बारामा पनि मारिए शिक्षक

बाराको फेटा गाविसस्थित नेरा माविका शिक्षक प्रदिप तिमल्सिना (४०) को १७ वैशाख २०६६ मागोली हानी हत्या गरिएको छ । स्कूलबाट घर फर्कदै गरेका तिमल्सिनाको टाउकोमागोली हानिएपछि उनको घटनास्थलमै ज्यान गएको थियो । तीनजनाको नकावधारी समूहले बाराको कलैया १० का तिमल्सिना चढेको साइकल रोकी कन्चटमागोली प्रहार गरेको थियो । तिमल्सिनाका ७ वर्षका छोरा र ४ वर्षकी छोरी छन् । अखिल तराई मुक्ति मोर्चाका जिल्ला संयोजक सुवासले घटनामा आफ्नो संलग्नता रहेको बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी तारानाथगौतमले अपराधीको खोजी कार्य भइरहेको बताए पनि अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । हत्यापछि नेपाल शिक्षक युनियनले जिल्ला प्रशासन कार्यालय बारामा मृतकको शव राखेर अपराधीलाई पक्राउ गरी कारवाही गरिनुपर्ने मागका साथ धर्ना दिएको थियो । उक्त हत्यापछि कलैया बजार शोकामा डुबेको छ भने स्थानीय बासिन्दा आक्रोशित बनेका छन् ।

युनियन र स्थानीय बासिन्दाको विरोधपछि तिमल्सिनाका छोराछोरीको निःशुल्क पठनपाठन, पत्नीलाई रोजगार, हत्या गरिएका शिक्षकलाई शहिद घोषणा र अपराधीलाई कारवाही गर्न जिपका सहमत भएको युनियन बाराका अध्यक्ष देबेन्द्रगिरीले बताए । यसअघि बाराको पन्नादेवी कन्या माविका प्रधानाध्यापक निर्मला थसिनेकु र श्रीपुर स्कुलका प्रधानाध्यापक माथि पनि अज्ञात समूहलेगोली प्रहार गरेको थियो । अहिलेसम्म बारामा पाँच शिक्षकको हत्या भएको छ ।

गुरुप्रसादगौतम/बारा

commercial commercial commercial commercial