एकपछि अर्का शिक्षकको हत्या

२०६४ वैशाखयता मात्रै बारा जिल्लामा चार शिक्षकको हत्या भइसकेको छ । अरू दुई जना उपर साङ्घातिक आक्रमण
भएको छ ।

२५ दिनको अन्तरालमा बारा जिल्लामा एक पुरुष र एक महिला गरी दुई जना शिक्षक निर्ममतापूर्वक मारिए ।  २०६४ वैशाखयता मात्रै बारा जिल्लामा चार शिक्षकको हत्या भइसकेको छ । अरू दुई जनाउपर साङ्घातिक आक्रमण भएको छ ।

पछिल्लो घटनामा त्रिवेणी गाविसस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयकी शिक्षक मेनुकागुप्ता १२ जेठमा मारिइएकी हुन् । भलुही, भरवलिया–३ घर भएकी शिक्षकगुप्ताको अपहरणपछि हत्या भएको उनका बाबु रामबाबुगुप्ता बताउँछन् । मेनुकालाई १२ जेठ राति सात/आठ जनाको सङ्ख्यामा आएका हतियारधारीहरूको समूहले घरमा सुतिर हेको बेला अपहरण गरी लगेका थिए । १३ जेठ बिहान कञ्चटमागोली हानी हत्या गरेको अवस्थामा प्रसौनी गाविस–६ मा उनको शव फेला परेको थियो । शिक्षकगुप्ताको हत्या कसले गरयो भन्ने थाहा नभएको आफन्तहरू बताउँछन् । तर, शव फेला परेलगत्तै स्थानीय एफएम रेडियोहरूले कोही ‘पृथ्वी’ भन्नेले नेतृत्व गरेको जनतान्त्रिक तराई मुक्ति मोर्चाले हत्याको जिम्मेवारी लिएको खबर प्रसारण गरेका थिए ।

मेनुकाको हत्याभन्दा २५ दिन अगाडि , १७ वैशाखमा फेटा गाविस–३ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत शिक्षक प्रदीप तिमल्सिनालाई आपराधिक समूहले त्यसै गरीगोली हानी हत्या गरेको थियो । प्राथमिक तहमा कार्यरत शिक्षक तिमल्सिनालाई विद्यालयबाट पढाएर कलैया नपा–७ स्थित घरतर्फ फर्किरहेको अवस्थामा जगतपुर गाउँ नजिक हत्या गरिएको थियो । घटनालगत्तै अखिल तराई मुक्ति मोर्चा र मधेश मुक्ति टाइगर्स (तराई) भन्ने दुईवटा भूमिगत समूहहरूले छुट्टाछुट्टै रूपमा हत्याको जिम्मा लिएका थिए ।

बारा जिल्लाका प्रहरी उपरीक्षक माधव जोशी, शिक्षक तिमल्सिनाको हत्यारा पत्ता लागिसकेको र चाँडै नै प्रहरीको फन्दामा पर्ने बताउँछन् । मेनुकागुप्ताको हत्याबारे अनुसन्धान जारी रहेको र अपराधीलाई पत्ता लगाई कारबाही गरिने वचन पनि जोशीले दिएका छन् ।

कलैया नपा–७ मा रहेको श्री पन्नादेवी कन्या माविकी प्रधानाध्यापक ५७ वर्षीया निर्मला थसिनेकुउपर १० पुस २०६५ मा अज्ञात युवकलेगोली प्रहार गरेको थियो । सो घटनाको जिम्मा तराईका तीनवटा सशस्त्र भूमिगत समूहहरूले लिएका थिए । यस घटनाको अभियुक्तको रूपमा बारा प्रहरीले पर्सा जिल्लाको रामगढवा घर भएका विवेक सिंहलाई पक्राउ गरी ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको छ ।

नेपाल शिक्षक युनियनका बारा जिल्ला अध्यक्ष देवेन्द्रगिरी शिक्षकहरूलाई विशेषरूपमै लक्षित गरी यस्ता घटनाहरू भएको र खास गरी पहाडी मूलका शिक्षकहरूले बढी असुरक्षित महसूस गरेको बताउँछन् । प्रत्येक घटनाको प्रकृति अलग–अलग देखिन्छ । तर सबै घटनाको प्रचार भने एउटै किसिमले हुने गरेको छ । भूमिगत समूहहरूले प्रचारमुखी तरिकाले घटनाको जिम्मा लिने र स्थानीय एफएम रेडियोहरूले त्यसलाई अतिर ञ्जित बनाई प्रस्तुत गर्ने गरेको गुनासो गर्छन् अध्यक्ष गिरी । शिक्षक तिमल्सिना आर्थिक रूपमा सम्पन्न नभए पनि सहजरूपमै मारेर त्रासको वातावरण बनाई त्यसबाट अवैध आर्थिक असुली गर्न खोज्नेहरूले घटना गराए को अनुमान बारा जिल्लाका शिक्षकहरूले लगाएका छन् । थसिनेकुलाई पनि चन्दा असुलीकै लागि आक्रमण गरिएको अनुमान गरिएको छ । मेनुकागुप्ताको हत्या निजी कारणले भएको तर यसलाई समेत अतिर ञ्जित बनाई भूमिगतगिरोहले जिम्मा लिएको भनी कतिपय शिक्षकहरूले आपत्ति प्रकट गरेका छन् ।

त्यसअघि, सिमराको माउण्ट एभरेष्ट उच्च माविका शिक्षक लोकनाथ गैरेलाई अज्ञात समूहले २३ असोज २०६५ मागोली हानी हत्या गरेको थियो । पर्साको बिरुवागुठी–३ का २८ वर्षीय गैरेको हत्याको जिम्मा पनि स्थानीय एफएमहरूमा फोन गरी तत्कालीन जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला समूह)ले लिएको खबर आएको थियो । त्यस्तै, ३ वैशाख २०६४ का दिन अज्ञात हतियारधारी समूहले जिल्ला शिक्षा कार्यालय, बारामा कार्यरत विद्यालय निरीक्षक वासुदेव पौडेललाई गोली हानी हत्या गरेको थियो । कास्कीको हेम्जा गाविस घर भई बारा जिल्लामा कार्यरत विनि पौडेललाई कलैयास्थित शिक्षक प्रशिक्षण केन्द्रभित्र रहेको कर्मचारी निवास परिसरबाट नियन्त्रणमा लिएर साँझ् करिब ८ बजे एक कि.मि. पश्चिम बं गरी खोलाको किनारमा हत्या गरिएको थियो ।

शिक्षक हत्याका घटनाहरूको अनुगमन गरिरहेको मानव अधिकारवादी संस्था ‘हिमराइट्स’का बारा जिल्ला संयोजक लालबाबु कुशवाहा राज्य पक्षको कमजोरीका कारण आपराधिक घटनाहरू भएको बताउँछन् । २०६४ वैशाखयता शिक्षा क्षेत्रमा भएका यस्ता घटनाहरू प्रायः अवैध पैसा उपार्जनका लागिगराइएको उनी ठान्छन् । “यसमध्ये एउटा घटना दरबन्दी खाली गराई आफ्नो मान्छे नियुक्ति गराउन चाहनेहरूद्वारागराइएको छ, तर त्यसबारे विस्तृत रूपमा बताएर म जोखिममा पर्न चाहन्नँ”, कुशवाहा भन्छन् । “बारा जिल्लाका ७५ प्रतिशत शिक्षण संस्थाहरू चन्दा आतङ्कको चपेटामा छन्, प्रहरी प्रशासनको भूमिका सन्तोषजनक छैन, अधिकारकर्मीहरू आफैँ धम्कीमा छन्, अपराधलाई राजनीतिक संरक्षण प्राप्त भइरहेको छ, एक जनालाई हत्या गरी धेरै जनालाई तर्साएर अवैध आर्थिक उपार्जन गर्ने काममा विभिन्न समूहहरू संलग्न रहेका छन्” भनी लालबाबु कुशवाहालगायत अधिकारकारकर्मीहरू आक्रोश पोख्छन् ।

धम्की र त्रासका कारण जिल्ला शिक्षा कार्यालयका अधिकृतहरू यहाँ बस्न सकेका छैनन्, पाँच जना विद्यालय निरीक्षकमध्ये चार जना सरुवा गराई हिँडिसकेका छन्, आठ जना सहायक कर्मचारीहरूमध्ये अहिले तीन जना मात्र कार्यालयमा छन् । जिल्ला शिक्षा कार्यालयका नायब सुब्बा प्रदीप कुमार भट्टराई भन्छन्, “धम्की दिएर पैसा असुल्नेहरूले मधेशी वा पहाडे भनी छुट्याउने गरेका छैनन्, सबै समान रूपमा पीडित छन् ।”

रितेश त्रिपाठी, बारा

commercial commercial commercial commercial