सुनकुमारीको सफलता

दुई वर्षअघिसम्म विद्यार्थीहरू त ढिलो आउँथे, आउँथे; कतिपय शिक्षकहरू पनि ५/१० मिनेट ढिलो मात्र विद्यालयभित्र पस्थे । अन्तिमतिर का पिरियड खाली हुनासाथ सबैजना घरतिर लाग्थे । तर अहिले परिस्थिति बदलिएको छ । विद्यार्थी र शिक्षकहरू समयमै विद्यालय छिरिसकेका हुन्छन् । ढिलो आउने शिक्षकको हाजिर पुस्तिकामा रातो लाग्छ । पिरियड खाली भएको बेला शिक्षकहरू छलफल गरेर बस्छन्, पहिलेजस्तो हिँडिहाल्दैनन् ।

छोटो समयमै यसरी उल्लेख्य परिवर्तन देखि एको विद्यालय हो— रुपन्देही कोटिहवाको पशुपति उच्चमावि । र, त्यहाँ आएको सुधारको प्राथमिक श्रेय प्राचार्य सुन कुमारी गुरुङलाई जान्छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यव्रत शर्मा भन्छन्, “हेडमिसको कुशल नेतृत्वका कारण यो सब सम्भव भएको हो । समयको पालनाको सवालमा मात्र होइन, विद्यालयमा अरू धेरै कुरा मा सुधार आएको छ । अनुशासन, सरसफाई, पढाइको स्तर सबैमा उल्लेख्य परिवर्तन भएको छ ।×”

सुन कुमारीले दुई वर्षअघि उक्त विद्यालयको प्राचार्यको जिम्मेवारी सम्हालेकी हुन् । त्यसअघि उनले रुपन्देहीकै शान्ति नमुना माविमा २५ वर्षसम्म अध्यापनसँगै कैयौं वर्ष सहायक प्रधानाध्यापकको भूमिका निर्वाह गरिसकेकी थिइन् ।

सुन कुमारीको कुशल नेतृत्व क्षमताको सबैले प्रशंसा गरेका छन् । यसमा उनी भन्छिन्, “चाह्यो भने साँच्चै परिवर्तन गर्न सकिँदोरहेछ भन्ने अनुभव भएको छ ।” औसत स्तर र तौरतरिकामा चलिरहेको पुरानो विद्यालयका सबै कुरा ‘सिस्टम’मा ढाल्ने काम शुरु मा अवश्य सजिलो थिएन । तर पहिलेको अनुभव र इच्छाशक्तिले सुन कुमारीलाई साथ दियो । उनले चाहेका सुधार कार्यहरू क्रमशः साकार हुँदै गए ।

एक दिन, विद्यार्थीलाई पिटी खेलाउने जिम्मा रहेका शिक्षक विद्यालय ढिलो आए । सुन कुमारी आफैँले विद्यार्थीलाई पिटी खेलाइन् । यो घटनापछि ती शिक्षक सधैँ समयमा आउन थाले । उनी भन्छिन्, “मैले केही भन्नै परेन, त्यसयता उहाँ कहिल्यै ढिलो आउनुभएको छैन । मनोवैज्ञानिकरूपमै उहाँमा परिवर्तन आयो ।” उक्त घटनाबाट अरू शिक्षकहरूले पनि छिटो आउने पाठ सिके । त्यस्तो प्रभाव शिक्षक, विद्यार्थी देखि परिचारिकासम्म नै परेको छ । अनुशासनमा बस्दा आपसी हार्दिकता र आत्मबल बढेको अनुभव शिक्षक, कर्मचारीहरू सुनाउँछन् ।

तीन वर्षअघि एसएलसीमा यो विद्यालयको सरदर उत्तीर्ण दर ५९ प्रतिशत थियो भनेगत वर्ष पूरक समेत गरेर ९९ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भए । कुल १३ सय ५० विद्यार्थी रहेको विद्यालयमा माध्यमिक तहमा २० र उच्चमाविमा १२ जना शिक्षकहरू छन् । यीमध्ये आठ जना महिला शिक्षक छन् ।

व्यवस्थापन समितिका अध्यक्ष सत्यव्रत शर्मा स्कूलमा आएको सुधारको जश सुन कुमारीलाई दिन्छन् । भन्छन्, “महिलामा स्वाभाविक रूपमा हुने अनुशासन, लगनशीलताले अरूलाई पनि स्वतस्फूर्त रूपमा त्यो बाटोमा डो¥याउन सक्दोरहेछ । पहिले विद्यालयले कैयौं क्षेत्रमा समस्याहरू झेल्नुपरेको थियो । तर अहिले प्रायः सबै कुरा नियन्त्रण र एउटा पद्धतिभित्र आइसकेका छन् ।”

सुन कुमारी अहिले रुपन्देही जिल्लाकै एक मात्र महिला प्राचार्य हुन् । शैक्षिक क्षेत्रमा महिलाहरूको उपस्थिति निकै दुर्लभ भएको समयमा उनले शिक्षण पेशा अँगालेकी थिइन् । २०३२ सालमा सीधै प्रतिस्पर्धाबाट स्थायी नियुक्ति पाएकी सुन कुमारी प्राचार्यको दायित्वसँगै अहिले पनि कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई अङ्ग्रेजी पढाउँछिन् ।

आफ्नो सफल र प्रशंसनीय ‘करियर’का बारेमा उनको कथन छ, “महिला भएर स्कूलको नेतृत्व गर्दा चाहेमा धेरै परिवर्तन गर्न सकिँदोरहेछ । तर त्यसनिम्ति प्रतिबद्धता, लगनशीलता, अनुशासन र समयपालक भने हुनैपर्छ भन्ने मेरो अनुभवले भन्छ ।”

commercial commercial commercial commercial