राष्ट्रकविको युगमा हामी
करीब दुई हजार वर्ष पहिलेका कवि कालिदासको कवित्व आज पनि जीवन्त छ । ‘महाकवि कालिदास’ त्यतिञ्जेलसम्म जीवित रहने छन् जहिलेसम्म उनका काव्य–कृतिहरू पढिने छन् । त्यस्तो दिन या युगको अनुमान शायद नै कसैले लगाउन सक्ला—अर्को दुई हजार, चार हजार वर्ष ... जति पनि हुन सक्छ । तर कालिदासले काव्य–रचना गर्दाताकाका अत्यन्त प्रतापी र पौरखी मानिएका राजा–महाराजाहरू भने आज विस्मृतिको गर्भमा गइसकेका छन् ।
कालिदासलाई त्यतिवेला ‘विक्रमादित्यको दरबारका कवि’ भनिन्थ्यो भने आजको युगले विक्रमादित्यलाई महाकवि कालिदासको कालखण्डका राजाका रूपमा चिन्छ । काव्य–कृतिका कारण कालिदासको स्वतन्त्र अस्तित्व र हैसियत अद्यापि कायम छ ।
काव्य–कविताका माध्यमबाट हाम्रा राष्ट्रकवि माधव घिमिरे कति सय वा हजार वर्ष बाँच्लान् ? किटान गर्न कठिन छ, तर पनि अनुमान गर्न सकिन्छ, नेपाली–जाति र नेपाली भाषाको अस्तित्व रहँदासम्म उनका काव्यकृति अवश्य पढिने छन्, बाँच्ने छन् ।
हामीले शिक्षक को यो अंक राष्ट्रकविमा केन्द्रित गर्नुका कारण आधार धेरै छन्— उनी स्कूलमा पढाएका एक पूर्वशिक्षक हुन्; उनका कृति–कविता नर्सरी–केजीदेखि पीएचडीसम्ममा पढाइन्छन्, उनी ९५ वर्षको हुँदासम्म पनि सकारात्मक चिन्तन र उत्साह बोकेर सिर्जनामा सक्रिय छन्, उनका जुनसुकै गीत, कविता र काव्य उत्तिकै मोहक, गम्भीर र कालजयी छन्; उनले नेपाली समाजलाई प्रेम–करुणा–राष्ट्रवाद, मूल्य–मान्यता, दर्शन–ज्ञान–विज्ञान सम्बन्धी थुप्रै–थुप्रै पाठहरू सिकाएका–पढाएका छन् आदि आदि । तर, सबैभन्दा महŒवपूर्ण कारण चाहिं हाम्रो आफ्नै स्वार्थसँग गाँसिएको छ । त्यो कारण हो– कविवरसँग आफ्नो नाम–नाता गाँस्ने÷अर्थात् ‘राष्ट्रकविको युगमा हामी पनि बाँचेका छौं है !’ भन्ने अभिलेख राख्ने चाहना ।
हाम्रो बुझइमा, हामी बाँचिरहेको युग कविवर माधव घिमिरेको युग हो । किनभने यस युगको प्रतिनिधिका रूपमा कालिदास झ्ैं उहाँ मात्रै युगौं युग बाँच्नु हुनेछ, हामी होइन, राजा वीरेन्द्र होइन, शायद बीपी कोइराला पनि होइन ।
– राजेन्द्र दाहाल
शताब्दीको भाका
कतिपयले उनलाई गाउँका कवि भनेर हेय गरेको उनी ख्याल गर्छन् । उनले शब्द र भाका त गाउँबाटै ल्याएका हुन् । उनी प्रतिप्रश्न गर्छन्, “यसलाई गाउँको कविता भन्छन् भने विश्वको कविता चैं के हो नि ?” उनले अणुअस्त्रको दुरुपयोग विरुद्ध अश्वत्थामा काव्य लेखेका छन् । अणुशक्ति सदुपयोग भए यहीं स्वर्ग हुन्छ भन्ने उनको भाव छ ।
केही दिनमै ९५औं जन्मदिन मनाउन लागेको उनले आभास दिएनन् । ठमठम पर्दै मञ्चतिर हिंडे ।
यही २०७० भदौ १४ गते शुक्रबार साँझ् ।
लवेदा सुरुवाल, कोट र टोपीमा लच्किंदै मस्किंदै मञ्चमा उक्लेर उनले नमस्कार गर्दा लाग्यो उनी हलभरिका दर्शकलाई आशिष दिइरहेका छन् ।
उनी त्यस्ता गीतकार हुन् जसले उहिल्यै लेखेका गीतमा अहिले पनि नयाँ नयाँ गायकले धुन फुक्दैछन् । दशकौंअघि माष्टर रत्नदास प्रकाशले झ्मझ्म पानी प¥यो आषाढको रात... गाएदेखि कविवर माधव घिमिरेका रचनाका मकैका पात बज्दै आएका छन् ।
उनका जुत्ता खोलिदिएर र पाखुरामा समातेर मञ्चमा लगे लोकलयमा आधारित रक गायकी ब्यान्ड नेपथ्य का अमृत गुरुङले । जसले नयाँ गाएका छन् तिनै वयोवृद्धको पुरानो गीत ऐनाघरको पुतलीलाई... र त्यसको म्युजिक भिडियो सार्वजनिक गरे हालै मात्र, लन्डनस्थित भव्य संगीत प्रेक्ष्यालय वेम्ब्ली एरिना (Wembley Arena) को कन्सर्टमा ।
तालीको गड्गडाहटबीच उनले मञ्चमा पलेंटी कसेपछि नेपालयले जावलाखेलमा आयोजना गरेको तीनदिने वार्षिक सांगीतिक उत्सव शुरू भयो । त्यो साँझ् नै उनको सदाबहार गीति जीवनमा समर्पित थियो । तन्नेरी गायक÷गायिका सुरज र मीनाका बीचमा बसेर उनले धेरै गीतका रमाइला भावभूमि र अरू सम्झ्ना बाँडे ।
गीतकार माधव घिमिरे । कविवर माधव घिमिरे । राष्ट्रकवि माधव घिमिरे । खासमा लोकप्रिय पहाडी भाकाका कवि जसले झ्न्डै शताब्दी लामो सुललित जीवनयात्रामा नेपालीका दुःखसुखलाई शब्द र लय दिएका छन्, पहाडी पखेराका जीवनलाई प्राण र पखेरु दिएका छन् । लाखौंका प्रेमका धुकधुकी सजाएका छन् र नेपाली राष्ट्रियताका गौरव गाउन लगाएका छन् ।
१४ भदौको कार्यक्रममा वयोवृद्ध होइन, झ्न्झ्न् तन्नेरी हुँदै गए झ्ैं भान पार्ने गरी उनले उबेलादेखि लेखेका गीतका बारेमा कार्यक्रम प्रस्तोता संगीतकर्मी आभाषसँग यसरी सवालजवाफ गर्न थाले मानौं उनी पौंठेजोरी खेलिरहेका छन् ।
नारायणगोपाल एकपल्ट माधव घिमिरेको गीत गाउनुअघि त्यसको दृश्य र आवाज बुझन काठमाडौंबाट बिहानै दरौंदी मिसिने मस्र्याङ्दीतिर हिंडेछन् । त्यो कुन गीत थियो भन्ने बारेमा उनले आभाषको अभिव्यक्ति सच्याइदिए । “खोई त अरू प्रश्न ?” भन्दै थप जाँगर देखाए । मानौं गीत रचनाका झ्न्डै आठ दशकको झ्लक उनको मानसपटलमा यसरी चल्मलाइरहेको छ त्यसलाई उनी दर्शकतिर टक पार्न चाहन्छन् । अनि फेरि आभाषलाई सम्झउँछन्, “हाम्रो सल्लाह भयो है त !”
त्यति भनेर दर्शकतिर रमाइलो रहस्य छाड्छन् ।
खासमा उनी हिमालवारि हिमालपारि गीति नाटकलाई कुनै योग्यवरले संगीतमा ढालिदेओस् भन्ने धोको साँच्दै त्यसरी साउती मार्दै रहेछन् । मनाङ जिल्लाका हिमालवारि र पारिका गाउँको भौगोलिक तथा समाजशास्त्रीय संरचनामा आधारित प्रेम सम्बन्धी त्यो काव्य पनि मञ्चित होओस् भन्ने उनी चाहिरहेका छन् । त्यसैगरी उनका अनगिन्ती गीतले उनको गुनगुन मात्र पाएका छन्, संगीतको धुन पाएका छैनन् ।
बाह्र जना वाद्यवादकहरूमाझ् पलेंटी कसेर संगीतको सत्संग गर्दा उनी पनि आफ्नो सुर र लयमा उत्तिकै सचेत देखिए । उनले मुक्तकण्ठले अर्केष्ट्राको तारिफ गरे । कहिले गुन्गुनाउँदै, कहिले औंला चलाउँदै, कहिले आखीभौं तन्काउँदै आफ्नै गीत सुन्दा उनलाई झ्न्झ्न् सम्झ्ना फुर्दै गयो । समयको क्यानभासमा दशकहरू त उनले प्याजका पत्र झ्ैं छोडाउन थाले ।
“म गायक होइन, तर सधैं गुन्गुनाउँदै लेख्छु”, उनले भने, “त्यसैले संगीतमा सुर र बेसुर ठम्याउन सक्छु ।”
उनले एकपल्ट आफ्नै गीत रेडियोमा सुनेर संगीतकार नातिकाजीलाई गुनासो गरेछन्, “यस्तो बेसुरा गाएर मेरो गीत त चौपट्टै पारिदिएछन् नि नातिजी !” उनको प्रश्न भुईंमा झ्र्न नपाउँदै नातिकाजीले जवाफ दिएछन्, “मेरो संगीत पनि त चौपट्टै पारिदिए नि कविजी !”
केहीबेरमा थाहा भइहाल्यो उनको फूलको थुंगा बगेर गयो भन्ने लोकप्रिय गीत त फूलको थुंगो रहेछ, थुंगा भएर दशकौंदेखि नेपाली ओठमा बसिरहेको छ । त्यसैगरी लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो गीत विदेशमा गाउँ सम्झ्निे नेपालीको विरहको भाकामा लेखिएको रहेछ तर संगीतकारले सुखको भावना सहितको धुन दिएछन्, त्यसरी नै लोकप्रिय हुन पुग्यो । उनका यस्ता स–साना गुस्साका किस्सा पनि धेरै छन् किनभने उनको यात्रा लामो छ र घमाइलो पनि ।
शुरू शुरूमा उनको बोली कामेको सुनिन्छ । एकछिन पछि भने वक् फुटे झ्ैं सरसर्ती बोल्छन् र प्रष्ट बुझ्न्छि । उनले दर्शकलाई प्रेमका कुरा गरेर कुत्कुत्याउन र भक्तिका कुरा गरेर दर्शनतिर मोड्न पनि चुकेनन् । उज्यालो अनुहार, नित्य योग र काव्य साधना, हाँसो र ठट्टा त मानौं उनको दीर्घजीवनका आधार हुन् ।
नारायणगोपालले गाएको लोकप्रिय आजै र राति के देखें सपना को रचनागर्भ सुनाउनुअघि उनले बत्तीले झ्किझ्काउ मञ्चबाट अँध्यारो दर्शकदीर्घातिर आँखा लगाए ।
“खोइ कता छिन् मेरी श्रीमती ?” उनले सोधे, “श्रीमतीजी, एकपल्ट उठिदेऊ त !”
दर्शकमाझ्बाट कविवरभन्दा १६ वर्ष कान्छी महाकाली उठिन्, दर्शकको भव्य तालीलाई उनले नमस्कार गरेर कृतज्ञता फर्काइन् । उता मञ्चतिर कविवर बोल्न थाले, “यिनले मलाई धेरै गीत लेखाएकी छन् ।”
एक बिहान चिया लिएर आउँदा महाकालीले भनिछन्, “कस्तो सपना देखें मैले आज राति आफैं मरिगएको !” कविको लोभी काव्यहंसमा झ्लििक्क बत्ती बाल्ने गरी त्यो भाव फ्याट्ट घुसिहाल्यो । उनले केही नभनी चियाको गिलास समातेर हात हल्लाउँदै भनिदिए, “जाऊ, जाऊ ।”
अनि हतारहतार एकान्तमा त्यही पंक्तिबाट गुन्गुनाउन थालिहाले । अर्को पंक्तिका लागि उनले झयालबाहिर हेरे, बतास विना (पारिजातको) हाँगाका फूल भुईं झ्री गएको देखे र शब्द टिपे ।
उनले गीत र कविता सरावरी लेखेका छन् । गीत र कविता के लेख्ने भनी पहिल्यै छुट्याउँदैनन् । कुनै भाव फुरेपछि त्यसमा केही थोक छ जसलार्ई दोहो¥याइरहूँ भन्ने लाग्यो भने गीत बनाइदिन्छन् । उनी अथ्र्याउँदै भन्छन्, “सुन्दरीले मायाले झ्ुलुक्क हेरी भने त्यो क्षण पक्रेर लेख्छु र अन्तरापिच्छे बारम्बार त्यसमा फर्किन्छु । हेराहेर भएको होइन, एकपल्ट हेरेको मात्र हो । त्यहाँभन्दा अन्त जानै मन लाग्दैन ।” यस्तै प्रसंगमा उनले धेरै वर्षअघि अन्तर्वार्ता दिंदै भनेका थिए, “गीत एक हाँगाबाट गाउँदै अर्को हाँगामा पुगेर फेरि उही हाँगामा आउने रानीचरी हो, गीति कविता गाउँदै एक कुञ्जवनबाट अर्को कुञ्जवनमा डुल्ने कोइली हो, पद्य कविता गाउँदै पंक्तिवद्ध रूपमा हिमालपारि पुग्ने मालचरी हो र गद्य कविता गुन्गुनाउँदै फूलबारीभरि फैलिने एक हूल मौरी हो ।” (चारु चर्चा)
उनले गीतिकाव्य, खण्डकाव्य, शोककाव्य रचेका छन् । बालकविता फुराएका छन् । गीतिनाटक कोरेका छन् । महाकाव्य लेख्दैछन् । ऋतम्भरा महाकाव्यका लागि उनी हरेक दिनजसो भाव फुराइरहेका हुन्छन् । पलेंटी साँझ्भन्दा अघिल्लो दिन लैनचौर निवासमा उनले पंक्तिकारसँग भने, “हिजो र आज बिहान चित्तबुझदो भाव आइरहेछ, त्यसैले प्रशन्न छु ।”
महाकाव्य त उनले गोविन्द शीर्षकमा त्यतिवेलै लेख्न थालेका रहेछन् जतिखेर महाकवि लक्ष्मीप्रसाद देवकोटाले शाकुन्तल लेख्न पनि थालेका थिएनन् । कविवरको भने सम्पन्न भएन । छरिएर गयो उनको ध्याउन्ना । त्यो त्यत्तिकै ओइलायो । “म समाधिस्थ भएर रचना गर्छु, महाकाव्य कहिले सिद्धिन्छ कहिले ? कविता ख्यालठट्टा होइन”, उनी भन्छन् । साथसाथै जोड्छन्, “खोलो बग्दैछ, पर पुगेपछि समुद्रमा मिसिएस् भन्नै पर्दैन, मिसिइहाल्छ ।”
राष्ट्रियताको जागरणबाट रोमाञ्चित भएर राष्ट्रवादी रचनातिर लागेका वेला २२ वर्षको उमेरमा पत्नी गौरीले दुई नाबालिका छोरी जिम्मा लाएर बितेको शोकमा उनकै नाममा शोककाव्य लेख्नतिर लागे । आँसुले लेखे, शिरानीमा राखे, केही घनिष्टलाई देखाए । एक दशकपछि छपाए । २०१५ सालमा छापिएयता त्यसले अहिलेसम्म पाठकलाई रुवाइरहेको छ । महाकविको मुनामदन जस्तै राष्ट्रकविको गौरी साझ प्रकाशनबाट अत्यधिक बिक्रीको सूचीमा पर्दै आएको छ । त्यस्तै बान्कीसाथ अरू पनि कविहरू लेखिरहेका छन् । तर यस्तो लाग्छ पढ्ने आँखाका आँसु कविवर घिमिरेले नै सिध्याइदिइसके ।
विलौना उनको काव्यभित्र गहिरोसँग बसेको हुन्छ जसलाई उनले आफ्नै जीवनबाट सापटी लिएका थिए । अढाइ वर्षको हुँदै उनी आमाका टुहुरा हुन पुगेका थिए । भन्छन्, “आमाको अभावको ज्ञान भएन, तर अनौठा विरह भने लागिरह्यो ।” उत्तरी लमजुङको गाउँ पुस्तुन मनासलु हिमालमुनि मस्र्याङ्दी नदीको बायाँ किनारमा पर्छ । दुई भाइ बुबामध्ये घरमा जेठाबाको शासन थियो र उनका आफ्ना बुबा धेरैजसो जगराको लेकमा गाईगोठमै बस्थे ।
“मैले बालककाल जगराको लेकमा गाई हेरेर बिताएँ, जहाँ उभौलीमा हाम्रो गाउँका गोठहरू पुग्थे र उधौली लागेपछि बेंसीमा झ्र्थें । ६ महीना लेकमा बस्दा केवल तीन ऋतु बसन्त, वर्षा र शरदको मात्र अनुभव गरें, बीचमा ग्रीष्म ऋतुको प्रत्यक्ष अनुभव भएन । खालि हिमालको हिउँको खार बहेर मस्र्याङ्दी नदी धमिलो भएपछि मात्र जेठ लागेको अनुमान हुन्थ्यो”, उनले भनेका छन्, “हामी जगरामा फागुनको अन्त्यतिर पुग्थ्यौं, जब गाउँलेहरू काफल पाक्यो टुप्पै कालो भनेर वनमा छरिन्थे । अनि फाँटका धानमा पहेंलो झ्ल्को पर्न लागेपछि र सहनाईमा नवदुर्गाको मालसिरीको धुन बज्न लागेपछि हामी बेंसीतिर ओर्लिन्थ्यौं ।”
१२ वर्षको उमेरमा उनलार्ई बुबाले ईखै ईखमा दुराडाँडामा पढ्न पठाए । चिठी बाच्न र औंसीपूर्णे छुट्याउन सक्ने भए पुग्ने जमाना थियो । पुरेत्याईं गर्ने भए चण्डी पाठसम्म गर्ने चाहिन्थ्यो । त्यस्तो वेला घुँडा धसी–धसी पढे । अलिकति हुर्केपछि गोर्खापत्र मा कविता छपाउन थाले । पछि काठमाडौं आएर तीनधारा संस्कृत छात्राबास बसे । परीक्षा दिन बनारस पुगे ।
पत्नीको वियोगपछिका केही वर्ष लमजुङ फर्केर शिक्षक÷प्रधानाध्यापक पनि भए । राजधानी फर्केर लेख्न र पढाउन जारी राखे । बालुन (रामकथाको गीतिनाटक) खेल्दा चुड्का गाएको पहाडी परिवेशमा हुर्किएका थिए । भनेका छन्, “मेरा गीतहरू कविता जस्तो देखिनुमा खास कारण के हुनसक्छ भने म पहाडमा हुर्किएँ जहाँ सिलोकलाई पनि गीतको भाकामा ढालिन्छ । अनि म गीत र कविता समान रूपले लेख्छु ।”
पत्नीको अवसानपछि उनी उल्टै झ्न् जीवनवादी बने । उनी कतै राष्ट्रियताका नरसिंगा कुर्लने र कतै मायाप्रीतिका सहनाई रुवाउने गरी लेख्दै गए । अन्तर्वार्ता दिएका छन्, “गीत आउँदा फूलफूलमा चहार्ने पुतली जस्तो आउँछ, कविता आउँदा लेकाली वनमा उड्ने डाँफे जस्तै आउँछ, ती दुवैका प्वाँखमा संगीत हुन्छ । गीतले सुकुमार शब्द खोज्छ, त्यसको श्रुतिमधुरता संगीतसँग मिल्छ । गीतका कठोर शब्द पनि दुलहीले माहुर चढाउँदा गालामा हान्ने जस्तो हुनुपर्छ ।”
लोकगीतमा अन्तराको विस्तार हुन्न । नेपाली लोकलयमा कविता त लेखिन्थे, तर स्थायी र अन्तरा मिलाएर गीत लेखिंदैनथे । मास्टर रत्नदासलाई सम्झ्ंिदै उनले भनेका छन्, “मेरो झ्मझ्म पानी प¥यो गीत लामो थियो, रत्नदासले गाउनको निम्ति मैबाट छोट्याइमागे । अनि म स्थायी र अन्तराको सन्तुलन मिलाएर लेख्न थालें ।”
समालोचकहरू उनलाई कवि शिरोमणि लेखनाथ पौडेल र महाकवि लक्ष्मीप्रसाद देवकोटाको पंक्तिमा राख्छन् । पौडेल बढी संस्कृत साहित्यबाट डोरिए भने देवकोटा अत्यन्त स्वच्छन्द रुमानी कवि सावित भए । उनी पौडेलको अलंकृत शैलीबाट प्रेरित भए । देवकोटाको मुनामदन ले लोकलयप्रतिको उनको विश्वास अझ् बढाइदियो । घिमिरेले ठेट पहाडी नेपाली भाका मात्र ल्याएनन्, शब्द पनि ल्याए । शैलीको सरलता र भावको मार्मिकताका निम्ति लोकगीत उनको प्रेरणा बन्यो । उनले भनेका छन्, “लेखनाथ वसन्त कोकिल हुन्, देवकोटा कुहिरोभित्र आकाशिंदै गाउने स्काइलार्क हुन् भने मचाहिं एकान्त शान्त पर्वतप्रान्तमा राति लुकेर गाउने गोलसिमल हुँ ।”
उनी आफैं पनि सकार्छन्, “मलाई चिनाएको भाकाले हो ।”
उनमा सबभन्दा बढी प्रभाव भने संस्कृतका महाकवि कालिदासको परेको छ । कालिदासका कृति पढ्न थालेपछि रचनाको संरचना र बहावप्रति सचेत र सतर्क हुनुपर्ने ज्ञान पाए । “आयो भन्दैमा जथाभावी पंक्ति थप्नुहुँदैन, बोक्न सक्ने भारी पो बोकाउनुपर्छ” भन्छन् उनी र आफ्नै रचना सम्पादन, संशोधन गरिरहन्छन् ।
समालोचक ईश्वर बरालका अनुसार पौडेल जुन ठाउँमा आइपुगेर अडिए, त्यही ठाउँबाट घिमिरे अघि बढे । पौडेलको शैली, भाव तथा व्याख्याले रुपायित भएर तथा प्रकृतिका कवि देवकोटाको सारा प्रभावले भिजेर पनि घिमिरे फरक भएको उनको निष्कर्ष छ । (फुटकर समीक्षा)
लोकजिब्रामा बसेका विभिन्न लय र सुर तथा आहान र शब्दको प्रयोगलाई बरालले घिमिरेको विशेषताका रूपमा औंल्याएका छन् । उनी राष्ट्रवादी, साथसाथ प्रकृतिवादी तथा रोमाञ्चवादी कवि हुन् भन्ने उनको आकलन छ । समानरूपले प्रेमका गीतकार तथा राष्ट्र गरिमाका गायक भन्ने पदवी पनि दिएका छन् ।
दोस्रो विश्वयुद्धपछिको परिवेशमा अफ्रो एशियाली लेखक सम्मेलन हुन थाल्यो र शुरूका दुइटामा उनी सहभागी हुन पाए । पहिलो आयोजना थियो तत्कालीन सोभियत संघको तासकन्दमा जसमा उनले देवकोटासँग कुम मिलाउँदै गए । एक दिन देवकोटा र समसँगै उनी राजदरबार डाकिए ।
राजा महेन्द्रले ती तीन जना साहित्यकारलाई प्रज्ञा प्रतिष्ठान खोल्नेबारे सल्लाह लिन निम्त्याएका रहेछन् । घिमिरेले भनिदिएछन्, “सरकार हाम्रो लोकसंस्कृति ज्यादै सम्पन्न छ, यसको प्रवद्र्धन गर्ने उद्देश्य हुनुपर्छ ।”
राजाले मुन्टो हल्लाएनन् मात्रै, भनिदिएछन्, “हो लोकसंस्कृति रहेन भने दश वर्षमा नेपालै रहने छैन ।”
उनी २०१४ सालमा स्थापनाकालकै प्राज्ञ हुन पुगे । राष्ट्रिय गीतहरू धेरै लेखे । गाउँछ गीत नेपाली... जस्ता लाखौं बाल र किशोर मस्तिष्कमा कल्पनाको शक्ति भर्ने ऊर्जा भए । राजारानीका स्तुति कहिल्यै लेखेनन् । उनीपछिका कविमध्येका कतिले राष्ट्रिय गीतका नाममा राजारानीको भक्ति गरे । उनको भक्ति भने प्रेम र पहाडस“गै रह्यो ।
धेरै वर्षपछि उपकुलपति हुँदा कलाकारहरूले आएर भनेछन्, “कविज्यू, हामी यहाँ बेकामे जस्तै छौं, कुनै नाटक मञ्चन हुनसकेको छैन । संगीतकार अम्बर गुरुङको पनि खासै काम देखिन्न, पियानो बजाएर बस्छन् ।”
त्यो सुनेर उनी सुरिएछन् । ‘एउटा गीतिनाटक किन नलेख्ने त ?’
उनले तासकन्दमा दिलाराम भन्ने अपेरा हेरेका रहेछन् । त्यो गीति नाटकको नायक पनि दास या निम्न वर्गको व्यक्ति थियो । यता विश्वव्यापी मानवअधिकार भन्ने अमेरिकी राष्ट्रपति जिमी कार्टरको चर्चा थियो । उनले आफ्नै घरमा बेचिएर आएको कमारो पनि देखेका थिए । भनेका छन्, “मभन्दा दुई वर्ष जेठो भीमसिने अमलेख गएर फेरि हाम्रै घरमा फर्केर आउँदा त्यो निरीह साथीले गाली खाएको सुनेर म रोएको पनि छु ।”
२०४२ सालको अन्तर्वार्तामा उनले भनेका थिए, “पृथ्वीनारायण शाहले एक कमारो र एक गाउँका धेरै बाँधालाई मुक्त गरेका दुई लालमोहर पाइन्छन् । संसारभर दासप्रथा रहेको वेलामा पनि नेपालमा एउटै भए पनि दासको मुक्तिको निम्ति लालमोहर हुनु महान कार्य हो । बाँधा प्रथा त प्रजातान्त्रिक मुलुकहरूमा पनि आजसम्म लुकिछिपी चलिरहेकै छ । गोरखाको त्यो दासत्वमोचन र बाधामोचनको प्रथम प्रयासलाई मैले राष्ट्रिय गौरवको निम्ति लिएँ र गोरखाकै दासदासीको कथामा प्रयोग गरें । मेरो घरबाट अमलेख गएको त्यो भीमसिने घर्ती अझ्ै जीवित छ र मलाई तँ भन्छ ।”
उनले गोरखाको एउटा लोककाव्य सुनेका थिए । अर्काले सपनामा आफूलाई देख्यो भन्दैमा दण्डित बन्नुपर्ने विवशताको कथा थियो । यो फूल नवैलिञ्जेलसम्म म मर्दिनँ भनेर घर्तिनीलार्ई फूल दिएर घर्ती विदा हुन्छ । मालती फूल यति सुकुमार हुन्छ कि यही सुकुमारताले गर्दा नै त्यसलाई मानिसले जोगाउँदै ल्याएको छ । अनि प्राकृतिक रूपमा वनपाखामा उम्रने मंगले जति उखेले पनि मर्दैन । सौन्दर्य र शोभा, रूप र प्यार कहिल्यै मर्दैनन् ।
उनले त्यसैमा मालती मंगले नाटक बुने जसलाई अम्बर गुरुङबाट संगीतबद्ध गराए । उनी चाहन्थे– ‘नारायणगोपाल र तारादेवीले गाइदिउन् ।’ अम्बर गुरुङको नारायणगोपालस“ग बोलचाल नभएको र नारायणगोपालको तारादेवीस“ग ठाकठुक परेको वेला थियो । उनले तीनै जनाबाट काम लिएछन् । नारायणगोपाल र तारादेवीले सँगै बसेर नगाए पनि, एउटाको रेकर्डिङ सकेर अर्कोको स्वर भराए पनि त्यो गीतिनाटक कति लोकप्रिय भयो भने काठमाडौंमै १०० पल्ट भन्दा बढी मञ्चित भयो । कम्तीमा एक लाख दर्शकले हेरे र रुमाल भिजाउँदै घर फर्किए ।
अहिले गद्य कविता लोकप्रिय छन् । छन्दमा लेख्नासाथ पुरानो र गद्य कवितामा लेख्नासाथ आधुनिक भन्ने उनी मान्दैनन् । छन्दमा लेख्ने हुनाले छन्दको महिमा उनलाई बढी बोध छ । उनले भनेका छन्, “शब्दले हामीलाई जुन भावमा पु¥याउँछ, संगीतले पनि त्यहीं पु¥याउँछ । म संगीतको यो सुयोगलाई गुमाउन चाहन्न । छन्दले कवितालाई स्थायित्व दिन्छ । भानुभक्तको रामायण गद्यमा लेखिएको भए एक कण्ठबाट अर्को कण्ठमा सरेर अविस्मरणीय हुने थिएन । जसलाई छन्दको सुर चढ्दैन, त्यस्ता कविले आफ्नै नेपाली लोकलयमा किन नलेख्नु ?”
उनलाई निराशा मन पर्दैन । ‘विकासोन्मुख देशको निम्ति निराशावादी कविता अभिशापै हुन्’ भनेर धेरै वर्षअघि उनले भनेका थिए । उनले प्रश्न गरेका थिए, “आज ज्ञान र विज्ञानले मनुष्यलाई सुखी बनाइरहेछन् भने साहित्यले मात्र किन दुःखी बनाउने ? यो त सिमेन्टको घर बनाएर बिजुली बालिसकेपछि श्मशानको विलौना गाउनु जस्तै भयो । नववधुलाई कात्रोको घुम्टो ओढाउन सुहाउन्न । जुन वेला बुद्धको करुणाको दुरुपयोग भयो र वैराग्यवादले जीवनको माधुर्य नै मेटिदियो, त्यस वेला कालिदास श्रृंगार, सौन्दर्यचेतना र जीवन्तताका गीत गाउँदै आए ।”
गीत गाउन नजाने पनि उनी लोकगीतका मधुर कम्पनसँगै बढेका छन् । उनको परिभाषामा, संगीत र साहित्य भन्नु एकप्रकारको संस्कारै हो । थप्छन्, “हामीलाई कोइलीले मीठो गाउँछ भन्ने संस्कार बसेको छ, अनि त्यही मीठो लाग्छ ।”
“म त गीतिकवि हुँ”, उनी भन्छन् । उनका लागि कविता उपदेश होइन सन्देश हो । कविता लेख्दा संस्कृतका छन्दमा लेख्छन्, गीत लेख्दा लोकलयमा । ‘भ्वाइलिन सुन्दा रुँरुँ जस्तो हुन्छ । करुण रस आउँछ त्यसमा ।’ कहिले आफूलाई सम्झउन त कहिले बिर्साउन उनी सधैं रचनामा तन्मय रहन्छन् । शोककाव्य उनले आफूलाई भुलाउन लेखे । तर लाखौंलाई भुलाए । भन्छन्, “कोइलीले गाएपछि अर्कोको तार छुन्छ नि !”
कतिपयले उनलाई गाउँका कवि भनेर हेय गरेको उनी ख्याल गर्छन् । उनले शब्द र भाका त गाउँबाटै ल्याएका हुन् । जीवनवादी दृष्टि आफ्नै जीवनबाट उतारेका हुन् । उनी प्रतिप्रश्न गर्छन्, “यसलाई गाउँको कविता भन्छन् भने विश्वको कविता चैं के हो नि ?”
उनले अणुअस्त्रको दुरुपयोग विरुद्ध अश्वत्थामा काव्य लेखेका छन् । अणुशक्ति सदुपयोग भए यहीं स्वर्ग हुन्छ भन्ने उनको भाव छ । उनी विश्व चेतनालाई छुन खोज्छन् र यता स–साना नानीहरूका लागि मीठा कविता पनि उत्तिकै कोर्छन्, टालाटुली पुतली... ।
कविवरका रचनामा विशेष सम्मोहन छ भन्नेहरूमध्ये एक जना पारखी छन् पूर्व राजदूत सिंहबहादुर बस्न्यात । शाही नातेदार तथा कुनै जमानाका नेपाली टेबलटेनिसका यी कीर्तिमानी खेलाडीलाई सन् १९९७ मा बेलायतको राजदूत नियुक्त भएपछि एउटा पत्रिकाले सोधेछ, “तपाईं आफ्नै पहलमा चाहिं के गर्नुहुन्छ ?”
उनले आकस्मिक प्रश्नमा घोत्लिंदै भने, “म सांस्कृतिक कूटनीतिको पहल गर्छु ।”
परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूले सम्झएछन्, “हाम्रो जोड आर्थिक कूटनीति हो है ।”
उनले लन्डनको कूटनीतिक कक्टेल वृत्तमा गायक राजदूतको पहिचान बनाए । जतिखेर पनि एउटै प्रिय गीत गाउँथे, राति त्यतै शिरानी होस् जता तिनी गइन् ।
त्यसका गीतकार घिमिरे उनका आफ्नै शिक्षक पनि थिए । काठमाडौं आउँदा कविवरको घर पुगेर अनुरोध गरे, “अहिले म बेलायतका लागि राजदूत छु, आफ्नै व्यक्तिगत पहलमा घुमाउन लैजान्छु है !”
कविवरको त्यो पहिलो पश्चिमा संसारको भ्रमण थियो जहाँ उनले एक साता बस्दा कम्तीमा तीन भेलामा उपस्थिति जनाए । एउटा प्रायः नेपाली उपस्थित करीब ४०० जनाको भेलामा त धाराप्रवाह बोल्न थाल्दै भने, “म शिक्षक थिएँ, त्यही कारण मलाई बोल्न अप्ठ्यारो लाग्दैन ।” तीनोटै भेलामा राजदूत बस्न्यातले त्यही गीत गाइदिए, अंग्रेजीमा उल्था समेत गराउँदै ।
उनी काठमाडौंका त्यस्तै वृत्तमा त्यो गाउन छाड्दैनन् । त्यस्ता प्रिय कविलार्ई लिएर कम्तीमा सांस्कृतिक कूटनीतिको सानो झ्लक प्रस्तुत गर्न पाएकोमा धन्य अनुभव गर्ने उनी पंक्तिकारसँग भन्छन्, “२०१२÷१३ सालतिर त्यति वेलाको एजुकेसन कलेजमा हामी आईएडका विद्यार्थीलाई पढाउन आउँदा घिमिरेलाई चिनेको हुँ जतिखेर उहाँको पहिचान ठेट नेपालीमा मीठो कविता लेख्ने भनेर बनिसकेको थियो ।”
उनका कविता जस्तै उनको सक्रिय जीवन दर्शनको पनि प्रशंसक हुन् बस्न्यात । सम्झ्न्छिन्, “केही दिन थप घुमघाम गर्ने कि !” भनेर अनुरोध गर्दा कविवरले भन्नुभयो, “उपलब्धि विनाको गुजाराको औचित्य हुँदैन, तपाईंको सोधनीका लागि धन्यवाद !”
संगीतकर्मी तथा पलेंटीका संयोजक आभाषले अन्त्यमा घोषणा गरे, “कविवरको सयौं जन्म दिन पारेर हामी अझ् ठूलो कार्यक्रम गर्नेछौं ।”
मञ्चबाट ओर्लेर कविवर बाहिर प्रशंसकहरूसँग फोटो खिचाउन व्यस्त भए, निकै बेर । त्यसपछि राति घर फर्किंदा उनलाई जति कार्यक्रमको सफलताको जस मिलेको थियो, उति उनको जोश थियो भोलिपल्ट बिहानदेखि उही लयमा भाव स्फुरण गराउनमा, त्यही महाकाव्यको । त्यसका केही सर्गहरू बाँकी नै छन् ।
भन्छन्, “यो महाकाव्य नसकी त म कलम बिसाउन्न ।”
त्यसैगरी उनलाई केही गीत र गीतिकाव्यहरूमा संगीत भराउन बाँकी नै छ । जीवनमा धेरै गर्नु बाँकी छ ।