सामाजिक शिक्षाका असली गुरु

आफ्ना पिताको हत्या गर्ने अपराधीहरूका बारेमा एक शब्द टिप्पणी नगरी युवा पण्डित दीनबन्धु पोखरेलले माओवादीको अस्पताल सञ्चालनार्थ पुराणको आयोजना गरिदिएर उहाँले आफूलाई सामाजिक विभागको एक उत्कृष्ट शिक्षक सावित गर्नु भएको छ । तर माओवादीका नेता र कार्यकर्ताले उहाँको यो व्यवहारबाट कति ज्ञान प्राप्त गरे भन्ने बारेमा अहिले नै टिप्पणी गरिहाल्नु हतार हुन्छ ।

नेपाल यतिबेला इतिहासको सबैभन्दा अराजक, हिंस्रक र भद्रगोल समयमा टाक्सिएको छ । राजनीति अत्यन्तै स्वार्थी भएको छ । स्वार्थी भएकै कारण त्यो अराजक र अनुशासनहीन पनि भएको छ । राजनीतिको अराजकता र अनुशासनहीनताका कारण हाम्रा सामाजिक संरचनाहरू पनि भत्किएका छन् । राजनीतिक भाषामा प्रयोग गरिने सङ्क्रमणकाल, राम्रो सामाजिक जीवनमा विष बनेर आएको छ । मुलुकमा अहिले देखि एको हिंसा, बन्द, जोरजबर्जस्ती जस्ता हीन आचरणहरूले हिजोको नेपाललाई बिर्साउने, तर नयाँ नेपालको निर्माण गर्न नसक्ने अवस्था आइपरेको छ ।

नैतिक मूल्य र मान्यताहरूमा ह्रास आएकै हुनाले वर्तमान पुस्तामा डङ्गुर विकारहरू हुर्किएका छन् । ती विकारहरू राजनीतिमा मात्र छैनन्, सामाजिक जीवनका सबै अङ्गहरू विकारको भारी भएर हाम्रासामु उपस्थित भएका छन् । गाउँमा शान्ति र सुरक्षा दुवै छैन । कतै मधेशवादी बन्दूकेका हिंसात्मक गतिविधिका कारण नागरिक आक्रान्त छन् । कतै जनजाति नामका लडाकूका हिंसात्मक गतिविधिका कारण नागरिक त्रस्त छन् । शहर सापेक्षित रूपमा सुरक्षित त छ तर चोरी डकैती जस्ता असामाजिक क्रियाकलापले शहरिया नागरिकको मनको शान्ति हरेर लगेको छ ।

आज हिंसाले अहिंसालाई समाप्त पार्ने किरिया खाएको छ, अराजकताले मर्यादालाई सिध्याउने किरिया खाएको छ । यस्तो अवस्थामा शिक्षक भएर बोल्नु र शिक्षक भएर लेख्नुको खासै अर्थ हुँदैन । त्यसैले देखेका र भोगेका उन्नत संस्कृतिका केही उदाहरणहरू यहाँ प्रस्तुत गर्न चाहन्छु ।

म सानो छँदा मेरी आमा भन्नुहुन्थ्यो “तँ पनि अरू केटाकेटी जस्तो हाँसखेलगर् न नानी । कति धुमधुमती घरैमा बसिरहन्छस् हातमा किताब लिएर ।”

म अरू केटाकेटी जस्तो थिइनँ । सङ्गत गर्न नरुचाउने, वल्लोपल्लो घरमा गएर रत्तिन नसक्ने त्यतिबेलाको आफ्नो स्वभाव अहिले पनि सम्झन्छु म । पढ्न भने म असाध्यै रुचि राख्थेँ । मेरो पहिलो गल्ती यही पढाइका कारण जन्मिएको थियो ।

नौ वर्षको थिएँ म र हामीले पढ्ने नेपालीको किताबमा एउटा मीठोगीत थियो– भरियाले बिसायो भारी भञ्ज्याङ्गैको पिपलु छायाँमा ... । त्यसमा केही छोटा कथाहरू पनि थियो र मलाई त्यो किताब चाहिएको थियो । त्यतिबेला त्यसको दाम पचास पैसा थियो । सानै देखि साहित्यमा मेरो रुचि थियो । साहित्यका किताबहरू उसै पनि खोजी खोजी पढ्न थाल्ने भइसकेको थिएँ । त्यस माथि नेपाली साहित्यको पुस्तक त मेरो पाठ्यक्रममै थियो । त्यसैले त्यो मलाई जसरी पनि चाहिएको थियो ।

मेरो पिताजी नेपालीप्रति उदासीन हुनुहुन्थ्यो । आफू खासै मिहिनेत न गरी नेपाली रराम्रो जानेको हुनाले पनि त्यस्तो भएको हुनसक्छ  । त्यसैले उहाँ अङ्ग्रेजी, हिसाब र सामाजिक शिक्षाका किताबहरू भन्नेबित्तिकै किनिदिई हाल्नुहुन्थ्यो । तर नेपालीको किताब किन्ने जाँगरले उहाँलाई कहिल्यै पोल्दैनथ्यो । २०२१/२२ सालतिर किताबको सेट नै हाम्रा गाउँघरतिर पुग्ने त कल्पना पनि गरिँदैनथ्यो । शिक्षक र पुस्तक बिक्रेताहरू पनि अङ्ग्रेजी, विज्ञान र हिसाबका पुस्तकहरूमै जोड दिनुहुन्थ्यो । नेपालीका किताब त असारतिर मात्र पुग्थे ।
नेपाली साहित्य पुस्तक आएपछि मैले पिताजीसँग अनुरोध गरें । आमासँग पनि निहोरा गरें । आमासँग साथमा पैसा भइरहँदैनथ्यो, तर मलाई भनिसकेपछि चाहिन्थ्यो नै ।
केही दिनगनगनमै बिते । अब सोझे औँलाले घिउ आउँदैन भन्ने मलाई लाग्यो ।

आमा पूर्णिमाका दिन ब्रत बस्नुहुन्थ्यो र साँझ्मा चन्द्रमाले क्षितिज छोड्न थालेपछि उहाँ आफ्नो सानो काठको कन्तुरमा राखेको ढ्याके मोहोरको पूजा गर्नु हुन्थ्यो । त्यो मोहोरको अर्थ के हो भन्ने मलाई थाहा थिएन । मलाई यत्ति थाहा थियो– त्यो एउटा मोहोर हो र एक मोहोर तिरेपछि साहित्यको किताब आउँछ ।

मैले त्यो मोहोर चोर्ने अठोट गरें ।

राम्रो घरमा पैसा चोर्न खासै गाह्रो थिएन । पिताजी र आमा दुवैलाई छोराछोरीप्रति विश्वास थियो र हामी गाउँका अरू केटाकेटीजस्ता पनि थिएनाँै । त्यसैले घरमा ताल्चासाँचो लगाउने चलन थिएन । मैले सजिलै पैसा चोरेँ र भीमबहादुर श्रेष्ठको पसलमा गएर किताब किनेँ ।

पूर्णिमाको दिन आयो । आमाले कन्तुर खोल्नुभयो । त्यहाँ पैसा थिएन । आमा छाँगाबाट खस्नुभयो ।
मैले नै पैसा झ्किेँ भनेर ठम्याउन आमालाई गाह्रो परेन । म सधैँ पूजाको बेला आमाको छेउमा उभिएको हुन्थेँ । त्यो साँझ् पनि म त्यहीँ थिएँ । पैसा चोरेर साह्रै नरराम्रो काम गरें भन्ने मलाई लागेको पनि थिएन । त्यसैले आमाले अमिलिएको अनुहारले मलाई हेर्दा पनि मलाई केहीजस्तो लागेन ।
“नानी, तैँले पैसा झ्कििस् ?” आमाले सामान्य ढङ्गले सोध्नुभयो ।
“तपाईंहरूले दिनुभएन अनि के गरौँ त ! मैले त किताब किनेर पनि ल्याइसकेँ ।”
आमाले एकपल्ट लामो सुस्केरा तान्नुभयो र मलाई हातमा समातेर आँगनमा निकाल्नुभयो । बाहिर जून झुल्किसकेको थियो । आमाले मेरो हातै समातेर भन्नुभयो, “भगवानलाई प्रणामगर् ।”
पूर्णिमाको जून नै हराम्रो भगवान थियो ।
“भगवान्, यसैका खातिर दश वर्ष देखि पूजा गर्दै आएकी थिएँ । अज्ञानीले पूजाको थाली टिपेछ । मेरो यो कलिलो छोराको शिर माथिको हात नटुटोस् । यसका सबै अपराधहरू मेरो शिरमा परुन् । यसको अपराध माफ होस् ।”
जत्ति नै केटाकेटी भए पनि आमाको पीडायुक्त क्रन्दनले मलाई नछुने कुरै भएन । म एक्कैछिनमा त्यहीँ भक्कानिएर रुन थालेँ । आमाका मायालु हातहरूले मलाई गम्लङ्ग अँगालोमा बाँधे । सानो बच्चालाई बोकेजसरी आमाले मलाई छातीमा बोक्नुभयो र आकाशतिर उक्लिँदै गएको जूनतिर हेरेर फेरि निहोरा गर्नु भयो, “हे भगवान्, यसले माफ मागिसकेको छ ।”

त्यो रात धेरै बेरसम्म मेरोगलाबाट हिक्का आइरह्यो । आमाका खोकिलामा म कतिबेला रुँदै निदाएँ, थाहै भएन ।
भोलिपल्ट थाहा पाएँ– त्यो हराम्रो घरमा भएको चाँदीको मोहोर रहेछ । आमालाई पूजा गर्न सजिलो होस् भनेर मामाले त्यस्तो मोहोरको धेरै खोजी गर्नु भयो । तर चाँदीको मोहोर पाउन सकिएन । आमाले पूर्णचन्द्रलाई अर्घ चढाएर पूजा गर्ने बानी बसाल्नुभयो । तर त्यसपछि का पूर्णिमाहरूमा मैले पनि आमाको कोखामा बसेर भगवान चन्द्रमालाई ढोग्नुपर्ने नियम बस्यो ।
त्यसको तीन वर्षपछि नै आमाको निधन भयो । तर त्यो मोहोर नै मेरो पहिलो र अन्तिम चोरी थियो । त्यसपछि मझेरीमा एक दुई रुपैयाँका नोटहरू देख्दा पनि मेरो आँखामा लोभ उम्रिएन । जहाँ र जतिखेर म फ्याँकिएको पैसा देख्थेँ– छेउमै उभिएको आमाको सुस्केरा र पीडाले मलाई चिमोटिहाल्थ्यो । अहिले पनि बाटाघाटामा झ्रेको पैसा वा नोटको छेउमा पुग्दा मलाई लाग्छ– “नानी, यो कुनै अदनाको सम्पत्ति हो, नछोइकन बाटो लाग् है” भनेर आमा सम्झइरहनु हुँदैछ । त्यसैले आफ्नी आमालाई मेरो नैतिक शिक्षाको पहिलो शिक्षक मान्छु ।

यो मेरो पुरानो अनुभव हो । आजभोलि पनि यस्ता अनुभवको अकाल परिहालेको छैन । काम बिगारालाई माया गरेर सम्झउने संस्कृति नेपालबाट मरिहालेको पनि छैन । तर त्यसको प्रचार र त्यसबाट लिनुपर्ने शिक्षाका बारेमा भने राम्रै कञ्जुस्याइँ भएको छ । त्यसको पहिलो र शीर्षस्थ उदाहरण बन्नु भएको छ, पण्डित दीनबन्धु पोखरेल । दीनबन्धु पोखरेल स्वर्गीय पण्डित नारायणप्रसाद पोखरेलका सुपुत्र हुनुहुन्छ । हिन्दूवादको अँध्यारो खोरबाट नेपाली समाज लाई बाहिर निकाल्ने उद्देश्य लिएर, जातिभेद विरुद्ध आध्यात्मिक क्षेत्रबाट जनचेतना फैलाउँदै हिँडेका नारायणप्रसाद पोखरेललाई माओवादी पार्टीका कार्यकर्ताहरूले मारेका थिए केही वर्ष अगाडि । माओवादीकै कारण पण्डित नारायणप्रसाद पोखरेलको परिवारले दुः ख पायो, परिवार नै छिन्नभिन्न हुने अवस्थामा पुग्यो । केही दिन पहिले माओवादी नेताहरूले आफ्नो अस्पतालको सहयोगार्थ भागवत पुराणको कार्यक्रम आयोजना गर्ने र त्यसका मूलपुरोहित बनी कार्य सम्पन्न गराउन उनीहरू पण्डित दीनबन्धु अर्यालको पाउमा पुगे । हिजो शिवलिङ्गमा गएर रजस्वला भएकी महिलालाई पिशाव गराउने, आध्यात्मवादको प्रचार गरयो भन्ने आरोपमा आफ्नै पिता पण्डित नारायणप्रसाद पोखरेलको हत्या गर्ने माओवादीका अपराधहरूका बारेमा एक शब्द टिप्पणी न गरी युवा पण्डित दीनबन्धु पोखरेलले अस्पताल सञ्चालनार्थ पुराणको आयोजना गरिदिनुभयो ।

दीनबन्धु पोखरेल सामाजिक विभागका उत्कृष्ट शिक्षक त हुनुभयो नै तर माओवादीका नेता र कार्यकर्ताले कति ज्ञान प्राप्त गरे भन्ने बारेमा अहिले नै टिप्पणी गरिहाल्ने बेलाभएको छैन । गुरुको मान राख्न जान्ने चेतना माओवादीमा पलाओस् ।

अर्को एउटा उदाहरण पेशागत शिक्षककै बारेमा पनि उठाउनु यतिबेला सान्दर्भिक भएको छ ।

माओवादीले दोलखा जिल्लाको एपाड (इण्ड अफ पञ्चायत अटोक्रेसी राइज अफ डेमोक्रेसी) माध्यमिक विद्यालयका विज्ञान शिक्षक बुद्धिमान पाख्रिनको हत्या गरे बीभत्स रूपमा सेरेर । उसो त माओवादीबाट हत्या गरिएका शिक्षकहरूको ठूलो सङ्ख्या विज्ञान र अङ्ग्रेजी शिक्षककै छ । दुर्गमस्थानमा कुनै अतिरिक्त महत्वाकाङ्क्षी योजना नबनाई बालबालिकालाई शिक्षा दिने शिक्षकलाई बिनाकारण मार्ने टोलीकी नेतृ देवी खड्का र हत्या गरिएकी पाख्रिनकी श्रीमती शान्ति पाख्रिन एकैचोटि पुनः स्थापित संसद्का मान नीय सदस्य हुन पुग्नुभयो । सांसद् भएपछि बेलामौकामा बोल्नै पर्ने भयो । एकदिन श्रीमती शान्ति पाख्रिनले पोडियममा उभिएर आफ्ना शिक्षक पतिको बर्बर हत्याको प्रसङ्ग उठाउनुभयो र उहाँले सम्पूर्ण माओवादीलाई आह्वान गर्दै भन्नुभयो, “हिजो हाम्रा आफन्तहरूको ज्यान मार्नेहरू पनि यहाँ आउनुभएको छ र मारिनेका हामी विधवाहरू पनि यहाँ उपस्थित भएका छौँ । हामी दुवै हिजो भएको हत्याहिंसालाई बिर्सौं र नयाँ नेपालको निर्माणका लागि हातेमालो गरौँ ।

जतिबेला शान्ति पाख्रिन संसद्को सभाभवनमा बोलिरहनु भएको थियो, त्यतिबेला विज्ञान शिक्षक बुद्धिमान पाख्रिनलाई मार्ने देवी खड्का पनि श्रोता भएर बसिरहनु भएको थियो । त्यतिबेला धेरै सांसद्हरूले शान्ति पाख्रिनको बोली र दृष्टिकोणलाई सह्राएको देखि यो । यतिबेला मान नीय देवी खड्का के सोचिरहनु भएको छ कुन्नि ! सही विश्लेषण गरेर भन्ने हो देवी खड्कामार्फत श्रीमती शान्ति पाख्रिन माओवादीको असल शिक्षक हुनुभएको छ ।

commercial commercial commercial commercial