शिक्षा र केटीपन

यस लेखमा मैले बालिका अथवा केटीहरूको सट्टा ‘केटीपन’ (girlishness) बारे कुरा गर्ने जमर्को गरेको छु । यसका पछाडि दुईवटा अन्तरसम्बन्धित कारण छन् । पहिलो कारण केटीहरूको लालनपालनबारे मेरो बुझइसँग सम्बन्धित छ । दोस्रो कारण भने ‘बाल्यावस्था’ शब्दसँग जोडिएका ती समस्या वा कठिनाइहरूसँग सम्बन्धित छ, जो यसलाई केटीहरूका सन्दर्भमा लागू गर्दा पैदा हुन्छन् । बाल्यावस्था वा केटाकेटीका सन्दर्भमा ‘समाज ीकरण’ को चर्चा त हामीकहाँ बडो गुरु– गम्भीरताका साथ हुने गर्छ तर समाज ीकरणको यो विचार र स्थापनाले त्यो तीव्रतालाई व्यक्त गर्दैन, जुन तीव्रता– गहनताका साथ केटीहरूलाई तिनको लालनपालनका क्रममा एउटा सुनिश्चित तरीकाले मात्र व्यवहार गर्न अनुकूलन गरिन्छ । ‘ गहनता’ भनेर मैले त्यो निश्चयात्मकतालाई संकेत गरेको हुँ, जसका साथ परिवार र कुटुम्ब–समूह जस्ता सामाजिक संस्था केटीहरूलाई पूर्वनिर्धारित भूमिकामा ढाल्ने काम गर्छन् । यस अन्तर्गत एउटी केटी आफ्नो नियतिका रूपमा महिला/आइमाई बन्ने प्रयासमा संलग्न हुन्छे । धातुलाई निश्चित आकारमा ढाल्न कलाकारहरू ‘लस्ट वाक्स मेथड’ ९ीयकत धबह mबतजयम० प्रयोग गर्छन्, जस अन्तर्गत पहिले नरम मैनलाई कुशल हातहरूद्वारा वाञ्छित आकार दिइन्छ र त्यसलाई मुछेको माटोले ढाकिन्छ । यसलाई आगोमा पकाएपछि मैन जति पग्लेर निस्कन्छ र माटोमा त्यसले बनाएको आकार एउटा ‘साँचो’ का रूपमा बस्छ, जसमा पग्लेको धातु हालेर पूर्व–वाञ्छित आकारमा ढालिन्छ । ‘केटीपन’ को अभिप्राय यही ‘साँचो’ हो जसलाई संस्कृतिले शताब्दियौं लगाएर बनाएको छ र जसको छाप केटीको दिमागमा सानै देखि पर्न थाल्छ । सामान्य ‘बाल्यावस्था’ शब्दबाट केटीपनसँग सम्बन्धित यो विशिष्ट अवस्थालाई व्याख्यायित गर्न सकिंदैन ।
„„
शिक्षाका सन्दर्भमा राज्यले गणितीय ढंगले केटीको मात्र कुरा गर्छ, केटीपन ९नष्चष्किजलभकक० (केटीहरूका लागि सांस्कृतिकरूपले निर्धारित गरिएको जीवन, जसका लागि उनीहरूलाई घर–परिवारले प्रशिक्षित गर्छ) लाई सम्बोधन गर्दैन । केटा–केटीहरूका बीच ‘भेदभावरहित’ व्यवहार गर्दै स्कूलले केटीहरूको त्यो जीवन र त्यसबाट पैदा हुने आतंक लगायत भयका तमाम स्तर हरूलाई नदेखेझै गरिदिन्छ । फलतः स्कूलमा दिइने ज्ञानको जुन अर्थ केटालेग्रहण गर्छ, केटीहरूले त्यही ज्ञानको बेग्लै अर्थग्रहण गरिरहेका हुन्छन् ।

जीवनको प्रारम्भिक चरणका लागि ‘बाल्यावस्था’ शब्द प्रयोग गर्दा केही मान क अर्थहरूको बोध हुन्छ, जसलाई यो शब्दलेग्रहण गरेको छ । विचार का रूपमा ‘बाल्यावस्था’ शब्दको प्रारम्भ १८औं शताब्दीको यूरोपमा भयो । तर यसको मान क अर्थ, खास गरी ‘बाल्यावस्था भनेको निर्बोध–निश्छल उमेर हो, जसको रक्षा गरिनुपर्छ’ भन्ने विचार को प्रसार समग्र विश्वमा २०औं शताब्दीको मध्यबाट शुरू भयो । र, बाल्यावस्था स्वतन्त्रताको (खास गरी भयबाट स्वतन्त्रताको) समय हुनुपर्छ भन्ने मान क विचार नागरिकताको सामान्य सिद्धान्तबाट निस्केको हो । तर, साना केटीहरूको दैनिक जीवनको अध्ययन गर्दा त्यहाँ हामी जुन ढाँचा वा ‘प्याटर्न’ देख्छौं त्यो ‘बाल्यावस्था’ सँग जोडिएका यी विचार सँग समरस बन्दैन । भर्खरै भनिए जस्तै, केटीहरू यो सांस्कृतिक साँचोमा ढालिने क्रममा दिनप्रतिदिन हुने आफ्ना विशिष्ट (केटाहरूका भन्दा पृथक्) अनुभवहरूबाट प्राप्त हुने ज्ञानलाई आत्मसात् गरिरहेका हुन्छन् ।

शिक्षा के हो ?

निश्चय पनि यस प्रश्नको उत्तर अनेकौं दृष्टिकोणबाट दिन सकिन्छ । तर, २०औं शताब्दीमा, मानव मस्तिष्कको विकास र त्यसको प्रकृतिका बारेमा भएका असंख्य अध्ययनहरूको आधारमा, विशेषतः केटाकेटीले कसरी सोच्छन् र सिक्छन् भन्ने कोणबाट यसको उत्तरमा भन्न सकिन्छः शिक्षा त्यो माध्यम हो जस मार्फत हामी भौतिक दुनियाँमा आफ्नो स्थान सुनिश्चित गर्दै सामाजिक दुनियाँमा प्रवेश पाउँछौं । यी दुई (भौतिक र सामाजिक दुनियाँ) बीच मुख्य अन्तर के छ भने, भौतिक परिवेश मूर्त हुन्छ, सामाजिक परिवेश मूर्त हुँदैन । भौतिक परिवेशलाई ज्ञानेन्द्रियहरूद्वारा महसूस गर्न सकिन्छ तर सामाजिक परिवेशलाई खोजेर बुझनुपर्छ जसका लागि ज्ञान र कौशलको आवश्यकता पर्छ । सामाजिक परिवेशले आफू र आफ्नो जीवनमा कस्तो प्रभाव पार्छ भन्ने कुरा केटाकेटीले स्वयं बुझनुपर्छ ।

यी दुई परिवेश यसरी भिन्न किन छन् ? किन भने, भौतिक परिवेशको दृश्यमान अस्तित्व हुन्छ र यो वर्तमान मा विद्यमान तŒवहरूद्वारा निर्मित हुन्छ । सामाजिक परिवेश भने ती तŒवहरूद्वारा बनेको हुन्छ जसलाई अतीतले आकार दिएको हुन्छ र जसले वर्तमान को परिधिलाई निर्धारित गर्छ । अतीतलाई कसैले देख्न सक्तैन, न त केटाकेटीले आफू उपस्थित रहेको वर्तमान क्षणसम्मको सामाजिक परिवेश कसरी निर्मित गरियो भनेर नै देख्न सक्छन् । सामाजिक परिवेशको निर्माण–प्रक्रियामा ध्यान दिन र यसलाई बुझन प्रशिक्षित केटाकेटीले मात्र आफ्नो कल्पनाको मदतबाट यसलाई खोज्न र ठीकसँग बुझन सक्छन् । शिक्षाले पूरा गर्नु पर्ने कार्यभार यही हो । अन्यथा, समाज ीकरणको प्रक्रिया यसरी घटित हुन्छ कि केटाकेटीलाई आफू सामाजिक संसारमा शामेल भइसकेको समेतथाहा हुँदैन । अर्कातर्फ, शिक्षाले तिनको चेतनालाई ती सबै कुरा उपलब्धगराउँछ, जसको आवश्यकता कुनै पनि कुरा जान्न–बुझनका लागि पर्न सक्छ । यसप्रकार, वर्तमान सामाजिक संसारको लामो अतीत छ र यो मानवीय प्रयासबाट विकसित भएको हो भन्ने कुरा शिक्षार्थीका सामु स्पष्ट पारेर, ‘यो सामाजिक संसार बदलिन सक्तैन’ भन्ने सोचाइलाई शैक्षिक प्रक्रियाले क्षीण पार्न सक्छ ।

घर र स्कूल बीचको तनाव

घरमा हुने समाज ीकरण र स्कूलले दिने शिक्षाका बीच हुने अनिवार्य तनावले केटीहरूलाई अप्ठ्यारो स्थितिमा पारिरहेको हुन्छ । घरले सामाजिक संसारमा शामेल र समायोजित हुन आवश्यक ज्ञान उपलब्धगराइरहेको हुन्छ भने स्कूलले विविध विषयमा यस्तो ज्ञान दिइरहेको हुन्छ— जसको संगति घरबाट प्राप्त हुने ज्ञानसँग हुँदैन । स्कूलबाट प्राप्त ज्ञानले कतिपय सन्दर्भमा सामाजिक संसारको स्वीकार्यता अथवा प्रशंसा पाउन पनि सक्ला तर घरपरिवारले उपलब्ध गराए को ज्ञानले तिनको मनमा असन्तोष र प्रश्न खडा गरिदिन सक्छ । यदाकदा स्कूलको पाठ्यवस्तु समेत ‘मतारोपण’ गर्न डिजाइन गरिए जस्तो देखिन्छ ।

प्रायः पाठ्यपुस्तकमा यस्ता ज्ञान, सन्देश वा विचार रहन्छन् जसले केटीहरूको मस्तिष्कलाई अस्थिर वा विचलित बनाइदिन सक्छन्, किनभने ती कुरा घरमा सिकाइएको कुरा का विपरीत हुन्छन्— ठ्याक्कै उल्टा । यसले गर्दा कहिलेकाहीं शिक्षाको परिणाम झ्स्काउने वा अप्रत्याशित हुन पुग्छ । केटाकेटीको कल्पना र बौद्धिक ऊर्जालाई ‘शिक्षित’ गर्ने प्रक्रिया त्यसवेला मात्र जीवन्त र सशक्त हुन सक्छ, जब स्कूलहरू आफ्नो काममा स्वायत्त होउन् । मैले स्वायत्तताको कुरा शिक्षकले गर्ने ज्ञानको व्याख्या, पढाउने र मूल्याङ्कन गर्ने तरीका अनि स्कूलले शिक्षक–विद्यार्थीलाई उपलब्ध गराउने संसाधनको सन्दर्भमा गरेको हुँ । स्वायत्तता जति बढी हुन्छ— भर्खरै दिइएको उद्देश्य अनुरूप स्कूलले शिक्षित गर्ने सम्भावना उति बढ्छ

राज्यको प्रवृत्ति र भूमिका

अहिलेको समयमा स्कूलहरू राज्यका संस्था जस्तो भएर काम गरिरहेका छन् । राज्य चाहे जस्तासुकै होउन्, आजको समाज ले शिक्षाको कार्यभार राज्यलाई सुम्पिदिए जस्तो देखिन्छ । तपाईं–हराम्रो राज्य मनोवैज्ञानिकरूपले विभाजित व्यक्ति सरह व्यवहार गर्छ— आफ्नो ‘सहज प्रवृत्ति’ र ‘सचेत चुनाव’ का बीच विभाजित ।

राज्यको आधारभूत सहज प्रवृत्ति नियन्त्रणमुखी हुन्छ, जस अन्तर्गत ऊ सधैंभरि आम जनता आफ्नो नियन्त्रणभन्दा बाहिर जालान् कि भन्ने संशयमा हुन्छ । जनता माथि आफ्नो नियन्त्रण नगुमोस्, कमजोर नहोस् भन्ने उसको ध्याउन्न हुन्छ । अर्कातर्फ, सचेत चुनावको मान सिकता अन्तर्गत राज्यको निर्णय प्रक्रिया निकै हदसम्म आम जनताप्रति कल्याणकारी भावद्वारा सञ्चालित हुन्छ र त्यसवेला जनताप्रति उसको दृष्टिकोण फरक हुन्छ । राज्यको कल्याणकारी भावमा सामान्य जनता जिम्मेदार नागरिक सरह व्यवहार गर्न सक्षम छ भन्ने सचेतता निहित हुन्छ । यसै गरी राज्यको काममा प्रत्यक्ष–अप्रत्यक्ष हिस्सेदार नागरिकको विचार पनि दुई ध्रुवका बीच पीङ खेल्ने गर्छः एकातिर लोकतन्त्रको राजनीतिक हिस्सागतिमान हुन्छ भने अर्कातिर शासकीय हिस्साले नियन्त्रणको व्यवहार गर्छ

यसकै अनुक्रममा राज्यले पितृसत्तालाई खल्बलिन नदिई आधुनिकतावादी शासन पद्धति अन्तर्गत पुरुषवादी परिप्रेक्ष्यलाई नयाँ रूपमा लागू हुन दिने गरेको छ । शिक्षामा, सांस्कृतिकरूपले संवेदनशील मानिने विषयहरू माथि सावधानीको एउटा अर्थ हो— पाठ्यक्रममा केटी सम्बन्धी नीतिहरूलाई प्रोत्साहित गर्नु । यसको सेरोफेरोमा, केटीहरूमा शिक्षाको प्रसारका लागि घर र स्कूलका बीच सुदृढ निरन्तरतालाई पूर्वशर्तका रूपमा लिन थालियो । यस दृष्टिकोण अन्तर्गत, स्कूलले त्यस्तो कुनै काम न गर्ने भयो— जसबाट घरमा हुने गरेको केटीहरूको समाज ीकरणका कारण पैदा हुने नियम, ज्ञान र आत्म–पहिचानलाई कुनै क्षति पुगोस् ।

आज यो दृष्टिकोण अलिखित–अनुच्चारित नीति र सामान्य– सर्वज्ञात परिप्रेक्ष्य बनिसकेको छ । केटा र केटीहरूबीच भेद न गर्नु को अर्थ हो— केटीहरूले घरमा जुन जीवन जिउँछन् त्यसलाई उपेक्षा गर्नु ; साथै उनीहरूले घर र स्कूलका बीच कैयौं सम्झौता गर्दै बाँचिरहेको दैनन्दिन अनुभवको यथार्थलाई पनि बेवास्ता गर्नु । एउटी केटी जब युनिफर्म लगाएर स्कूलमा प्रवेश गर्छे, त्यसवेला ऊ आफ्ना पछाडि घरकी त्यो केटीलाई छोडेर आएकी हुन्न— जसको जीवन अनुष्ठान, पारम्परिक प्रचलन, रीतिरिवाज र उसको परिवार र समुदायका माग एवं अपेक्षाहरूबाट परिभाषित हुन्छ । यी दुवै केटी एउटै शरीरमा रहन्छन् तर दुवै भिन्न मान सिक जीवन जिउँछन् । स्कूलले केटा र केटी दुवैलाई धर्मनिरपेक्ष शिक्षा दिंदा दुवैका लागि यसको अर्थ फरक–फरक हुन्छ, जो तिनको जेन्डर र तिनले जीवनमा निर्वाह गर्ने खास सांस्कृतिक भूमिकासँग जोडिएको हुन्छ । केटीहरूको चेतनामा के छाप पर्न गएको हुन्छ भने, एउटा उपकरण र प्रतीकका रूपमा उनीहरूको शरीर नै उनीहरूको अस्तित्वको प्रमुखरूप हो । स्कूलमा दिइने ज्ञानको जुन अर्थ केटालेग्रहण गर्छ, केटीहरूले त्यही ज्ञानको बेग्लै अर्थग्रहण गरिरहेका हुन्छन् किनभने तिनले आफूलाई शरीर र उपकरणका रूपमा हेरिने जस्ता सांस्कृतिक विचार लाई पहिले नै आत्मसात् गरिसकेका हुन्छन् ।

भयका अनेकौं स्तर

भय र समर्पणका लागि तयार रहने मान सिकता सामाजिकरूपले अनुमोदित केटीमा गहिरोसँग आत्मसात् भएको हुन्छ । यो भय पितृसत्ता अन्तर्गत केटीहरूबाट जस्तो जीवन जिउने अपेक्षा राखिएको हुन्छ, त्यसकै व्यापक फ्रेमवर्कभित्र विस्तारित हुन्छ । यसलाई मूलतः तीन स्तर मा हेर्नुपर्छ । पहिलो स्तर मा भयले ‘मेरो शरीरलाई कुनै नोक्सान नहोस्/चोटपटक नलागोस्’ भन्ने अर्थमा काम गरिरहेको हुन्छ । यसको परिणाम शैशवावस्था र बाल्यावस्थाका वेला, खास गरी खेलको सन्दर्भमा देखिन्छ । खेलको शक्ति के हो भने स–साना केटाकेटी खेलमा आफ्नो शारीरिक बल महसूस गरेर खुशी हुन्छन् । तर केटीहरूको यो खुशी त्यसवेला हावामा बिलाउँछ, जब आमा–बाबुको आँखातराइले बढी खेल्दा चोट लाग्न सक्छ र त्यसको दूरगामी परिणाम नरराम्रो हुन सक्छ भन्ने डर उनीहरूमा भरिदिन्छ । केटीपनको अर्थ हो, बिहाका सन्दर्भमा यस्ता परिणामबाट डराउन सिक्नु । महादेवी वर्माले केटीको शरीरको व्याख्या गर्दैरूपकका रूपमा ‘वाणिज्यिक वस्तु’ शब्द प्रयोग गरे की छन् । वाणिज्यिक वस्तुलाई खरीद गर्ने व्यक्ति नआउन्जेल एकदम सुरक्षित राखिन्छ ।

दोस्रो स्तर मा भय, यौनिकतामा देखिन्छ । शरीरको तहमा इज्जत जाने खतरालाई आत्मसात् गर्नु का थुप्रैरूप हुन्छन् । ठूलाबडाले आँखागडाएर हेर्ने दृष्टिले अनेकौं किसिमका सन्देश दिइरहेका हुन्छन् । त्यस्ता दृष्टिले आफूभित्र कैयौं कुरा समाहित गरेका हुन्छन्; जस्तै पौराणिक शक्तिहरूका विभिन्नरूप, तिनको प्रतिनिधित्व, त्यसका उत्सव । द्रौपदीद्वारा महसूस गरिएको विवशता र अर्को परिस्थितिमा सीताको अग्निपरीक्षा यस्ता शक्तिशाली पौराणिक कथा हुन्, जसले स्वीकार्य केटी बन्ने यात्रामा उनीहरूले भयलाई आत्मसात् गर्नु कति जरूरी छ भन्ने बताउँछन् । पुरुष माथिको निर्भरतालाई स्वीकार गरेर यस भयबाट बच्न सकिन्छ भन्ने स्वयंसिद्ध निष्कर्ष निकालिरहेका हुन्छन् यी कथाले । तेस्रो स्तर को भय स्वाधीनता र स्वतन्त्रतासँग को भय हो, जसलाई यस्ता निष्कर्षले विकसितगराइरहेका हुन्छन् । स्वतन्त्रताबाट भयको अर्थ के हो भने यसमा केटीको स्व, पूरापूर तवरमा, समाज प्रदत्त पहिचानमा मिसिन्छ, वा हराउँछ । स्वको अनुपस्थितिले, वा त्यो कमजोर भएपछि व्यक्तिगत लक्ष्य कायम गर्न र त्यसलाई हासिल गर्न चाहिने उत्प्रेरणामा गहन नकारात्मक असर पर्छ ।

घरमा हुने प्रारम्भिक समाज ीकरणका यी परिणामले शिक्षामा विकट समस्या खडा गर्छन् । यद्यपि यी समस्या कहिल्यै पनि चुनौतीमा परिणत हुँदैनन् । किन भने, भर्खरै भनिएझै, शिक्षाको प्रबन्धक र संरक्षकका रूपमा राज्य ऐतिहासिकरूपले यसरी अनुकूलित भइसकेको छ कि ऊ सांस्कृतिक मामिलामा हात हाल्न सधैं अनिच्छुक रहन्छ । राज्यका लागि दुवै लिंगका बीच समान ताको अर्थ कक्षाकोठामा केटा र केटीहरूको संख्या सन्तुलित हुनु नै हो । यस्तो अंक गणितीय समान ता एक हदसम्म हासिल पनि भएको छ । पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक–शिक्षिका तयार गर्ने सन्दर्भमा राज्यले केटीपन (केटीहरूका लागि सांस्कृतिकरूपले निर्धारित गरिएको जीवन) लाई सम्बोधित न गरी केटीहरूमा मात्र केन्द्रित रहेर धेरथोर काम गर्ने गरेको छ । स्कूलको शिक्षा र केटीपनका बीच हुने द्वन्द्व वा अन्तर्विरोधहरूलाई कसरी सम्बोधित गर्ने भनेर शिक्षक–शिक्षिकाले पनि तयारी गरेका हुँदैनन् ।

शिक्षाको अर्थ केटीले आफ्ना लागि चुनेको लक्ष्य प्राप्तिका लागि उसको प्रयास हो भने केटीपनको अर्थ हो— बिहा र मातृत्वलाई जिन्दगीको सर्वोच्च लक्ष्य मान्दै त्यसको प्राप्तिका निम्ति प्रयास गर्नु । घरमा केटीको जुन जीवन हुन्छ त्यसमा स्कूलको रुचि लगभग हुँदैन । केटा–केटीका बीच भेदभावरहित वा तटस्थताको व्यवहार गर्दै स्कूलले त्यस जीवनको परिणामलाई बेवास्ता गर्छ । यसले आतंक लगायत भयका ती स्तर हरू, रीतिरिवाज र अनुष्ठानहरूको प्रयोग गर्दै सांस्कृतिक प्रभावद्वारा निर्मित हुन्छन् । अति कम मात्र केटीहरू यस्तो प्रभावबाट बच्न सफल हुन्छन् अथवा आफ्नो शिक्षाको प्रयोग गर्दै स्वतन्त्रता हासिल गर्छन् । तर यिनले प्रायः आफूलाई महाभारतको युवा नायक अभिमन्युको भूमिकामा पाउँछन्, जसले आफ्नो युद्ध आफ्नै बलबुतामा लड्नुपर्ने हुन्छ । बालिका–शिक्षाले केही सय वा हजार अभिमन्यु पैदा गरेको श्रेय अवश्य पाउन सक्छ, जसको अरूका निम्ति प्रतीकात्मक र प्रेरणादायी मूल्य छ । तर अत्यधिकांश महिलाका लागि शिक्षा अतीतको त्यो सुखद स्मृति हो जहाँ केटीहरू दिउसो स्कूल वा कलेजको चौघेराभित्र आतंकबाट स्वतन्त्रताको अनुभव गर्छन् ।

नयाँ गठबन्धन

निकट भविष्यमा शिक्षाको भूमिका अरू खुम्चिन सक्छ र यसलाई लागू गर्न अझ् मुश्किल हुन सक्छ किन भने परम्परागत र पूँजीको गठबन्धन बलियो हुँदै गएको छ । बजार र संस्कृतिका बीचको गठबन्धनले केटीहरूको जिन्दगीलाई आफ्नो जालमा कस्तैछ र केटीपनलाई थप सुदृढ बनाउँदैछ । आफूलाई मूलतः शरीरका रूपमा आत्मसात् गर्न ल गाउँदै, स्वीकार्य स्त्रीका रूपमा केटीको समाज ीकरण गर्नु बजार र परम्पराको साझ एजेन्डा हो । यस कार्यमा, शरीरलाई वस्तुका रूपमा ढाल्ने सामग्री उत्पादन गर्ने अनेकौं उद्योग र ती सामग्री तथा उपक्रमको प्रचार र प्रवर्धन गर्ने विद्युतीय सञ्चारमाध्यम बलिया सहयोगीका रूपमा शामेल छन् । टेलिभिजन र सिनेमा दुवै केटीको व्यक्तित्वलाई शरीरका रूपमा प्रस्तुत गर्दै यस एजेन्डामा सक्रिय अंशियार बन्न चाहन्छन् । शरीरसँग जोडिएका वस्तु सेवाहरूको बढ्दो उपयोगले केटीपनको संस्कृति सबल बन्छ । यसैक्रममा, केटीहरूलाई तिनको शरीर–केन्द्रित प्रोजेक्टमा लिइनुलाई आजभोलि, त्यो तिनको व्यक्तित्व पहिचान गर्ने आधार हो भनेर व्याख्या गर्ने गरिएको छ, जो एकदमै अनर्गल कुरा भए पनि अनौठो मान्नुपर्ने विषय चाहिं होइन ।

स्कूलमा दिइने ज्ञानको जुन अर्थ केटालेग्रहण गर्छ, केटीहरूले त्यही ज्ञानको बेग्लै अर्थग्रहण गरिरहेका हुन्छन् किनभने तिनले आफूलाई शरीर र उपकरणका रूपमा हेरिने जस्ता सांस्कृतिक विचार लाई पहिले नै आत्मसात् गरिसकेका हुन्छन् ।

र, अन्त्यमा

प्राथमिक स्कूलमा पढ्ने एउटी सानी केटीका आमाबाबुले उसका लागि एउटा डे«सिङ टेबुल किने । उसले आईलाइनरको प्रयोग गर्न सिकी र आफूले लगाएका लुगासँग म्याच गर्ने लिपस्टिकको सही रंग के हुन्छ भन्ने जान्ने भई । आफ्नोगालामागुलाफी रंग थप्तै, ऐनामा आफूलाई ध्यानपूर्वक हेर्दै ऊ आफैं सिंगारिन थालेकी छ । ऊ हाई–हीलको स्यान्डिल लगाएर डगम गाउँदै हिंड्न सिकेको उसका आमाबाबु दंग परेर हेर्छन् । तिनको आँखामा सन्तोष र प्रशंसाको भाव छ । स्कूलको वार्षिक समारोहमा उसको कक्षाका सबैजसो केटीहरू यस्तै भेषमा सहभागी हुन्छन् । उसलाई अरूभन्दा कम देखि नु छैन । यसरी शुरू हुन्छ उसको लामो शिक्षा–यात्रा !

अग्र णी भारतीय शिक्षाविद ् प्रा. क ृ ष्ण कु मार शिक्षा सम्बन्धी चिन्तन, विश्ले षण, नीतिनिर्मा  ण र लेखनमा लामो समय देखि संलग्न छन् । शिक्षाबारेका उनका क ृ ति भारतमा मात्र नभएर अन्य मुलु कमा पनि चर्चि  त र पर श ं सित रहेका छन् । साभारः शिक्षा विचार  , नो भे म्बर–डिसे म्बर २०१७

भाषान्तर तथा सम्पादनः शरच्चन्द्र वस्ती

commercial commercial commercial commercial