आयातीत होइन आफ्नोपन खोजौं

प्रचलित शिक्षा पद्धतिको परिणामले विकृति, विसंगति, बेरोजगारीको समस्यालाई व्याप्त तुल्याएको छ । अतः हराम्रो शिक्षा पद्धतिमा आमूल परिवर्तन र सुधार गरेर यस्ता विकृत समस्यालाई न्यूनीकरण गर्नु नै अहिलेको टड्कारो खाँचो र आवश्यकता हो ।

मपुरानो उक्ति दोहोर्याउन चाहन्छु कि– ‘शिक्षा विकारे सकलो विकार, शिक्षा सुधारे सकलो सुधार’ । शिक्षामा सुधार ल्याउन सकियो भने अन्य सबै पद्धतिमा सुधार आउँछ । शिक्षाको उपज हो, राजनीतिज्ञ । शिक्षाकै उपज हो, कृषक । अनि उद्योगकर्मी, शिक्षक, विद्यार्थी र सारा नागरिक समाज पनि शिक्षाकै उपज हुन् । आजभोलि जुनसुकै क्षेत्र पनि विकारयुक्त देखिन्छ । सामाजिक विसंगति बढ्दो क्रममा देखिन्छन् । समाज क्रमिक रूपमा खण्डित हुन थालेको छ ।

यस्ता समस्याको समाधान गर्ने संयन्त्र रराम्रो शिक्षा पद्धति नै हो । तर हराम्रो शिक्षा पद्धतिलाई किन सुधार गर्न सकिएन ? त्यसनिम्ति किन पर्याप्त चिन्तन गरिएन ? वर्तमान शिक्षाका विकृति र विसंगतिलाई किन विश्लेषण गरिएन ? त्यसको किन मूल्यांकन हुन सकेन ? समाज र यसको संरचना खण्डित हुँदै जानुमा धेरै हदसम्म हराम्रो शिक्षा पद्धति पनि उत्तिकै जिम्मेवार छ । तर, न त हामीले यसलाई सुधार्ने प्रयास गर्यौ, न त यसप्रति चिन्तन नै गर्न सक्यौं । युग परिवर्तन र विकसित हुँदै गयो, तर हामी विकसित हुन सकेनौं । समयसापेक्ष आफूलाई परिवर्तन गर्न सकेनौं । यस्तै परिपाटी रहिरहने हो भने उद्योग धन्दामा पनि ह्रास आउने छ । कृषिको उत्पादकत्व घट्दै जानेछ । कृषकहरू उत्तिकै हतास हुन थाल्नेछन् । त्यसले निराशालाई बढावा दिनेछ । अन्ततः समग्र देश नै गरीबीको बाटोतर्फ उन्मुख हुन थाल्छ ।

यसका पनि केही निश्चित आधारहरू छन् । हाल प्रचलित जुन शिक्षा पद्धति छ, यसलाई हामी स्वयंले निर्माण गरेको होइन । विदेशीले निर्माण गरिदिएका हुन् । जसलाई हामी नयाँ प्रकारको शिक्षा भनिरहेका छौं, त्यो लण्डनबाट आयातीत शिक्षा हो । जब शिक्षामा नक्कल गरिन्छ, त्यो फलदायी रहन सक्दैन । लण्डनको शिक्षाको एउटा प्याकेज छ । भारतको अर्को प्याकेज होला । तिनै प्याकेजलाई हामी नेपालमा पस्कन्छौं । हाम्रा किताबहरू कहाँबाट छापिन्छन् ? किताबमा कहाँका कुरा हरू लेखिन्छन् ? या इङ्गल्याण्डका किताबहरू हुन्छन्, या त भारतका । हामीले किताबको नक्कल गर्यौ या त उतैबाट ल्यायौं । हामीले त अरूले नै पकाइदिएको दालभात खाइरहेका छौं । अरूले पकाइदिएको खाना खाने बानी परेपछि दाउरा खोज्ने, चूलो बनाउने, रासन खोज्ने, भात पकाउने कुनै जरुरत नै भएन । चीन, जापान वा अमेरिकामा हे¥यौं भने यो मगन्ते पद्धति देखि ंदैन । तिनले आफ्नोपनको विकास गर्न सकेका छन् । त्यसैले त उन्नति गर्न सफल भएका छन् नि !

आफ्नोपनको चिन्तन
प्रचलित शिक्षा पद्धतिको परिणामले विकृति, विसंगति, बेरोजगारीको समस्यालाई व्याप्त तुल्याएको छ । अतः हराम्रो शिक्षा पद्धतिमा आमूल परिवर्तन र सुधार गरेर यस्ता विकृत समस्यालाई न्यूनीकरण गर्नु नै अहिलेको टड्कारो खाँचो र आवश्यकता हो । यसतर्फ सबैले गम्भीरता देखाउनै पर्दछ । जनताको हित गर्छु भन्ने सरकार, आफूलाई शिक्षाविद् भन्ने व्यक्ति, अभिभावक, शिक्षक, अधिकारकर्मी सबैले यस माथि चिन्तन गर्नु पर्ने देखिन्छ ।
जब हामी स्कूल जान्छौं, पुस्तकहरू पढ्छौं । विद्वान्ले कहींबाट आयातीत किताब हेरेर ती किताबहरू लेखेका छन् । ती सूचनाहरूलाई बेच्न थालियो । हाम्रा सारा स्कूल र शिक्षकहरू सूचना बेच्ने पसल जस्तै बनेका छन् । यसरी सूचना हेर्ने र बेच्ने प्रवृत्तिले हामीलाई आजीविकामुखी बनाएको छ । पुरानो सामाजिक, सांस्कृतिक ढाँचालाई अब नवीकरण गर्नु पर्छ । मान्छेका नयाँ आस्था, विचार र प्रवृत्तिहरू छन् । आजको मान्छे विज्ञानको युगको हो । त्यो अनौठो युगमा जन्मेको मान्छेलाई अनौठो अवस्थाको विज्ञानले उन्नत गरिनुपर्छ । अब उसलाई फलानो जातको मान्छे होस् भनेर हुँदैन, फलानो धर्मको होस् भनेर काम चल्दैन । विशुद्ध मान्छे होस्, विशुद्ध नागरिक बनाउने किसिमको शिक्षा दिनु जरुरी भइसकेको छ ।
info@pathikfoundation.com

commercial commercial commercial commercial