एउटा बेग्लै स्कूल !

सक्षम प्रअ, समर्पित शिक्षक र लगनशील छात्रछात्रा भए सरकारी स्कूल राम्रै गरी सुध्रिन सक्छ भन्ने दृष्टान्त बनेको छ– मोरङको राधिका मावि ।

२०२५ सालमा खुलेको मोरङको उर्लावारीस्थित राधिका माविको भित्तामा ‘लगनशील विद्यार्थी समर्पित शिक्षक’ सन्देश लेखिएको छ । योे सन्देश सन्देश मात्रै हो या वास्तविकतासँग यसको साइनो छ भन्ने जिज्ञासा शान्त नहुँदै प्रअ दिलीप राईले जवाफ दिइहाले, “यो सन्देशभित्र हराम्रो स्कूलको यथार्थ लुकेको छ ।”

झ्ट्ट हेर्दा शहरको कुनै रराम्रो निजी स्कूल जस्तो लाग्ने उक्त विद्यालय सन्देशमा भनिएझैँ लगनशील विद्यार्थी र समर्पित शिक्षकका कारण मोरङकै रराम्रो विद्यालयमा दरिन पुगेको छ । विद्यालयका अभिभावक पूर्णमान लिम्बूको भनाइमा सबै सरकारी विद्यालय राधिका माविजस्तो भए अभिभावकले निजी स्कूलमा छोराछोरी पढाउने बाध्यताबाट मुक्ति पाउँथे । प्रअ राई थप्छन्, “नाममात्रको सरकारी विद्यालय हो यो । काम सबै निजीसरह हुन्छ ।”

उक्त विद्यालयले प्रावि तह देखि अङ्ग्रेजी माध्यममा पढाउन थालेको दुई वर्ष भइसकेको छ । अङ्ग्रेजी माध्यम अपनाउने यो मोरङको पहिलो सरकारी विद्यालय हो । जिशिका मोरङका शाखा अधिकृत राजेन्द्र बुढाथोकीका अनुसार यसको सिको गर्दै वरपरका अरू स्कूले पनि अङ्ग्रेजी माध्यममा पढाउन थालेका छन् । सरकारी स्कूलमा प्रायः न देखि ने यस्तो व्यवस्थाका कारण राधिका माविले निजी स्कूललाई बिर्साइदिएको छ । अङ्ग्रेजी माध्यममा पढाउन निजी स्रोत शिक्षकको व्यवस्था गरिएको प्रअ राई बताउँछन् । उनका अनुसार प्राविका छात्रछात्रालाई पुस्तक, पोशाक र दिउँसो खाजाको निःशुल्क व्यवस्था मिलाएको छ ।

राधिका माविको पछिल्लो प्रगतिको मुख्य कारण प्रअ दिलीप राईको नेतृत्वलाई मान्ने गरिएको छ । ३ असार २०६३ मा उनी प्रअ भएपछि विद्यालय सुधारको योजनालेगति लिएको हो । यसअघि उक्त विद्यालयमा ३५ वर्षसम्म नगेन्द्रलाल दास प्रअ थिए । उनको लामो कार्यकालमा स्कूल चल्न त चलिरह्यो तर विशेष उन्नति भने भएन । २५ वर्ष देखि राधिका माविमा पढाइरहेका शिक्षक यज्ञगुरागाईं र कमल दाहालको भनाइमा राई प्रअ भएपछि सक्षम नेतृत्वको खाँचो मात्र पूरा भएको छैन, विद्यालयको शैक्षिक वातावरण नै बदलिएको छ ।

२०३६ सालमा पूर्वाञ्चलमा एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याएका कारण राधिका माविले वीरेन्द्र शिल्ड प्राप्त गरेको थियो । त्यसपछि विद्यालयको पढाइ क्रमशः खस्किँदै गएको थियो । परिणामतः २०५० देखि २०६२ सालसम्म एसएलसी नतिजा १५ र १६ प्रतिशतसम्म झ्¥यो । दिलीप राई हेडमास्टर भएपछि , २०६३ सालमा एसएलसी परिणाम १६ बाट उक्लेर ४३ र २०६४ मा ४४.५ पुगेको छ । प्रअ राई भन्छन्, “स्तरीय पढाइका लागि हामी छात्रछात्राको मात्र होइन, शिक्षकको पनि परीक्षा लिन्छौं ।” परीक्षाको मर्यादामा आँच आउने क्रियाकलाप मा शिक्षकलाई संलग्न हुन नदिएको सहायक प्रअ कमल दाहाल बताउँछन् । आउँदो पाँच वर्षभित्र एसएलसीमा शतप्रतिशत छात्रछात्रा उत्तीर्ण गराउने अठोट राधिका माविले गरेको छ । यस्तो अठोट पूरा गर्न अधिकांश शिक्षक कार्यालय समय बाहेक पनि विद्यालयको काममा खट्ने गरेका छन् । सहायक प्रअ दाहालको कथन छ, “हामी बिहान ६ बजे देखि बेलुकी अबेलासम्म स्कूलको काममा जुट्छौं । स्कूललाई रराम्रो बनाउने लक्ष्य हासिल गर्न सबैभन्दा बढी हामी नै कर्मशील हुनुपर्छ ।”  

राधिका माविको पढाइ सुध्रिएको तथ्यलाई उक्त स्कूलका छात्रछात्राले जिल्ला तहका विभिन्न प्रतियोगिता जितेर हासिल गरेका पुरस्कार ले पनि प्रस्ट पारेका छन् । अतिरिक्त क्रियाकलाप अन्तर्गत छात्रछात्रालाई नृत्य तथागायन समेत सिकाउने गरिएको शिक्षक अनु राई बताउँछिन् । यसकै देन हो– एक वर्षअघिको उर्लावारी महोत्सवमा भएको नृत्य प्रतियोगितामा राधिका माविले प्रथम स्थान हासिल गर्नु । उता बास्केटबल, फूटबल, भलिबल, टेबलटेनिस, चेस, लुँडो लगायतका खेलका लागि विद्यालयले भरपर्दो भौतिक पूर्वाधार तयार गरेको छ । खेलमैदानको रराम्रो व्यवस्थाका कारण यस माविका छात्रछात्राले जिल्ला तहका प्रतियोगिता जित्ने गरेको शिक्षकहरूको भनाइ छ । दश वर्षअघि स्थगित स्काउटगत वर्ष पुनः शुरु गरिएको छ । स्रोतसाधन सम्पन्न तुल्याउन विद्यालयमा १६ वटा कम्प्युटर राखिएको छ ।

रमाइलो शैक्षिक वातावरण
राधिका माविको भौतिक पूर्वाधार पनि आकर्षक देखिन्छ । प्रावि कक्षाका लागि छुट्टै भवन र बालबाट िका बनाइएको छ । विभिन्न थरिका फूलले ढाकिएको बालबाट िकामा पीङ, चिप्लेटी, चाकाचुली जस्ता आधा दर्जन बढी खेल सामग्री छन् । विद्यालयमा छात्रछात्राको लागि छुट्टाछुट्टै शौचालय पनि छ । उता अपाङ्गका लागि अर्को छुट्टै शौचालय निर्माण गरिएको छ । ३० प्रतिशत सरकार र ७० प्रतिशत विद्यालयको लगानीमा चारकोठे पक्की भवन निर्णाण गरिएको छ । उक्त भवनमा आउँदो वर्ष देखि प्लस टु कक्षा सञ्चालन गरिने तयारी गरिएको छ ।

विद्यालयको गहना मानिने अनुशासन कायम राख्नमा पनि राधिका मावि अग्रसर देखिन्छ । करिब १६ सय छात्रछात्रा रहेको उक्त माविमा सबै छात्रछात्रा अनुशासनमा बस्ने अनि कक्षामा नियमित पढाइ हुने गरेको कक्षा १० का प्रवीण बस्नेत बताउँछन् । महङ्गो शुल्क तिरेर निजी विद्यालय जानुभन्दा राधिका माविमा पढ्नु उत्तम भएको अर्की छात्रा रञ्जुगौतमको तर्क छ । विद्यालय आउँदा छात्रछात्राले सेतो सर्ट, नीलो पेन्ट वा फ्रकका साथै टाई र बेल्ट लगाउनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । उता शिक्षकले कक्षा अवधिभर शिक्षणमै दत्तचित्त हुनुपर्ने नियम लागू गरिएको छ । “शिक्षकले अल्छी गर्न पाउँदैन” सहायक प्रअ दाहाल भन्छन् । मावि तहमा पढाउने शिक्षकले नियमित कक्षा लिएपछि निमावि र प्राविकाले आलटाल गर्न नपाउने दाहालको अनुभव छ ।

commercial commercial commercial commercial