समर्पित वृन्दा

पहिला विद्यालय समुदायमा थिएन । धेरै बालकालिकाहरू विद्यालयको ढोका बाहिर थिए । समुदायले बनाएकोगोठमा शुरु भयो स्कूल । यही स्कूलको संस्थापक प्रधानाध्यापक भइन् वृन्दा केसी । १०/१२ वर्ष उमेर समूहका २० जना बालबालिकाबाट शुरु गरिएको लामिडाँडा प्रावि, दोलखाले अहिले भने पक्की भवन बनाएको छ र ६ कक्षासम्म सञ्चालन भएको छ । शौचालय अभावका कारण अधिकांश गाउँलेहरूलेगोठभित्र दिसापिसाबगर्थे । प्रधानाध्यापक केसीले बिहान विद्यालय पुगेर दिसापिसाब सोहोर्नुपथ्र्यो र छात्रछात्रालाई पढाउनु पथ्र्यो । तर, अहिले सबै घरहरूमा शौचालयको व्यवस्था भएको ले विद्यालय परिसर सफासुग्घर देखिन्छ । उनको मेहनत र योगदानले विद्यालयको अवस्था कायापलट भएको छ ।

दोलखाको लादुकमा जन्मिएकी वृन्दाले २०४५ सालमा एसएलसी पास गरेर शिक्षक बन्ने अवसर पाइन् । परिवारका धेरै सदस्य शिक्षक भएकाले शिक्षण पेशाप्रति पहिले देखि नै रुचि रहेको वृन्दा बताउँछिन् । उनी स्थायी भएकै १८ वर्ष पुगिसकेको छ । यस अवधिमा उनले धेरै छात्रछात्राको भविष्य निर्माण मात्र गरे की छैनन्, स्कूलको अवस्थालाई उल्ट्याएकी छन् ।

उक्त विद्यालयमा अहिले ६ जना शिक्षकहरू छन् । तीमध्ये पाँच जना त महिला छन् । प्रधानाध्यापक महिलाले विद्यालय सुधार गरेकोले महिलालाई नै शिक्षक नियुक्तिमा प्राथमिकता दिइएको बताउँछन् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर तामाङ । उक्त स्कूललाई अरू दुईजना शिक्षकको आवश्यकता छ । “त्यसमा पनि महिला नै राख्ने योजना छ”, तामाङको कथन छ । उनका अनुसार महिला शिक्षक हुँदा बालबालिकाहरूलाई माया गर्ने , यातना नदिने, विद्यालय सफासुग्घर राख्ने काम रराम्रोसित हुन्छ । पढाइ रराम्रो हुँदै गएकोले अहिले एकसय २९ विद्यार्थी छन् ।

केटाकेटीलाई अनुशासनमा राख्ने नाममा स्कूलमा उनीहरूलाई शारीरिक सजाय दिने गरिन्छ । तर, उक्त विद्यालयमा शिक्षकबाट छात्रछात्रा कुटिने गरेको पाइँदैन । कक्षा ६ का छात्राहरू आइतीमाया तामाङ र लालमाया तामाङ मिसहरूले आफूहरूलाई कुटेको सम्झना नभएको बताउँछन् ।

दोलखाका धेरैजसो विद्यालय विद्यार्थीले बीचैमा पढाइ छाड्ने समस्याबाट पीडित छन् । तर लामिडाँडा प्रावि त्यसको अपवाद बनेको छ । प्रधानाध्यापक केसीका अनुसार विद्यालय छाड्ने र भाग्ने तथा फेल दर न्यून छ ।

प्रअ भए पनि केसी घण्टी बजाउने, स्कूल सफा गर्ने र कहिलेकाहीँ बालबालिकाहरूको नङ समेत काटिदिने गर्छिन् । पियन राख्ने खर्चले महिला शिक्षक राखेका कारण पियनका काम आफूले गर्नु परेको उनी बताउँछिन् । “विद्यालयका कारण मेरो घर बिग्रिने स्थिति छ, तर घर बिग्रिए पनि स्कूल बिग्रिन दिन्नँ” वृन्दाले भनिन् । पढाइमा अरू स्कूलभन्दा कमजोर नहोस् भन्ने उनको चाहना छ । नजिकका सात स्कूलहरूमध्ये यो सबैभन्दा रराम्रो स्कूलमा परेको छ ।

विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष एवं अभिभावक कृष्णबहादुर बस्नेत पुरुषहरू ‘गरम’ र महिलाहरू ‘नरम’ हुने भएको ले स्कूलका लागि महिला हेडमास्टर रराम्रो हुने ठान्छन् । विद्यालयका जग्गादाता बस्नेत धेरै महिला शिक्षक भएको ले काम गर्न सजिलो भएको बताउँछन् । त्यस्तै अर्का अभिभावक विष्णुप्रसाद रेग्मीको दृष्टिमा ‘अरू हेडमास्टर भएको भए विद्यालय ३ कक्षा माथि जाँदैनथ्यो ।’ अभिभावक कान्छी तामाङले पनि महिला हेडमास्टर भएकैले विद्यालयलाई यति धेरै रराम्रो बनाइदिएको ठान्छिन् ।

विद्यालयका एकमात्रै पुरुष शिक्षक नकुल केसी महिला शिक्षक वा हेडमास्टर हुँदा बालबालिकाहरू बढी घुलमिल हुने बताउँछन् । शिक्षक, विद्यार्थी, अभिभावक र समुदायको रराम्रो सहयोग, समर्थन भएको ले र पढाइ एवं व्यवस्थापन सबै हिसाबले रराम्रो स्कूल भएको कुरा मा उनी पनि सहमत छन् ।

कुटीडाँडा मावि मकैबारी स्रोतकेन्द्रमा पर्ने सो विद्यालय बोच गाउँ विकास समितिभरिको नमुना विद्यालय घोषणा भएको छ ।

शम्भुगौतम

commercial commercial commercial commercial