर्वाधारले ज्यामितिको बुद्धिको भारी बोक्न सकिन्छ । यसरी पढ्यो भने १०० पूर्णाङ्क हिसाब सबै गर्न सकिने भइन्छ ।”

मैले जीवनमा बिर्सन नसक्ने अरू दुई गुरु हुनुहुन्छ— भवीन्द्र घिमिरे र कुमार राई । घिमिरे सरले मलाई कक्षा १० मा इतिहास पढाउनु भएको थियो भने कुमार सरले अङ्ग्रेजी । कुमार सरमा विद्यार्थीहरू एउटा लक्ष्य बनाएर अघि बढून् भन्ने तीब्र इच्छा थियो । त्यसका लागि उहाँ आफ्नै घरमा राति अबेरसम्म पनि पढाउनु हुन्थ्यो । प्रशासनिक व्यस्तता, विद्यालयलाई स्रोतसम्पन्न पार्न गर्ने दौडधुपका बाबजुद पनि उहाँले हामीलाई दिएको शिक्षा जीवनमा कोही भुल्न सक्दैन । उहाँकै दृढ आत्मविश्वासका कारण हामीले घरखेतमा कुटो–कोदाली चलाएर एसएलसी पास गर्न पायौं ।   

आज म जे बनेको छु त्यसमा माधव सरको सकारात्मक सल्लाह, तिमिल्सिना सरको उत्प्रेरित गर्ने खुबी, सुन्दर अक्षर र अध्यापन शैली, हिमाल सरको गाह्रो कुरा लाई सजिलो बनाएर पढाइतर्फ विद्यार्थीको रुचि बढाउने सीप, नारायण काकाको बुद्धिको भारी बोक्ने र विषयवस्तु सम्झ्ने तरिका, भवीन्द्र सरको जाँच दिने तरिका सम्बन्धी परामर्श र कुमार सरको पढेर ‘केही गर्नु पर्छ, बन्नु पर्छ र असल मानिस हुनुपर्छ’ भन्ने उत्प्रेरणा सहितको आदर्श शिक्षणको अपूर्व संयोजन रहेको छ । पाठ मात्र पढाउने शिक्षक आदर्श शिक्षक होइन । मान्छे सिकाएर भन्दा रुचि र हौसला जागेपछि जान्ने हुँदोरहेछ । आदर्श शिक्षकले विद्यार्थीलाई पढाइप्रति उत्सुक र जागरुक पार्दा रहेछन् । ठाउँ, परिवेश, साधनस्रोत र सम्भावनाको अध्ययन गरेर दिएको शैक्षिक सल्लाह फलदायी हुँदोरहेछ । यो मेरो ज्ञान नभई अनुभवले भनेको कुरा हो । यो कुरा मैले एसएलसीसम्म जिम्मेवार भई शिक्षा दिने आदर्श शिक्षाको चरित्रबाट गरेको हुँ ।

लेखक काठमाडौं, चाबहिलस्थित ब्रिलियन्ट बहुमुखी क्याम्पसका प्रमुख हुन् ।

commercial commercial commercial commercial