लुँडोले पार्छ सजिलो

स्वास्थ्य शिक्षाको उद्देश्य विद्यार्थीमा स्वास्थ्य चेतना जगाउने मात्रै नभई जीवन स्वस्थ राख्न उनीहरूले अपनाउनुपर्ने व्यवहार सिकाउनु पनि हो । स्वास्थ्य सम्बन्धी प्रशस्त ज्ञान र सूचना दिनु मात्र पर्याप्त हुँदैन यदि व्यक्तिले आफू स्वस्थ रहन त्यसको प्रयोग गर्न सक्दैन भने । तसर्थ स्वास्थ्य शिक्षाले व्यक्तिको व्यवहारमा परिवर्तन ल्याउनै पर्छ ।

हामीकहाँ व्यवहार परिवर्तन गर्न सक्ने गरी विद्यार्थीहरूलाई स्वास्थ्य शिक्षा पठनपाठन गराउने दक्ष शिक्षकहरूको कमी छ । खास गरी शारीरिक स्वास्थ्य सम्बन्धी विषयवस्तुहरू; जस्तै यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित पाठ पढाउन शिक्षकहरू हिच्किचाउने र विद्यार्थीलाई स्वाध्यायन गर्न लगाउने गरेको पाइन्छ । कतिपय विद्यालयहरूमा त स्वास्थ्य विषय नै नपढेका वा ‘जगेडा’ शिक्षकले स्वास्थ्य विषय पढाउने र त्यसबाट स्वास्थ्य सम्बन्धीगलत सूचनागई भ्रम सिर्जना हुने गरेको समेत पाइएको छ ।

स्वास्थ्य शिक्षा व्यावहारिक रूपमा दिन सकिए मात्र विद्यार्थीमा शारीरिक, मान सिक र सामाजिक रूपमा स्वस्थ रहने बानीको विकास गराउन सकिन्छ । यहाँ स्वास्थ्य शिक्षालाई खेलविधिको माध्यमबाट कसरी पढाउने भन्ने सङ्क्षिप्त चर्चा गरिएको छ ।

आवश्यक सामग्री
चित्रमा दिइएको जस्तै कपडा वा बोर्डमा विद्यार्थीलाई सिकाउन खोजिएको स्वास्थ्य सम्बन्धी व्यावहारिक सन्देशसहितको ४/×६ फिटको कपडा वा बोर्डको लुँडो (जसलाई नागपासा वा क्लबपभ(बिममभच पनि भनिन्छ) बनाउने । स्थानीयस्तर मा पाइने चारपाटे काठका टुक्रा र टीनको बट्टाको डायस बनाउने । डायस बजारमा किन्न पनि पाइन्छ ।

अब लुडो खेलौं

  • लुडो तुललाई समतल भुईं वा चौरमा फिँजाएर विद्यार्थीलाई आफ्नो तुलको वरिपरि राखौं । एउटा व्यानरको वरिपरि १०–१२ जनासम्म विद्यार्थी राख्न सकिन्छ । विद्यार्थी सङ्ख्या अनुसार धेरै वा थोरै समूह बनाउन सकिन्छ ।
  • खेल खेल्न इच्छुक चार जना विद्यार्थी छान्नुहोस् र डायस दिनुहोस् ।
  • खेलको सामान्य नियम बताउनुहोस् । यो खेलमा हरेक भर्याङको फेद र टुप्पोमा लेखिएको स्वास्थ्य सम्बन्धी सन्देश ‘हामी स्वस्थ रहन गर्नु पर्ने व्यवहार हो’ भनी सम्झउनुस् र त्यस्तो बानी बसाल्दा हुने फाइदा भर्याङको टुप्पोमा लेखिएको हुन्छ भनेर राम्ररी देखाउनुस्; बुझाउनुस् । त्यसै गरी, सर्पको मुख र पुच्छरमा पनि सन्देशहरू लेखिएको कुरा बताइदिनुपर्छ । सर्पको मुखमा गर्नु नहुने व्यवहार लेखिएका छन् र त्यस्तो व्यवहार गरियो भने सर्पको पुच्छरमा लेखिएको जस्तो नकारात्मक परिणाम भोग्नुपर्छ भनी खुलस्त पार्नुहोस् ।
  • बाँकी विद्यार्थीहरूलाई वरिपरि बसेर चार जनाले खेलेको ध्यानपूर्वक हेर्न लगाउनुस् । कसैकोगोटी भर्याङ र सर्प भएको ठाउँमा आएपछि खेलाडीलाई त्यहाँ लेखिएको सन्देश पढ्न लगाउनुस् र अरू विद्यार्थीलाई पनि सहभागी बन्न उत्प्रेरित गर्नु होस । ( माथिको तस्बिर) उदाहरणका लागि कसैकोगोटी १० नं कोठामा आइपुग्यो भने त्यहाँ लेखिएको ‘म नङ काट्छु’ वाक्य ठूलो स्वरले पढ्न लगाउने रगोटीलाई भर्याङ चढाएर, कोठा नं ३० मा पुरयाउने । त्यहाँ लेखिएको ‘जुका पर्दैन’ भन्ने वाक्य ठूलो स्वरमा भन्न लगाउने । यहाँ किन, कसरी भनी केही व्याख्या गर्नु पर्ने भए गरिदिने । त्यसै गरी यदिगोटी कोही कोठा नं ३१ मा पुग्यो भने के होला ? त्यहाँ ‘शरीर नुहाउँदिनँ’ भन्ने सन्देशसहित सर्पको मुख छ । अबगोटी सर्पले खान्छ र परिणाम ‘शरीरभरि घाउखटिरा आउँछ ।’
  • यसरी पालैपालो सबै विद्यार्थीलाई नागपासा खेलाउने, सन्देश पढ्न लगाउने गरी रमाइलो तरिकाले स्वस्थ रहन गर्नु पर्ने व्यवहारहरूका बारेमा बुझाउन सकिन्छ । अर्को कुरा , यस्तो खेल सबैका अगाडि खेलिने हुँदा त्यहाँ लेखिएका सन्देशहरू पढिँदा रराम्रो व्यवहार भएका विद्याथीहरू खुशी हुने र नरराम्रो व्यवहार भएकाहरूलाई अप्ठ्यारो/असजिलो पर्ने हुनसक्छ । तर तिनले पनि सफा रहने वा असल व्यवहार गर्ने प्रेरणा पाइरहेका हुन्छन् ।

विद्यार्थीको स्तर , क्षमता र आवश्यकता अनुसार विभिन्न सन्देशहरू दिने गरी लुँडो तुलहरू बनाउन सकिन्छ । एकैपटकमा विभिन्न समूह बनाएर पनि यो खेल खेलाउन सकिन्छ । यसरी खेलको माध्यमबाट स्वस्थ व्यवहारहरू सम्बन्धी सन्देश दिँदा विद्यार्थीहरूमा अभिरुचिपूर्वक भाग लिने र एकअर्कामा चर्चा परिचर्चा गर्ने सीपको विकास हुन्छ ।

प्रस्तुत लुँडो तुल एउटा नमुना मात्रै हो । यस्तै प्रकारका सन्देश राखेर थुप्रै प्रकारका लुँडो व्यानरहरू बनाउन सकिन्छ ।  

commercial commercial commercial commercial